देशको रक्षक दुश्मनको भक्षक,उमेर लगभग आधा,जीबन साधा,बिहे पास गरेको छु,प्रमाणपत्र दुईवटा छन,मेरो बाहिरी आवरण काले काले छु,फ्लो गरी हेर्नुस भित्री मनको दिलवाले छु।
म गाली खाएर टन्न अघाई सकेको छु।तर फुटबल हेरेर कहिल्यै अघाउन सकिन,त्यसैले जनप्रेमी र लोकमै प्रिय सरकारको साथीहरुले कृपया मलाई गाली नगर्नु होला।मैले त बिश्वकप फुटबल हेर्नकै लागि बाध्य भएर यति गरें।जय घण्टी।
नयाँ भाडा दर हेर्दा,अब गाडीको सहचालक र यात्रु बीच बिवाद र झै झगडा हुने जस्तो देखियो सरकारले अलि राम्रो तयारीका साथ सुझबुझ पूर्ण निर्णय गरेको भए हु्न्थ्यो कि,जसले गर्दा खुद्रा पैसाको भुक्तानी डिजिटल माध्यम बाट गर्न सकियोस।
पेट्रोलियम पदार्थको कम खपत गर्ने बाहानमा काम चोर ठग अल्छीहरुलाई दुई दिन सरकारी बिदा दिनु हुदैन,यो त अर्थतन्त्रको ओरालो यात्रा भयो,यिनीहरु सबैलाई सेना,प्रहरी जस्तै चौबिसै घण्टा राष्ट्र सेवामा खटाउनु पर्छ।
नेपाली सेना कसैले सोचेको भनेको जस्तो ब्यारेकमा बस्ने भातको भकारी होईन राष्ट्र र राष्ट्रियताको रखवारी हो,अन्तिम पहरेदारी हो,र बैरीको लागि खबरदारी हो त्यसैले सेनालाई बारम्वार बिवादमा पारेर कमजोर बनाउने दुस्साहस नगरौ।
काट्न ठिक्क पारिएको खसीले जति याचना गरे पनि बगरेले खसी नकाटी छोड्दैन,त्यस्तै प्रहरीले शासकको अगाडी जति रोदन देखाए पनि शासकले तिमीलाई प्रयोग गरेर शासन गर्न छोड्दैन।त्यसकारण तिम्रो पेशा,पदको मर्यादा अनुसार शासकको अगाडी आँसु देखाएर आफैलाई कमजोरी देखाउनु शोभनिय हुदैन त्यो व्यर्थ छ।
दशैं मान्न घर जाँदा सार्वजनिक गाडीमा सुनेको गीत"म त रानाको छोरा सिंजालीको भान्जा"रे ठ्याक्कै म सँग मेल खायो मेरो दुई पुस्ता बज्यै र मेरो आमा समेत सिंजालीको छोरी,तर चौथो पुस्ता म सिंजालीको भान्जाले मात्र बाहुनी भगाएर बिहे गरेको।
केटा केटीहरुले मोबाईलमा घोप्टिन पाईएन भनेर रिसले खोलामा पसेर पानी धमिलो पारे,माछा अरुले मारे,देशको सम्पति जलाएर खरानी पारे कति अवसरवादीहरुले आ-आफ्नो अभिष्ट पुरा गरे अब बन्ने सरकारले त्यही खरानी निधारमा घसेर साधुको भेष धारण गरेर बिदेशीको अगाडी हात पसार्दै लम्पसार पर्ने त होला नि।
मिस नेपालको आयोजकहरु भनेको स्याल र गिद्धहरुको झुण्ड हो।यिनिहरु नारीहरुको अर्धनग्न देह हेरेर मुख मिठ्याउछ थुक निल्छ र बिज्ञापनको दुनियामा नारी देह बेच्छ र सिनो किनेर खान्छ।यदि मान्छे हौ भने यो भन्दा राम्रो अरु केही गरेर खाऊ नारी देहलाई व्यापारको बस्तु नबनाऊ।
पुर्ब मर्दा पश्चिम मर्दा,यी काम चोर साला साली झ्याक्ने अल्छीहरु लाई बिदा चाहिन्छ शोक पर्छ भने जुठो पनि लाग्छ होला नुन बार्न र छाक छोड्न उर्दी लगाउ सरकार।
टाठो बाठो धनी मानीले सीधा साधा गरीबको यथार्थ कथा ब्याथालाई फिलिमको काहानी बनाउँछ र गरीबलाई नै देखाउँछ,बेच्छ रुवाउँछ र पैसा कमाउँछ ऊ फेरि धनि बन्छ।गरिब फिलिम हेर्छ अनि चिलिम फर्केर भ्या भ्या गर्दै त्यहि फिलिमको बयान गरि बस्छ।साराङ्गी म चाँहि हेर्दिन।
मन्त्री ज्युहरुले नै मानव तस्करको काम गर्ने भए पछि सदावहार मानव तस्करको बिल्ला भिरेका भिराईएका मेनपवार व्यवसायी र हामी जस्ता भुँई फुट्टा छोटे दलालहरुले के गर्ने सरकार।
देउसी भैलो भट्याउने भन्दा पल्लारे साईलोले,अरेली काँडैले गाउने धेरै भए।कात्तिके दान थाप्ने भन्दा पनि पैसा माग्ने धेरै आए।यो भन्दा बढी संस्कृति माथि नराम्रो प्रहार गरे।