हिजो भएको त्यो भेला कुनै नयाँ दिशा देखाउने होइन, बरु दश वर्षदेखि कलङ्कित भएका पुराना नेताहरूको अहंकार र आत्मरक्षाको नाटक थियो।
ऐना हेर्दै आकाशतिर फर्केर लादी निस्कने गरी बान्ता गरिरहेका ती नेताहरूको थोपडाको भाव हेर्दा जेलबाट भागेका कैदीहरूलाई सम्झाउँथ्यो। उनीहरूलाई थाहा छ कि उनीहरूको सजाय पक्का छ, तर पनि अन्तिमसम्म आफ्ना भ्रष्टाचार र गल्तीका फोहोरहरू पोखेर आफूलाई चोख्याउने प्रयासमा लागेका छन्।
सुधार्ने र नयाँ पुस्तालाई अवसर दिने मौका पाउँदा समेत मपाइत्वको अहंकारमा जलिरहेका यी नेताहरूले आम कार्यकर्ताहरूलाई निराश बनाएका छन्।
कार्यकर्ताहरूले यस्ता अहंकारी र कलङ्कित नेताहरूलाई ‘राम राम’ भन्नु बाहेक अरू केही शब्द निकाल्न गाह्रो मानिरहेका छन्।
यो भेलाले समूहभित्रको विभाजन र नेतृत्वको असफलतालाई मात्र उजागर गरेको छ।
उनीहरूले समूहको भविष्यलाई अन्धकारमा धकेल्दै आफ्नो व्यक्तिगत स्वार्थ पूरा गर्न खोजिरहेका छन्।
यस्तो व्यवहारले युवा र नयाँ पुस्ताका कार्यकर्ताहरूलाई समूहबाट टाढा बनाउने छ र समग्रलाई थप कमजोर बनाउने निश्चित छ।
देश र जनताको हितमा सोच्ने हो भने यस्ता पुराना र कलङ्कित नेताहरूलाई बिदा गर्नु आवश्यक छ, न कि उनीहरूलाई फेरि सत्तामा पु¥याउने षड्��न्त्र रच्नु।
रास्वपाका नेता-कार्यकर्ता, समर्थक-शुभेच्छुक प्रधानमन्त्रीको सतप्रतिशत गलत अभिव्यक्तिलाई ठीक साबित गर्न यो हद सम्मको हर्कत नगरिदिनुस्।एकदिन मै यसको असर हाम्रो अखण्डतामा कति परि सक्यो, मनन् गर्नुस्। देश भन्दा ठूलो अर्को चीज हुदैन। गलत भन्न सक्नुहुन्न भने मौन वसिदिनुस् । Please!