सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहज्यू,
बिन्ती गर्छु, तपाईं तपाईंका भरौटेहरूको बा’लेन नबन्नु होला।
साँच्चै नै राज्यको अभिभावक भएर देखाउनु होला! तपाईं त कसैको बा हो नि, छोरा–छोरीको मृत्युको पीडा बुझ्नुहुन्छ!
राज्यको गोलीबाट कलिला नागरिकको मृत्यु भएको छ, युवा घाइते भएका छन्। गाउँ–घरमा धार्मिक, जातीय द्वन्द्व फैलिरहेको छ। डराई–डराई बाँच्नुपर्ने अवस्था आएको छ। अझ त्यसमाथि प्रहरी आतंकको कुरा नै नगरौँ!
“तँ नेता त के, मान्छे पनि बन्न सकेनस्” भनेर नागरिकले तपाईंलाई भन्ने दिन नआओस्! नागरिकले जवाफ मागिरहेका छन् , बोल्नुहोस्। जिम्मेवारी लिनुहोस्।
दुई हात जोडेर बिन्ती गर्छु, राज्यको अभिभावकको कर्तव्य पूरा गर्नुहोस्। नागरिकको ज्यानको रक्षा गर्नुहोस्, र देशमा फैलिँदै गएको डर र द्वन्द्व रोक्न जिम्मेवार अभिभावकको भूमिका निभाउनुहोस्।
सरकारले आजदेखि लागू हुने गरी स्वास्थ्य, शिक्षा र बिजुलीमा कर लगाएको छ।
अनि आफ्नो तलब बढाएको छ।
सत्ता थोर बहुत घटिया त सबै हुन्छ । यति घटिया चैँ हुन्न ।
कडा लेखियो, हाँसीमजाक गरियो, हावामा पनि उडाइयो। तर सार एउटै थियो:
-पपुलिष्टबाट देश बन्न सक्दैन।
-३५ वर्षे न्यारेटिभ फरेव थियो।
-बोकाले दाईं हुँदैन।
-घण्टे सरकार Nightmare हुँदैछ।
-फुच्चे तानाशाहको राजनैतिक अवसान दर्दनाक हुनेछ।
केके न गर्ला भन्ने आशेहरु धैर्य धारण गर्नु। 😎
सप्पै मेयरलाई बालेनसा बन्न छ ,सप्पै नगर प्रहरीलाई राजु पाँडे। जसले धेरै ठेलागाडा पल्टायो उसैको वाहवाही,जसले बाटोमा धेरै काफल पोख्यो उहि भाइरल,जसले धेरै डोजर हानेर बास उठायो उहि लोकप्रिय।
जसले धेरै लछारपछार गर्यो उसकै धेरै भोट , उहि सांसद / मन्त्री/प्रधानमन्त्री!
ठोक् ठोक् ! 🤦♂️
जब बल पुग्नासाथ भूमिहीनका बस्तीमा फौजी आक्रमण गरी, शासक बार्दलीमा बसेर चीज उग्राउन थाले।
जब बजेटमा शिक्षा, स्वास्थ्य, बिजुली जस्ता अतिआवश्यक कुरामा पनि कर लगाउने घोषणा गरे।
र गरीब किसानलाई लोप्पा खुवाएर धनीलाई चाहिँ अनुदान दिने घोषणा गरे।
राजु पाँडे भन्ने व्यक्तिका तमाम ज्यादतीलाई बेवास्ता गर्दै अत्यधिक बहुमत सहित जिताउने विवेकशून्य मतदाता रहुञ्जेल अहिलेको सहानुभूतिको ओभरएक्टिङको खास अर्थ छैन।स्मरण रहोस्, यो समाजमा अझै पनि तोसिमा कार्कीको एप्रोन, सुनील लम्सालको चस्मा र धुर्मुस–सुन्तलीका सस्ता आँसुको राम्रो बजार छ।
"देश बनाउने" लफङ्गाहरु!
तिमीहरुले कसका लागि "देश बनाउँदै" छौ? शाह, राणाहरुका लागि देश पहिले नै "बनिसकेको" हो। क्याबिनेटमा भएका तिमीहरुको सुनको मात्रै हिसाब गर्ने हो भने पनि तिमीहरूका लागि पनि देश पहिले नै "बनिसकेको" हो। गणेश नेपालीहरु हिजो पनि र आज पनि आत्मदाह गर्न बाध्य छन।
यता सुन खरानेहरु देश बनाउछौ भनेर ठेक्का लिएर आउदैमा खुट्टा भाचेर,नचाहिने जरिवाना असुलेर,जेल कोचेर, मान्छे मारेर,अनाहकमा सुकुम्बासीलाई यो हद सम्मको पिडा दिएर देश बन्दैन।बन्दै बन्दैन।। गणेश नेपाली मृत्यु प्रकरण सत्ता पतनको थालनी हो🤫
प्रेम आचार्यको आत्मदाह होस या आज गणेश नेपालीको आत्मदाहको प्रयास होस,दुबै राज्यको आतंक बाट सिर्जित घटना थिए। हिजो प्रेम आचार्यलाई आदर्श र सहिद मान्ने हरु आज गणेश नेपाली लाई कायर भन्दैछन् ।
अवस्था उहीँ, ब्याख्या फरक। हिजो सत्ताको चावी सम्म थुतियो, आज सत्ताको छेउ पनि कुरो पुगेन।
गणेशको आत्मदाहको प्रयास कुनै क्षणिक आवेग होइन । यो सत्ताले उनको मोटरसाइकलको टायरमा होइन, गर्धनमा 'ह्विल लक' कसेर, बाँच्ने सम्पूर्ण विकल्पहरू थुतेपछि आगो लगाउन बाध्य पारिएको 'राज्य-अपराध' हो।
कोही पनि रहरले आफ्नो शरीरमा आगो लगाउँदैन! ।
गुणाकर भट्ट देउवाले नियुक्ति गर्दा झोले
डा भोला थापालाई देउवा-ओलीले काठमाडौ युनिभर्सिटीको भीसी बनाउदा झोले
तिनै थापालाई आज घन्टी दलले त्रि वि को भीसी बनाउन "बिज्ञ" र "योग्य" देख्यो ?
नेपालमा एउटै ब्यक्ति झोले पनि बिज्ञ पनि कसरी हुन सक्छ ?
यस्तो परिभाषा गर्न के खानुपर्छ ?
रास्वपामा रबि पछि सबैभन्दा बढी चिनिएको व्यक्ती भनेको मनिश झा हो । अनि रास्वपामा रबिभन्दा पनि बढी राजनीतिक चेत र मूल्य भएको व्यक्ती हो मनिश झा । तर उनैलाई चार /चार जनाले गठबन्धन गरेर महामन्त्री पदमा हराइदिए । यति अन्याय नगरेको भए पनि हुने ।