रास्वपाका नेता-कार्यकर्ता, समर्थक-शुभेच्छुक प्रधानमन्त्रीको सतप्र���िशत गलत अभिव्यक्तिलाई ठीक साबित गर्न यो हद सम्मको हर्कत नगरिदिनुस्।एकदिन मै यसको असर हाम्रो अखण्डतामा कति परि सक्यो, मनन् गर्नुस्। देश भन्दा ठूलो अर्को चीज हुदैन। गलत भन्न सक्नुहुन्न भने मौन वसिदिनुस् । Please!
मुलुकको कार्यकारी प्रमुख आफैले 'हामीले पनि अमुक मुलुकको सिमा मिचेका छौं' भन्नु खेदजनक कुरा हो। पहिलो, साँच्चै मिचेको भए पनि ��न्न मिल्दैन। दोश्रो, नेपालले कसैको सिमाना मिचेको छैन। हो, दश गजामा नेपाल र भारतका नागरिकले जमिन भोगचलन गर्छन्। खुला सिमानाको कारणले गर्दा त्यसमा (नेपाल होस् वा भारत) कसैको आपत्ति प्रकट भएको थिएन।
प्रम बालेन्द्र शाहको यस्तो गलत अभिव्यत्तिलाई समेत समर्थन गर्ने, रफु भर्ने र तावेदारी गर्ने जमात अचम्मलाग्दो गरी सार्वजनिक हुँदैछ। सामाजिक स्खलनको यस्तो नमुना नेपाली समाजमा विरलै देखिन्थ्यो।
स्यम्भुको ढिस्को उक्लदा पनि स्या स्या गर्ने पुन्टे ट्विटे, सर एडमण्ड हिलारी माथी मजाक गर्दै थियो। संजाल हो, मोबाइलमा फुटबल खेलेर हुर्केकाले पनि, मेस्सीलाई फुटबल सिकाउन पाउछन 😅
बालेन सरकारले सत्तामा आउनेबित्तिकै ‘सुकुम्बासी बस्ती’मा डोजर चलाएको छ । सुकुम्बासी बस्तीमा कैयौँ ‘नक्कली सुकुम्बासी’ पनि छन्, जसलाई हटाउनु जरुरी थियो । बालेनले हटाए, राम्रो गरे। तर, त्यही ठाउँमा सक्कली सुकुम्बासी पनि यथेष्ट थिए । सक्कली र नक्कलीबीच फरक नछुट्याईकन त्यसरी निर्ममतापूर्वक डोजर चलाउनु हुन्थ्यो ? जुन देशमा रोजगारी, गरिबी, स्वास्थ्य र शिक्षालगायतका यति धेरै समस्या छन्, के त्यस्तो देशमा गर्नुपर्ने पहिलो र अनिवार्य काम नै डोजर चलाउनु थियो ?
यो सवालको जवाफ म नेपाल सरकार र नेपाली जनताको विवेकलाई छोडिदिन्छु ।
तर, सुकुम्बासी बस्तीबाट विस्थापित भएका कतिपय गरिब र तिनका सन्तानको आँसु देखिसकेपछि मैले ��ासकहरूलाई दोस्तोयेभ्स्कीको यो भावना स्मरण गराउनैपर्छ– ‘कुनै पनि समाजको मूल्यांकन त्यसले सेलेब्रिटी र राम्रा देखिने मानिसको कति जयजयकार गर्छ भनेर होइन, त्यसले गरिब, निसहाय र अपराधीहरूप्रति समेत कति समानुभूति राख्छ भन्ने आधारबाट हुनुपर्छ ।’
#अनकट बाट
मन्त्री र प्रधानमन्त्री संसदप्रति व्यक्तिगत् र सामुहिक रूपमा जवाफदेही हुन्छन।बैठकमा उपस्थित हुने नहुने, जवाफ दिने नदिने यो मन्त्री प्रधानमन्त्रीको स्वेच्छाको विषय नभै संवैधानिक वाध्यता हो।सरकारको नीत�� कार्यक्रममा उठेका प्रश्नको जवाफ प्रधानमन्त्री आफैले दिनु पर्छ।
राष्ट्रपतिको उपस्थितिमा प्रधानमन्त्रीले बालेन्द्र शाहले आज संसदमा जे-जस्तो व्यवहार गरे, त्यसका निम्ति संविधानक��� संरक्षक राष्ट्रपति पौडेलले या त प्रधानमन्त्रीलाई सचेत गराउनुपर्छ, या आफ्नो पद त्याग गरी राष्ट्रपति पदको लाज जोगाउनुपर्छ।
साथै, सभामुख डीपी अर्याल, यति सब भइसकेपछि तपाईं भोलिका लागि आज केही नभएकोझैँ लाज पचाएर सदन चलाउनुहुन्छ कि रुलिङ दिनुहुन्छ? गगन थापा र एमाले पनि डिच्च हाँसेर बस्ने त होलान्।
रास्वपाका सांसदलाई धेरै भन्नु नै छैन। किनभने राष्ट्रिय स्वतन्त्र पार्टीमा दुई जना मात्��� सांसद स्वतन्त्र छन् — रवि लामिछाने र पार्टीभन्दा माथि रहेका बालेन शाह। आजपछि त मलाई लाग���न थाल्यो, रास्वपामा जम्मा एउटा सांसद छ। त्यो पनि पार्टीभन्दा माथि विराजमान, राष्ट्रपतिभन्दा माथि आसिन।
बधाई छ, प्रिय बालेन शाह — घन्टी पार्टी र अरू पार्टीका कायर, लोभी, सिद्धान्तहीन र नामर्दहरूको जत्थालाई एकै पटक ऐना देखाइदिएकोमा बधाई छ । सायद यिनीहरू, यो समाज र यो संसद यही लायक हुन् कि?
