मुहान धमिलिएपछि सारा खोलीहरू नाली हुन्छन्। काम गरिखाने वर्गमाथिको कुटपिट, लछारपछार, अपमान, हिंसाको यो विकेन्द्रीकरण। निर्धा, निमुखा, निरक्षर, निःसहाय नैतिक नागरिकहरूलाई निरन्तर निरीह बनाइरहने यो जब्बर ठालूतन्त्र कहिले, कसरी नासिएला?
शासकहरू हो! आफ्ना शिशुहरूको माया हेरी दया राख।
Primeminister of India, Narendra Modi, would not take my question, I was not expecting him to.
Norway has the number one spot on the World Press Freedom Index, India is at 157th, competing with Palestine, Emirates & Cuba.
It is our job to question the powers we cooperate with.
सुन्दर सहर बनाउने परिश्रमी हातहरू: काठमाडौँको सडकका भित्ताहरूमा विभिन्न किसिमका संस्कृति, इतिहास र सभ्यता झल्किने रङ्गीन चित्रहरू हामीले देख्दै आएका छौँ । हो, त्यही चित्र बनाउँदै सहरको सौन्दर्य बढाउन विगत १ वर्षदेखि निरन्तर खटिरहनुभएका उहाँहरू हुनुहुन्छ, रसिक राज, डिबी भण्डारी, जीवन तामाङ र सागर निरौला । सहरलाई सुन्दर बनाउँदै आफ्नो सपना साकार गर्दै आउनुभएका उहाँहरू भन्नुहुन्छ, "सङ्घर्ष गर्ने हो भने हाम्रो भविष्य यहि देशमा सुन्दर छ ।" ❤️
Pic & Story. Suresh Timalsina
मैले तिमलाई भुलाउनु यो कहिले भयो र?
आफूलाई नसताउनु यो कहिले भयो र?
बाँचुन्जेललाई रहेछ यो आँसु भन्नू
मृत आँखा रसाउनु यो कहिले भयो र?
प्रेम मेरै काफी थियो मलाई सिध्याउन
तिमले बर्बाद बनाउनु यो कहिले भयो र?
मनमा ला´को चोट हो , गाजल हैन तिम्रो
जसलाई आँशुले बगाउनु यो कहिले भयो र?
आधा जीवन सक्काइयो,कसैको मुस्कान हुन
अब आधा उमेर रुनुछ,मर्नलाई तैयार हुन
हिँड्ने पाउहरूलाई बस,उज्यालो भए पुग्छ
मैले आफ्नो शिर जलाउनु पर्छ चिराग हुन
एक उमेर सकियो,अरूलाई सुझाव दिँदादिँदै
एक यही कारण पर्याप्त भो म बर्बाद हुन