कतै रानीहार र बनारसी साडी नपाएर श्रीमान्सँग ठुस्किएका छन
कतै दर खान दूध र बासमती चामल नभएर रित्तो भान्सा ठिङ्ग उभिएको छ
कतै आँखाहरू तीन वर्षदेखि परदेशिएको श्रीमानको बाटो कुरिरहेका छन
ओहो तीज!कसैको लागि उत्सव, कसैको लागि अभाव
कसैको लागि प्रतीक्षा, कसैको लागि आँसु
😀