संघीयतामा गैसकेपछी स्थानीय श्रोत साधनको सदुपयोग भन्दा नि दुरुपयोग बढिरहेको छ।धेरै जसो निर्वाचित प्रतिनिधिहरुले आर्थिक रुपमा देशलाई लुटिरहेका छन।२० लाखको गाडीले हुने ठाउमा ६० लाख जति पर्ने स्कोरपियो चडिरहेका छन।वडा अध्यक्षले धरी मोटरसाइकल चलाउन तलब दिएर driver राखेका छन।कहिलेसम्म?
हाँस र खुसिले बसाइँ सरेर पो हो
दु:ख पिडाको पहाड झरेर पो हो
नत्र किन पागल जस्तै हुन्थे र म
आफ्नैले विश्वासघात गरेर पो हो
प्रयास नगरेको होइन म तिम्रो हुन
कोसिसमै मेरो समय टरेर पो हो
दिलले तिम्रो आभाष गर्दैन अचेल
मनैदेखि नै मेरो आशा मरेर पो हो
सर: स्कुल आउन किन अबेर गरेको सेरे
लुरे: बाबा अस्पतालमा हुनुन्छ सर
सर : ओ हो ल ल।ठिकै छ गयर बस
अर्कोदिन
सर: तं गधा नालायक कहिले पनि ठिकसमय मा नआउने भैस
लुरे: बाबा अस्पतालमा हुनुन्छ सर
सर: तेरो बाउ लाई भयको चाहिँ के हो
लुरे: उहाँ त डाक्टर हो संधै अस्पताल मै बस्नु हुन्छ 😄😄
तितो यथार्थ
===मुक्तक===
१)
भर्खर दारी आउँदै गर्दा !
स्कुल कलेज धाउँदै गर्दा !!
सपना त मेरो पनि ठुलै थियो,
सरले विज्ञान पढाउँदै गर्दा !!!
२)
घर आफ्नो झुप्रो भएपछि !
उमेरमै शरीर कुप्रो भएपछि !!
सोझो अौंलाले घ्यू आउँदैन थाह भयो,
ऋणै ऋणको थुप्रो भएपछि !!!
साझा यातायातले काठमाण्डौमा आज बाट विद्युतीय बस सञ्चालन गरेको छ यो एकदम राम्रो कदम हो आगामी दिनमा यस्ता ठूला विद्युतीय बस बढाउन सके काठमाण्डौको प्रदुषण र ट्राफिक जाम केहि हद सम्म कम गर्न सकिन्थ्यो किll
मेरो गाउँमा पहिला हरेक घरमा दुहुनो गाइभैसी हुन्थे । तर आजकल घरैपिच्छे होटेल अनि दारुको ब्यापार मात्र देख्छु । मान्छे दहि दुधमा भन्दा नि ज्यादा रक्सिमा लगानी गर्न थालिसके । यसले पक्कै पनि समाजलाइ नकारात्मक दिशातर्फ धकेल्दै छ ।
म रुँदा तिमी नहाँस्नु यत्ति भए पुग्छ।
प्रेमको टुसा नभाँच्नु यत्ति भए पुग्छ॥
जिबन मा एक पटक मात्र आउँछ,
त्यो जोबन नसाँच्नु यत्ति भए पुग्छ।
असल खराब आचरण सबैको हुन्छ,
अरु सँग नदाँज्नु यत्ति भए पुग्छ।
आउ पिट,उफ्र,लडाइँ गर मैं सँग बरु,
बाआमा सँग नबाज्नु यत्ति भए पुग्छ॥