यो संसारमा सबैभन्दा ठूलो सम्पत्ति पैसा होइन, राम्रो मन र मिठो व्यवहार हो। किनकि धनले शरीरलाई सुख दिन्छ, तर माया र सम्मानले मनलाई शान्ति दिन्छ।
🌹 प्रेम समर्पण 🌹
मलाई चाहिएको बेला तिमी हुन्नौ,
यसको परिणाम के हो थाहा छ ?
तिमीलाई चाहिएको बेला पनि म हुन्न ।
हिसाब बराबर !
अपेक्षा ब्यालेन्स शिटमा शुन्य-शून्य ।
#शुभप्रभात शुभदिन 🙏💜🌷
वर्षा हुरी केही भन्दिनौ घामपानी केही मान्दिनौ
धोको तिम्रै लागिरहन्छ सुखले स्याह्रार्न पाए हुन्थ्यो
चाह त्यही आशा त्यही तिम्रो मन् नदुखाई कैल्यै
आमा तिम्रो मनमा जहिले शीतल् पार्न पाए हुन्थ्यो
धनी बन्ने ऐसले बाँच्ने रहर त्यस्ता केही छैनन
तर तिम्रो दूध पिएको ऋण तिर्न पाए हुन्थ्यो
केही कुराहरू कहिल्यै पूर्ण रूपमा देखिँदैनन्, ती त जीवनको पछि मात्र महसुस हुन्छन्।
धैर्यता, माया, र त्याग—जसले कहिल्यै ध्यान मागेनन्। आमाले दिएको सबै कुरा नै आज हामीले “जीवन” भनेर चिन्ने आधार हो।
आमाको मुख हेर्ने दिनको शुभकामना ❤️