म सधैं आम जनताको आवाज उठाइरहेँ - कहिले सडकमा, कहिले सदनमा। समस्या उजागर गरेँ, समाधानको खोजी गरेँ।
यो अवधिमा जम्मा ८ महिना ११ दिन स्वास्थ्य मन्त्रीका रूपमा कार्यकारी जिम्मेवारी पाउँदा, त्यसलाई निष्ठापूर्वक पूरा गर्ने प्रयास गरेँ। मैले आजसम्म के गरेँ? संक्षेपमा यस भिडियोमा।
बाँकी मूल्याङ्कन तपाईंको हातमा।
जय नेपाल!
नेपाली काँग्रेसले भोलि, फाल्गुन ६ गते, मधेश प्रदेशको राजधानी जनकपुरमा आयोजना गर्ने विशाल प्रतिज्ञा सभामा सहभागिताका लागि यहाँहरू सम्पूर्णमा सादर निमन्त्रणा।
के नेपाली कांग्रेस साँच्चै बदलियो ? नेपाली कांग्रेस २.० भनेको के हो ?
तपाईँहरू धेरै जनाको प्रश्न थियो। मैले ति जिज्ञासाहरूलाई सम्बोधन गर्ने प्रयास गरेको छु। एक पटक सुनिदिनु होला, सोचिदिनु होला।