एउटा एउटा संसद भवन अस्ति जलेर सकियो। अर्को संसदको चीरहरण आज भयो। बधाई छ, रवि — एउटा मात्रै सांसद भएक��� पार्टीको सभापति भएकोमा बधाई छ।
@RcPaudelNepal @ShahBalen @hamrorabi @dolprasadaryal @thapagk @hark_sampang
शब्दमा भन्ने- `विगतका गल्ती सच्याउने´ l अनि कर्ममा उत्तर कोरिया पछ्याउने ?
सम्बन्धि दलका @hamrorabi
लगायत जिम्मेवार मित्रहरूले गम्भीर मनन गरुन् !
८० बर्षे न्यायीक इतिहासमा पंचायतले समेत नगरेको कर्मको धब्बा बोक्ने नै हो ??
ठीक छ, ती अवैध बसोवासी होलान्, तिनसँग पूर्जा छैन । तर, ती अवैध मानिस होइनन्, अवैध नागरिक होइनन् । दुई पाइलामा उभिने हक तिनलाई पनि छ । एक टुक्रा धर्ती र एक टुक्रा आकाशमा तिनको पनि बराबरी हक लाग्छ । सरकारले हात हालेको छ । तिनको शीघ्र व्यवस्थापन होस् !
लाखौ लगानीकर्ता अनि यो सरकारको ठुलो समर्थक रहेको शेयरबजार दैनिक 100 अङ्कले घट्दा यो सरकार देख्द���न ?सुन्दैन ? सरकार छ है ,काम गर्दै छ है भनेर आत्मविश्वास दिलाउन सक्दैन ? आगोको झिल्को सुरुमा सानो नै हुन्छ!
अहिलेसम्म पारदर्शी र मेरिटमा आधारित मेडिकल भर्ना लहडमा हुनु हुँदैन। क्षतिपूर्ति प्याकेज मेरिटोक्रेसीको मूल्यमा आउनु हुँदैन।
थिति बसाल्छौं भनेर बनेको सरकारले बसिसकेको थिति बिगार्न मिल्दैन।
Context: MBBS Entrance
अरुलाई पुर्ने खाल्डो खन्दा आफै पसेर च्यापुसम्म पुरिने खन्नु भन्थे पुर्खाले।विधिको शाशन,कानुनी राज मानव अधिकार अनि बच्चा,बुढापाका र महिला प्रति नेपाली संस्कारको पनि पालना गर।घण्ट बजाएर मात्र हुदैन है।जो माथि जे मा छानवीन गर्नु छ गर।तर आग्रह हैन कानुनी तथ्यहरु स��थापित हुनै पर्छ।
सुदूरपश्चिम प्रदेशको अछाम जिल्लामा अवस्थित बयालपाटा अस्पताल। यस अस्पतालले देशकै सर्वोत्कृष्ट अस्पतालको अवार्ड समेत प्राप्त गरेको थियो।
तर भोजराज थापाले भत्किएका कुरा मात्रै खोजी–खोजी देखाउँछन्।
बुटवल–भैरहवा सडक मार्ग त ६ लेनको बनिसकेको रहेछ। मलाई त थाहा पनि थिएन। होस् पनि कसरी, रुटिन अब नेपाल बन्दमा कहिल्यै आएन।
अंग्रेजीमा एउटा लोकप्रिय कहावत छ, You can’t hide an elephant in a closet.
सुरेन्द्र पाण्डे - सबै पत्रकार चोर हो भनियो भने के हुन्छ ?
राजेन्द्र बाँनिया - उम...!
सुरेन्द्र पाण्डे - पत्रकारले पनि काठमाडौंमा महल बनाएका छन् । कहाँबाट आम्दानी गर्यो ? राज्यलाई कति कर तिर्यो ?
राजेन्द्र बाँनिया - (घुटुक्क थुक निल्दै) उम...!
रास्वपाले चुनाव जित्यो।चलाउछन कसरी?त्यो उनीहरुकै कुरा।नयाँ सरकारले काम थालेको तीन महिना स��्म अरुले केही बोल्नु नै बेकार हो।जनता साझा थिए,छन र हुने नै छन।फरक कति मात्र हो भने आम जनताको रोजाईमा यस पल्ट उनीहरु परे,अझ यसो भनौ उनका बाचा जनताले पत्याए।खाँबो चिथोर्न बन्द गरे हुने !