रवि लामिछाने धेरै आशा र भरोसा गरिएका व्यक्ति हुन। तर प्रमको भ्रमण अगाडि उनि गएर अहिलेको सरकारले भारतप्रति लिएको अडानमा चिप्लेलानकि भन्ने डरपनि छ। नगएकै बेस हुन्थ्यो।
हर्क साम्पाङ नक्कली माओवादी नै हो । हर्क साम्पाङले नक्कली माओवादी बनेर चन्दा आतंक गर्दा माओवादीले कुट्दा बचाउने र त्यसको साक्षी मै हो । जनकऋषि राई, वरिष्ठ पत्रकार
@BiswarRai जम्मा २१जाना विद्यार्थीमा २० जाना फेल बनाउने तिमी जस्ता ग्वाँके शिक्षकले यसपालीको नयाँ सरकारको बजेट त्यसमा पनि अर्थ शास्त्रमा विद्यावारिधी गरेका डाक्टर स्वर्णिम वाग्ले जस्तो विज्ञलाई तिमीले कुनैतर्क दिईरहनु पर्ने आवश्यक छैन।तिम्रो काम विद्यार्थीलाई पास पार्ने होकि फेल ध्यान जाओस्
धेरैलाई बिजुलीमा १३ % भ्याट लाग्छ भन्ने लागेको हुनसक्छ तर सरकारले ५ % मात्र भ्याट लगाएको छ त्यो पनि ५० युनिट भन्दा बढी विद्युत खपतमा ।
Only 5 percent VAT will be charged for over 50 units.
यो बजेटको विश्लेषण कम, पुरानो establishment को बेचैनी बढी जस्तो लाग्यो। बजेट अब कार्यान्वयन, रोजगारी, लगानी, महँगी र सेवा प्रवाहका अंकले जाँचिन्छ—ठीक कुरा! तर नयाँ पुस्ता र परिवर्तन चाहने नागरिकलाई “भाट, मूर्ख, अनपढ, गंवार” भन्नु विश्लेषण होइन, अभिजात्य अहंकार हो।
स्वर्णिमले इतिहास सम्झे भन्दैमा पुरानो असफल व्यवस्थाको पुनर्स्थापना हुँदैन। निरन्तरता सिकाइ हो, सेटिङ र भागबन्डाको बीमा होइन। अनि “नाथे ४७ बिलियन डलरको GDP” भनेर देश होच्याउनु लज्जास्पद छ। त्यही अर्थतन्त्रमा जनताको पसिना छ।
आलोचना गरौँ, तर जनादेशलाई गाली नगरौँ। Budget delivery ले जाँचिन्छ, @Vijaykumarko को contempt ले होइन।
@ShahBalen@SwarnimWagle
जन आस्थाका सम्पादक लाई खोरमा जाक्न कलाकार बसुन्धरा भुसाल दिदिको एभिडेन्स नै काफी छ। ख्याली कमाएकी एक कलाकारले झुट बोल्दिनन। हत्यारा,हत्यारा नै हो कारबाही हुनै पर्छ।
प्रचण्डतन्त्र दिवसको शुभकामना!
प्रचण्ड -- 'प्रचण्ड युग'का नायक, 'प्रचण्डतन्त्र'का पिता हुन्। आज जेठ १५ गते -- प्रचण्डतन्त्र दिवसको सबै प्रचण्डवादीहरूलाई हार्दिक मंगलमय शुभकामना!
तपाईँ असाधारण हुनुहुँदोरहेछ -- प्रचण्डजी। बालेनजीभन्दा पनि असाधारण! तपाईँ आफू फुल्नु भयो, झर्नुभयो; रूनु भयो, रूवाउनु भयो; मार्नु भयो, मराउनु भयो; खुम्चिएर मरिच हुनुभयो, तर तपाईँले:
-- संसारमैँ अपवाद बनेका प्रधानमन्त्री बालेनदेखि, रवी लामेछाने र स्वर्णीम वाग्लेसम्म,
-- गिरिजाप्रसाद कोइरालादेखि शेरबहादुर देउवा र डा शेखर कोइरालासम्म,
-- केपी ओलीदेखि माधव नेपाल र झलनाथ खनालसम्म,
-- गगन थापादेखि विश्वप्रकाश शर्मा र प्रदिप पौडेलसम्म,
-- देशका नामुद पत्रकारदेखि नागरिक समाजका अगुवा र पेशाकर्मीसम्म,
सबैलाई प्रचण्डवादी बनाइदिनु भयो। ती तपाईँलाई श्रेय दिन चाहाँदैनन्, किनभने तिनको मुटु सानो छ। त्यसैले ती आफैँ श्रेय लिन चाहन्छन्। तर तिनले जति बल गरे पनि तथ्य के हो भने ती सबैको अनुहारमा प्रचण्डको लेप लागेको छ।
मजस्ता भिन्न मत राख्ने मान्छेसँग चाहिँ नरिसाउनु होला है। प्रचण्डतन्त्र दिवस -- "इतिहास् रहोस्, अमर नरहोस्" भन्छु, माइण्ड नगर्नोस् है।
फेरि एकपटक प्रचण्डवादीहरूलाई प्रचण्डतन्त्र दिवसको हार्दिक मंगलमय शुभकामना!
वैध आयात–निर्यात तथा खुला प्रतिस्पर्धाले नेपालमै सुपथ मूल्यमा खरिद–बिक्री गर्ने दिन छिट्टै आउनेछ । स्मगलिङ पूर्ण नियन्त्रण भएको दुई–चार वर्षमै तराईका सबै ठूला शहरहरू तीन करोड नेपालीको व्यस्त बजार बन्नेछन् । विशेष गरी वीरगञ्जको पुरानो ख्याति फर्किनेछ, तथा बिर्तामोड, दमक, विराटनगर, भैरहवा, बुटवल र नेपालगञ्जजस्ता पूर्वाधारयुक्त शहरहरू सम्पूर्ण रूपमा आकर्षक तथा विकसित बजार बन्न सक्नेछन् । अन्तर्राष्ट्रिय उपभोक्ता वस्तुहरू पनि प्रशस्त पाइने नेपालको तराई भारतीयहरूको समेत ट्रेड सेन्टर हुनेछ । नेपालीले नेपाली बन्न र नेपाल बनाउन सिक्नुपर्यो । सरकारले जे गरेको छ, ठीक छ जस्तो लाग्दछ ।
सरकारले के-के गर्न पाउने के-के गर्न नपाउने सर्बोच्चले लिस्ट बनाएर प्रकाशित गर।
हैन भने सरकारको हरेक निर्णय उल्टाउने काम बन्द गर। सरकारको हरेक निर्णयमा हस्तक्षेप गर्ने कार्य गलत छ।
महाअभियोग लगाउने तिर सरकार अघि बढनुको विकल्प छैन।