जन्मदिने आमा र देश मेरा लागि स्वर्ग हुन्।देहत्याग पछि प्राप्त हुने स्वर्गमा बिश्वास पनि छैन।राजनीति गर्नु मेरो चाहना र उदेश्य पनि छैन।राम्रो कामको जोसुकै होस् खुलेरै प्रसंसा गरिन्छ तर गलत प्रवृत्तिको बिरोध पनि गरिन्छ कतिलाई चित्त बुझ्ला कतिलाई नबुझ्ला त्यो मेरो सरोकारको बिषय होईन
शिक्षा र स्वास्थ्यमा कर
रोजगारी आकाशको फल,
युवा खाडीमा नेता गाडीमा,बिचौलिया भ्रष्टाचारीलाई सफाई,यति भ’सी देश त सिंगापुर स्वीजर्ल्याण्ड बनी स’को!
अब के बनाउनी होलान्??
यो देशको राज्यव्यवस्थाका ठगदारहरुको सुरक्षित भट्टीपसल बन्न बिबश सिंहदरवारका दलालहरुले सरकार नामको एउटा डिकुरो हिजो फुटालेछन्।अब अर्को डिकुरो कहिले झुण्ड्याउँने र’छन्??