लेखाई मा अशुद्धता होला 😏तर मन शुद्ध छ😆खेल प्रति रुचि र राजनितिप्रति चासो✊देखेका कुरा लेख्छु✋भोगेका कुरा लेख्छु✌सुनेका कुरा लेख्छु~😋~मनका कुरा लेख्छु!💕💕💕
प्रधानमन्त्री, मन्त्रीको सम्पत्ति विवरण हेरेर लाग्यो । राजनीति गर्न यत्तीको चाहिँ भएर आउनै पर्छ । सुको नदेखाउने अनि समाजसेवाको ध्वास दिनेहरुले के सोच्दै होलान ।
हामी नेपाली जनताले ३५ वर्षभन्दा बढी अन्य दलहरूलाई काम गर्न दियौं/काम गरेकाे देख्यौं । अब कम्तीमा पनि ५ वर्ष बालेन सरकारलाई काम गर्न दियौं/काम गरेकाे हेराैं । र, त्यसपछि मात्र सरकारकाे कामलाई लिएर टिप्पणी गर्न थालाैं । अहिले सरकारकाे काममाथि टिप्पणी गर्ने बेला भइसकेकाे छैन ।
रास्वपालाई सरकार बनाउन शुभकामना सहित ०४६ साल देखि आजसम्म सत्तामा बसेर नीतिगत भ्रष्टाचार गरेर राज्य दोहन गरेकाहरु माथि एक एक छानबिन गरि दण्डित गर्नसकोस शुभकामना 💐💐।
अहिले काठमाडौ एयरपोर्टमा दुबई/ कतार वा त्यहाँ हुँदै अन्य देश जानेहरू अलपत्र परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले विमानस्थल आउनुअघि आफ्नो उडानको अवस्था जाँच गर्न र सम्बन्धित वायुसेवा कम्पनीहरूमा सम्पर्क गर्न यात्रुहरूलाई अनुरोध गरेको छ।
सम्पुर्णमा नमस्कार सहित शुभ बिहानी!
आजको बिहान नयाँ आशा, नयाँ ऊर्जा र नयाँ सम्भावनाको सुरुवात हो। हिजोका थकानलाई बिदा दिऔँ, आजका अवसरलाई अँगालौँ। सकारात्मक सोच, इमानदार मेहनत र अटल आत्मविश्वासले आजलाई सुन्दर बनाऔँ। 🌸