The God of Rain, from Assam to Lalitpur:
आजबाट उपत्यकाको सबैभन्दा लामो र ऐतिहासिक जात्रा-रातो मच्छिन्द्रनाथ जात्रा सुरु भएको छ।
पाटनको पुल्चोकबाट आरम्भ हुने यो भव्य जात्रामा सहकालका देवता रातो मच्छिन्द्रनाथलाई रथमा विराजमान गराई शहरका विभिन्न ठाउँमा घुमाइन्छ। करिब दुई महिनासम्म चल्ने यस यात्राले केवल परम्परा मात्र होइन, श्रद्धा, सहिष्णुता र सांस्कृतिक एकताको अद्भुत सन्देश पनि बोकेको छ।
लिच्छवी राजा नरेन्द्रदेवको पालामा पुग्नु पर्छ । जब काठमाण्डौ उपत्यकामा पानी नपरेर सुख्खा लागेको थियो, नरेन्द्रदेवले भारतको आसामवाट ल्याइएको मछिन्द्रनाथलाई प्राण प्रतिष्ठा गराएर अर्चना शुभारम्भ गरेको इतिहास छ ।
करिब १६ सय वर्ष देखी निरन्तर चलिरहेको यो परम्पराले वर्षा, सहकाल र समृद्धिको कामना गर्दै आएको छ।
यस पावन अवसरमा सबैले एउटै कामना गरौं - वर्षा समयमै होस्, अन्नबाली समृद्ध होस्, संसारमा शान्ति र कल्याण फैलियोस् ।
जय करुणामय 🙏
“जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी”
माता र मातृभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्।
माताको काख न्यानो, चरण तीर्थजस्तै पवित्र। मातातीर्थ औँसीको यस पावन अवसरमा माया र त्यागको अनुपम उदाहरण बनिरहने सृष्टिकी मुहान सम्पूर्ण आमाहरूप्रति हार्दिक सम्मान, कृतज्ञता र नमन व्यक्त गर्दछु। आमाहरूको दीर्घायुको कामना गर्दछु।
जीवनको पहिलो गुरु अनि अनन्त ममताकी स्रोत ‘आमाको मुख हेर्ने दिन’ आज सम्पूर्ण आमाहरू र नेपाल आमाको सदैव उज्यालो मुहारको कामना गर्दछु। आमालाई सधैं हँसाउन सकौँ, हामी सन्तानहरूको कर्ममा आमाले सदैव गर्व गर्न सकून्।
मातातीर्थ औँसी (आमाको मुख हेर्ने दिन) को हार्दिक मंगलमय शुभकामना।
हे जननी! म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।
Breaking News: Nepali PM Balen Shah has been listed in “The 100 Most Influential People of 2026” by Time Magazine. He is listed among 25 leaders including Trump, Xi Jinping, Pope LEO XIV, Zohran Mamdani etc.😮
सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः।
सर्वे भद्राणि पश्यन्तु, मा कश्चिद् दुःखभाग् भवेत्॥
हामी सबैको जीवनमा सुख, आरोग्य र कल्याण छाओस्।
सदैव शुभ होस्, निर्विघ्नता रहोस् र दुःखको हरण होस्।
नयाँ वर्ष २०८३ को शुभारम्भको यस पावन अवसरमा सम्पूर्णमा सुख, शान्ति र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।