उहिले उहिले राज्यसञ्चालकहरूले यस्ता समस्या वा संकटका बेला 'राष्ट्रको नाममा सम्बोधन' शान्ति, धैर्य र सामाजिक सदभावको अपिल गर्थे।
आजकल मध्यरातमा फेसबुकको स्ट्याटस आउँछ। सरकार प्रमुख एउटो छ, अर्कोले सर्वदलीय बैठक बोलाउँछ।
राजा र नेताहरु मा फरक,नेता भनेका लुटेराहरु हुन स्वार्थ नपाए छाडेर हिड्छन राजा लाई देशको माया हुन्छ।
त्यसैले,
म बाचुन्जेल,
राष्ट्रधर्म र राजधर्म छोड्ने छैन।
अव्यवस्थित पार्किङको पीडा बुझाउन मिडिया हाउसअगाडि गाडी पार्क गरेर सरकारले गरेको सांकेतिक विरोध मलाई मन पर्यो। अरूले भोगिरहेको समस्या आफैँले एकपटक अनुभूति गर्नु कहिलेकाहीँ आवश्यक हुन्छ।
अब सरकार अर्को कदम पनि चालोस्।
सुकुम्बासी बस्तीमा केही दिन कुनै मन्त्रीको सन्तानलाई बस्न दिऊँ। तब सायद मन्त्रीपरिषद्ले पनि समानुभूति होइन, वास्तविक अनुभूति गर्नेछ।
भोको पेटमा बच्चाले कुहिएको चिउरा र दालमोट खाँदा कस्तो लाग्छ?
आफ्नो बच्चा झरीमा भिजेको लुगा लगाएर कठ्याङ्ग्रिँदा कस्तो महसुस हुन्छ?
नीति बनाउनेहरूले तथ्य मात्र होइन, जनताको जीवन पनि नजिकबाट देख्नुपर्छ। किनभने अनुभूतिबाट बनेका निर्णयहरू प्रायः कागजमा बनेका निर्णयभन्दा धेरै मानवीय हुन्छन्।
राजन,
मेरो व्यक्तिगत स्वार्थ छैन तर एउटा नागरिकको नाताले मलाई लाग्छ,आज यो देशलाई हजुरको आवश्यकता छ।
देशले लामो समय देखि धेरै दुःख र चुनौतीहरू भोगिरहेको छ। देश दुःखमा पर्दा त्यसको असर अन्ततःजनता माथि नै पर्छ। त्यसैले अब धेरै ढिला नगरिदिनुहोस्।
जय देश,जय नरेश🇳🇵⚔️🔱
@NepaliArmyHQ
कान्तिपुरले चन्द्र ढकालको हिनामिना छाप्दैन । अनलाईनले दिपक भट्टको छाप्दैन। रातोपाटीले सुन तस्कर पुनको छाप्दैन।सेतोपाटीले अनुदान हिनामिना छाप्दैन। यिनिहरू नै फेरी स्वतन्त्र पत्रकारिताको र स्वतन्त्र पत्रकारको भजन गाईरहन्छन् । जय होस् ।