प्रतिनिधिसभाको चुनाव त सामाजिक संजालमा छाएका व्यक्ति हरुले भकाभक जितेको समयमा दलको चुनावमा उनैको बर्चस्व हुनु सामान्य हो। पार्टी बनाउन सुरुवाती देखि लागियो अहिले अन्याय भयो भन्नेहरूले अझै बुझेनछन् चुनाव काम गरेर हैन सामाजिक संजालको लोकप्रियताले जितिन्छ भनेर।😅
चुपचाप
हचुवा छाप😂
अझ विश्वविद्यालयमा त प्रणालीगत व्यथिती हरुको चाङ छ । व्यक्ति फेरिएर मात्रै नि सबै ठिक नहोला ।
छोटो समयमा यति गरियो भनेर देखाउने कामको लामो सुची मात्रै नबनोस्, दीर्घकालीन समाधान आओस् भन्ने हो ।
उत्तेजित हरुको भिडमा सम्हालिएर काम गर्नु नै राज्यको हित हुनेछ ।
कट्टर रुपमा विरोध गर्यो अनि आफ्नो ठाउँ बनायो । यस्तै चल्दै छ आजकल ।
सम्मोहित र उत्तेजित हरु को भिडमा प्रभाव पार्न सक्ने हरुकै समय छ । कम बोल्ने लाई त अर्को एउटा व्यक्तिले समेत नपत्याउने स्थिती छ राज्यको नकुरा गरौं ।
न हिजो न आज आफु अनुकुल काम गर्नु, गराउनु छ भने शक्तिकेन्द्र मा YES MAN नै राख्ने हुन । विपक्षीले त तपाइँको वकालत गरेर पक्कै काम गर्दैन ।
सबै खाली निकाय हरुमा हालकै सांगठनिक संरचनात्मक स्वरुपलाई लिएर नयाँ नियुक्ति मात्रै गर्ने हो भने नयाँ केही होला जस्तो लागेन ।
यदि चुनाव अघि जुनसुकै क्षेत्रमा खोलिएका दलिय संगठन खारेज गरि तिनलाई स्वतन्त्र बनाउन भुमिका खेल्छन् भने गगनको काँग्रेसलाई सुधारिएको काँग्रेस मान्न सकिन्छ । नत्र त त्यही घेराबन्दी भित्रबाट बदलिएको हुङ्कार दिनुको कुनै औचित्य छैन । पात्र नयाँ आएर मात्र भएन परिपाटी पनि नयाँ हुनपर्यो ।
अरु चाँडो चाँडो प्रविधि फेर्छन् हामी संविधान ।
समय जे कुरामा व्यतीत गरीन्छ, समयले त्यही अनुकुल नतिजा दिन्छ ।
अवस्था व्यवस्था मा हैन नियतमा भरपर्ने देखियो ।
त्यसैले परिवर्तनको ठोस निर्णय दिन नसक्ने संसद विघटनको मुद्दा बालेन बाटै उठ्नु लाई सामान्य रुपमा लिने कि नलिने ? कि उनले अगाडिको बाटो र परिस्थितिको आँकलन गर्न नसकेकै हुन् ?
छ महिना पछि हुने चुनावमा नयाँ पार्टी स्थापना गरेर नेपाल जस्तो अस्थिर मनस्थिति भएको जनताबाट चुनिएर बहुमत ल्याएर सत्तामा पुग्न सकिँदैन भन्ने कुरा बालेन ले बुझेकै हुनपर्ने हो । यही अवस्थामा अन्तरिम सरकार बाट प्रत्यक्ष कार्यकारी को चुनाव सजिलो छैन भन्ने पनि बुझेकै होलान् ।
आन्दोलनको म्यान्डेट प्रत्यक्ष कार्यकारीको चुनाव थियो भने त्यही संविधान वमोजिम ६ महिना भित्र प्रतिनिधि सभाको चुनाव गर्ने भनी अन्तरिम सरकार गठन गरेर आफ्नै मागको बलि किन चढाएको ?
केही मानिसहरु आन्दोलनको जगमा बनेको सरकारले आन्दोलनको म्यान्डेट अनुसार चल्नुपर्छ भन्दै छन् । संविधान बाहिर बाट Gen Z को माग अनुसार सरकार बनेकाले संविधान विपरीत नै प्रत्यक्ष कार्यकारीको चुनाव गराउन पर्यो भनेको सुनिन्छ ।
हालत परिवर्तन का लागि जिन्दगी समर्पण गरेर हिँडेका हरु आधा बाटो बाटै अस्ताए । त्यो भन्दा खराब अवस्थामा पुगेको परिवार ले सहज जीवन जिउन पाएनन् ।
नेतृत्व लाई यी तमाम अवस्थाले किन छुँदैन ?
यिनीहरु के मनको दृष्टि गुमाएका अन्धा भैसके ?
@hernekatha
https://t.co/BWbd0QSenP
पाठकले अनुमती नलिँदा चोरीको आरोप (accusations of plagiarism) लागेको लेखक को दाबी ।
नोट: नतिजा प्रतिकुल आउला भन्ने डरले कतिपय अनुसन्धानात्मक कार्यको लागि यहाँ तथ्यांक पाइँदैन ।
आपत्ति पात्रमा हैन विधी, प्रक्रिया र नियत प्रती हो । उहाँ बाहेक अरु कोहि भएको भए पनि अहिले को समयमा हुने यसरी नै हो । दुख त यसमा लाग्छ सक्षम व्यक्ती हरु दलको खिचातानी र दाउपेचमा कहिले सम्म परिरहनु पर्ने हो । विज्ञता देखाउन सकिने ठाउँमा अवसर आउँदा पछि हट्ने त कुरै हुँदैन ।