यत्ति हो एकपटक समय त आउनुपर्छ।
यहाँ हातहरूले पनि खुट्टा दबाउनु पर्छ।
घर जलेको भए आगो निभाउन हुन्थ्यो,
चिता जल्दा त निभे पनि जलाउनु पर्छ।
सम्बन्ध यसरी पनि सकिन्छ कहिलेकहीँ
औँला जोगाउन पनि औठी फुकाउनुपर्छ ।
बच्चा उभिएको हेर्न आमा हात छोड्छिन्,
कसैल छोड्दा अब यसरी मन बुझाउनुपर्छ।
तपाईँलाई टाढिन मन लागेको छ बुझ्छु,
दुईचार दिन अब अल्लि नजिक हुनुस्।
सधैं अरूकै पाउ मोलिरहनु भएको छ,
मालिक नबनाउनुस् आफू मालिक हुनुस्।
दबाब ताप चोटको गहिराइमा हुनुहुन्छ,
ल बधाई छ अबसर हो मणिक हुनुस्।
तँ मेरै हुनुपर्छ यसरी को आफ्नो भयो?
रोज्नेले रोज्छन् कम्तिमा ऎच्छिक हुनुस् ।
हजुर मान्छे ठिक हो अझै ठिक हुनुस्।
कार्यकता होइन असल नागरिक हुनुस्।
तपाईँलाई टाढिन मन लागेको छ बुझ्छु,
दुईचार दिन अब अल्लि नजिक हुनुस्।
सधैं अरूकै पाउ मोलिरहनु भएको छ,
मालिक नबनाउनुस् आफू मालिक हुनुस्।
दबाब ताप चोटको गहिराइमा हुनुहुन्छ,
ल बधाई छ अबसर हो मणिक हुनुस्।
आमाको पटुकीको भोकको श्लोक हेरेर,
बा को मुटुमा कहिलेकाहीँ गाँठो बन्थ्यो।
उसले यो बाटो हिँड्न छोडेको भए पनि,
अहिलेसम्म त मन बुझाउने बाटो बन्थ्यो।
मान्छेहरुले आफ्नो सिमा ननाघेका भए,
कमसेकम यहाँ पर्खालहरु होचो बन्थ्यो।
थाहा छैन आँसु बन्थ्यो कि हाँसो बन्थ्यो।
यत्ति हो मैले चाहेको भए कोही मेरो बन्थ्यो।
मर्नेले खै के सोच्यो र पासो बनायो एउटा,
बाँच्नेले सोचिरहेछ एउटा नाम्लो बन्थ्यो।
आमाको पटुकीको भोकको श्लोक हेरेर,
बा को मुटुमा कहिलेकाहीँ गाँठो बन्थ्यो।
शीतको एक थोपाले गुलाब हल्लिएको छ।
हेरौँ के हुन्छ जिन्दगीले परीक्षा दिएको छ ।
बेलाबेलामा लाग्छ केट्केटी नै छ यो शहर,
एउटा चक्लेट पाउने आशमा दौडिएको छ।
सुरक्षित हुनु मात्रै नि ठूलो कुरा होइन प्रिया,
चिहानहरु सुरक्षित छन्, घर भत्किएको छ।
बिस्कुनहरु आँगनमा बसेर गफ गरिरहेछन्,
के बा
होला मन राख्न सक्दिन भन्ने डर छोड्छ
नत्र नदीले किन छेउछाउमा बगर छोड्छ
पाउनेले कहिलेसम्म राख्छ तिमीलाई?
छोड्नेले तिमीलाई जिन्दगीभर छोड्छ
अरुले छुनुलाई खेलाचीँ सम्झिन्छौ तिमी?
कसैले छोए झैँ लागे गौँथलीले घर छोड्छ
यसरी छोड्न मन छ तिम्रा यादहरूलाई,
जसरी कुनै माउसुलीले पुच्छर छोड्छl