दूधपोखरी गाउँपालिकाको न्यानो आँगनमा आज युवा साथीहररुसँग साक्षात्कार गर्ने अवसर मिल्यो।
युवाहरुको दृढ भरोसा, विकासप्रतिको हुटहुटी र आँखामा झल्किएको समृद्ध लमजुङको सपनाले मलाई अझ बढी जिम्मेवार बनाएको छ ।
पृथ्वीसुब्बा गुरुङ
प्रतिनिधि सभा सदस्य उम्मेदवार, लमजुङ
#psgurung#falgun21
सुमधुर स्वागत र सम्मानका लागि हार्दिक आभार व्यक्त गर्दछु।
समृद्ध लमजुङ–हाम्रो साझा अभियान।
साझा अभियानमा हामी सबै एकमत र एकढिक्का बनौं।
फागुन २१ गते सूर्य चिन्हमा मतदान गरौं।
#psgurung#prithvisubbagurung#falgun21#lamjung#cpnuml
यहाँहरुले देखाउनुभएको अगाध स्नेह र आशीर्वादले नयाँ जोश र जाँगर पलाएको छ।
यहाँहरुको माया र सद्भावकै कारण मेरो चुनावी यात्रा दृढताका साथ विजयउन्मुख भइरहेको महसुस गरेको छु।
लमजुङको शिर उँचो राख्न र विकासको संकल्प पूरा गर्न म सदैव समर्पित रहनेछु।
#psgurung#prithvisubbagurung
बुवा ! हजुरको अमूल्य आशीर्वादले मलाई अझ दृढ, ऊर्जावान र जिम्मेवार बनाएको छ ।यो केवल आशीर्वाद मात्र होइन, समग्र लमजुङको माया, विश्वास र आशा हो । यसै विश्वासलाई शक्ति बनाएर समृद्ध लमजुङ निर्माणको अभियानमा निरन्तर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछु ।
#psgurung
बिहानीको किरणसँगै मेरा पाइलाहरू अगाडि बढिरहेका छन्।
म मेरो प्यारो लमजुङको मुहारमा सधैँ मुस्कान देख्न चाहन्छु।
यहाँहरूको अटुट विश्वास र न्यानो साथ नै मेरो वास्तविक शक्ति हो।
समृद्ध लमजुङको संकल्प पूरा गर्न यहाँहरूको अमूल्य साथको अपेक्षा गर्दछु ।
#psgurung#prithvisubbagurung
मर्स्याङ्दी (तरापु) बासी आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा यहाँहरूले दर्शाउनुभएको अपार माया र हौसलाका लागि हृदयदेखि नै आभार प्रकट गर्दछु।
तपाईंहरूको यो अटुट विश्वास र भरोसालाई म कहिल्यै मर्न दिने छैन। म सधैं यहाँहरूकै सेवामा समर्पित रहनेछु।
#psgurung#cpnuml#lamjung#Falgun21
संघीयताले अधिकारलाई जनताको घरदैलोमा पुर्याउँछ ।
सुशासनले अधिकारको न्यायपूर्ण प्रयोग सुनिश्चित गर्दछ ।
पृथ्वीसुब्बा गुरुङ
प्रतिनिधि सभा सदस्य उम्मेदवार, लमजुङ
#psgurung#prithvisubbagurung#falgun21#lamjung#cpnuml
मध्यनेपाल नगरपालिका १०, हाँडीखोलाका प्रिय भाइ यमबहादुर दुराले मौलिक भाकामा यसरी मनका कुरा राखिदिँदा असाध्यै खुसी लागेको छ। हाम्रा हरेक विकासका कार्यहरू जनस्तरमा यसरी नै गुञ्जिरहन सकून्। भाइलाई यो सुन्दर प्रस्तुतिको लागि धेरैधेरै धन्यवाद।
#psgurung#falgun21#lamjung#cpnuml