Engineering Geology को विद्यार्थी,
नेपाली राजनीतिलाई घृणा गर्छु तर देशलाई माया गर्छु,
बा-आमालाई जीवित भगवान ठान्छु,
ढुङ्गालाई ढुङ्गा देख्छु,भगवान होइन।
बालेनले सडक विभागसँग अनुमति लिनुपर्थ्यो, समन्वय भएन भन्ने तर्क सुनियो। भर्खर पिच गरेको तात्तातो कालोपत्रे खानेपानीले खन्दा अनुमति नचाहिने, बिजुली र टेलिकमको तार भूमिगत गर्न समन्वय नचाहिने, खोला नभएको ठाउँमा पूल बनाउँदा र बाँदर लड्ने भीरमा डोजर खनेर वर्षामा धान रोप्न मिल्ने "बाटो" खन्दा चैँ विकास हुने तर बालेनले आफ्नै क्षेत्रमा फूटपाथ बढाउन खोज्दा चैँ केन्द्रको अनुमति चाहिने कस्तो चैँ संघीयता ल्याएछन् त सिमाखाने भिण्डीमाराहरुले?
कला हुनेले tik tok चलाउछन !
गला हुनेले smule चलाउछन !
बिचार हुनेले twitter चलाउछन !
रुप हुनेले instagram चलाउछन !
झुट बोल्न सक्नेले देश चलाउछन
तर बेरोजगार हरुले यि सबै चलाउछन ।
सिरोहिया होस् कि लामिछाने, पाण्डे होस् कि दाहाल, राई होस् कि महतो : नागरिकता पुतलीको खेल होइन, यसको दुरुपयोग राज्यमाथिको अपराध हो, छानबिन र कारबाही हुनुपर्छ।
@sobita465 गृहमन्त्रीले केटाकेटीपन त्याग्नुपर्यो, सकिदैन भने गृहमन्त्री पद छोड्नपर्यो। अपरिपक्व र केटाकेटीपनले राज्यको गृहमन्त्रालय जस्तो जिम्मेवार पद सम्हाल्न सक्दैन।
भ्रष्टलाई समाउन सक्नु भएन , काठमाडौमा फोहोर बोक्ने चार चालकलाई समाउनु भएछ यो सरकारले ।
जब सम्म ससम्मान चालकहरु रिहा हुन्नन सिहदरबार लगायत सबै पार्टी कार्यालयको र नेताहरुको घरको फोहोर उठ्दैन ।
को को जुध्न आउने हो , आए हुन्छ , कसैलाई बाकिँ छोडिदैन!