सहिदहरुले जीवन बलिदान गरे ; आज हामी स्वाधीन राष्ट्रका स्वतन्त्र नागरिक छौँ। हाम्रा नेता/ नेतृत्वहरुले राष्ट्रको नवनिर्माण र पुनःनिर्माणमा योगदान गर्नुपर्छ।
देश गफले बदलिदैन।
पराजय रबि लामिछानेको कि उनलाई राजनीतिको सिँढी चढाएर गृह प्र��ासनको नेतृत्वमा पुर्याउने हाम्रा कमजोर राज्य संयन्त्रका मालिक नेतृत्वको?
आफ्नो जय खोज्दै देशको अस्तित्व तवाह गर्न पटकपटक उद्दत अहंकारी नेताको?
सार्वजनिक पद धारण गरेकी बिमला वलीले नगर्नु हर्कत गरेकी छन् ; जुन निन्दनीय हर्कत हो। यति भनिरहँदा उनका प्रेमी भनिएका एकराज चाहिँ दुधले धोएका निस्पाट चरित्र भएका पत्नी भक्त पुरुष हुन् ?
पितृसत्तात्मक सोंचबाट प्रेरित समाज किन यति साह्रै एकोहोरो बिमलामाथी मात्र खनिएको ?
दर्जनौं नेता, लाखौं कार्यकर्ता र समर्थखरुको समर्थनमा बनेको नेकपा एमालेको वैभवलाई मुठ्ठीभर चाटुकार र अदूरदर्शी नेतृत्वले तवाह गरेको छ।
एमाले जोगाउनकै लागेका घनश्याम भुसालहरु कार्वाहीमा पर्नु नेपालको कम्युनिस्ट आन्दोलनको शवयात्राको तयारी हो।