"प्रिय जेन-जी,
अब तपाईंको पुस्ताले नै देशको नेतृत्व गर्नु पर्नेछ। तयार रहनुहोला!"
@ShahBalen
कसरी ब्रो? अनि ठ्याक्कै कसले?
देशमा ८०-९० लाख जेन-जी होलान्। ती मध्ये एक हुल समातेर तिनलाई नेतृत्व दिने भन्न खोज्या हो कि?
केही क्राइटेरिया पनि होला। आन्दोलन आह्वान गरेका मध्येबाट हो की? सहभागी भएका मध्येबाट हो की? ट्विटरमा अस्ति #dissolvetheparliament ट्रेन्ड गर्दै हिँड्नेबाट हो की? अघि डिस्कोर्डमा 'बिचार-विमर्श' गरेका बाट पो हो की?
ल ठीक छ। जसले यत्रो ऐतिहासिक आन्दोलन गरे, भ्रष्ट शासनलाई ढाले, नयाँ युगको सुरुवात गरे, तिनले नै नयाँ नेपालको नेतृत्व गर्नु पर्छ भन्ने तर्कलाई पनि स्वीकारौँ। जायज मानौँ। कसले भन्ने सर्टेड भो।
अब कसरी ब्रो?
तिनले सरकारमात्र चलाउने हुन् की? कति वर्ष चलाउने हुन्? पुरै पाँच वर्ष हो की अर्को चुनाव गराउन मात्र हो? चुनाव गराउन मात्र भए राष्ट्रपति हुनुहुन्छ, संसद् छदै छ, आर्मी पनि छ।
कि अबको चुनाबमा जेन-जी मात्र उठ्न पाउने पो भन्न खोज्या हो की? त्यो पनि ठीकै छ। आधा नेपालीको युवाले देश चलाएको हेर्ने रहर पनि पुरा हुन्छ। २८ पुगेपछि रिटायरमेन्ट होला। झनै राम्रो।
"साथै, सेना प्रमुखसँग वार्ता गर्न पनि तयार हुनुहोला ।
तर याद रहोस् — वार्ता गर्नु अघि संसद् विघटन भएको हुनु पर्छ"
तर ब्रो, संसद् विघटन जस्तो भयंकर ठुलो हुँकार बोल्नु अघि तिम्ले यो दुइटा प्रश्नको उत्तर नेपाली जनतालाई दिनै पर्छ। कसले र कसरी। ठोस उत्तर भएरनै यस्तो गम्भीर कुरा बोल्न आँट गरेको होलाउ भन्ने ठ्म्याईँ हो मेरो। होइन भने ब्रो कुरामात्रै त तिम्रो भन्दा गजब केपी वलीले गर्नुहुन्थ्यो। कुनै बेला चार्म पनि थियो। तर इमान थिएन। याद रहोस्।
- फेलो मिलेनियल।
नेकपा एमालेकी प्रदेश सांसद रेखा शर्माले बिगत ८ वर्षदेखी बन्दी बनाएर एकजना नबालिकालाई घरेलु कामदारको नाममा हिंसा र कुटपिट गर्दै आएको कुरा झुटो हो भन्नेहरुलाई👇