Your language gives birth to thoughts, thoughts to behaviour, and behaviour to culture.
All tweets are my personal viewpoint. RTs aren't for endorsement.
'राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम'को सञ्चालन तथा बजेट वितरणका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पत्र र विभिन्न सरोकारवाला तथा विज्ञको सुझावका आधारमा अहिलेको स्वरुपमा कार्यक्रम स्थगन गरेका हौँ। विगतमा यो कार्यक्रमको वितरण पहुँचको आधारमा मात्र हुने भएकोले असन्तुलित थियो भन्ने कुरा मन्त्रालयले वेबसाइटमा राखेको विवरणबाट स्पष्ट हुन्छ। यससम्बन्धी तथ्याङ्क सबैले केलाउन भनेर सबै विवरण साझा गरेका हौँ।
अहिलेको बजेटमा पनि यही शीर्षकमा रकम विनियोजन गरिएको छ तर नाम एकै भएपनि कार्यक्रमको स्वरूप भने पूर्णतः फरक छ। पहिले जस्तो संघीय तहले यही स्कूललाई भनेर तोकेर बजेट पठाइने छैन, मन्त्री वा संघीय सांसद्ले आफ्नो भोट बैंकलाई रिझाउन एकै स्थानमा बजेट केन्द्रिकृत नहोस् नगरुन भन्ने ध्येय हाम्रो थियो । हामीले प्रस्ताव गरेका धेरैजसो नयाँ कार्यक्रम, जस्तै करियर काउन्सेलिङ्ग, साथी सँग सिकाई आदि यही बजेट शीर्षकमा छन्।
भौतिक पूर्वाधार निर्माणका कार्यक्रम भने फरक शीर्षकमा राखिएको छ र सोझै स्थानीय तहमा जानेछन्। कुल २४३ स्थानीय तहमा सोझै बजेट गएको छ, स्थानीय आवश्यकता अनुसार र स्थानीयसहकार्यमा बजेट खर्च हुनेछ। २.५ अर्ब रकममध्ये १.९८ अर्ब मानव विकास सूचकाङ्क कम भएका तराईका स्थानिय तहमा गएको छ।
'राष्ट्रपति' 'प्रधानमन्त्री' जस्ता ठूला पदको फुर्को जोडेर बनेका कार्यक्रमहरूबाट चुनाव जित्न, कार्यकर्ता पोस्न राज्य कोषको दोहन कसरी भएको रहेछ - हेरौँ, बुझौँ, जागौँ।
के यसपालिको माध्यमिक शिक्षा (SEE) को नतिजा साँच्चै नै अप्रत्याशित हो त?
सामुदायिक विद्यालयका विद्यार्थी उत्तीर्ण हुने दर ३६% छ। संस्थागत विद्यालयमा उत्तीर्ण हुने दर ७८%।
प्रारम्भिक शिक्षा तथा बालविकास देखि कक्षा दशसम्म विगतको एघार वर्ष विद्यालय शिक्षामा गरिएको लगानीको प्रतिफलले निकै चिन्तित, निराश र आक्रोशित समेत बनाएको छ।
हाम्रा विद्यार्थी अनुत्तीर्ण भएका हैनन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्र, पाठ्यक्रम विकास केन्द्र, राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रक कार्यालय (कक्षा १० र १२), शैक्षिक गुणस्तर परीक्षण केन्द्र, शिक्षक सेवा आयोग, प्रत्येक प्रदेशमा सामाजिक विकास मन्त्रालय अन्तर्गको शिक्षा विकास निर्देशनालयर शिक्षा तालीम केन्द्र, जिल्लामा शिक्षा विकास तथा समन्वय ईकाइ, स्थानीय तहका शिक्षा शाखा, महाशाखा, शिक्षा विभाग, हरेक विद्यालयमा स्थित विद्यालय व्यवस्थापन समिति, - हरेक निकायका कर्मचारी, प्रधानाध्यापक, शिक्षक र अभिभावक - हामी सबै अनुत्तीर्ण भएका हौँ। आज हामी सबै आफ्नो जिम्मेवारीबाट नराम्रोसँग चुकेका छौँ।
अब पनि विद्यालय, समाज र सरकारका हरेक पात्रले निस्वार्थ रुपमा आफ्ना विद्यार्थीका लागि काम नगर्ने हो भने अबको दश वर्षमा पनि नतिजा यही नै हुनेछ।
माध्यमिक शिक्षा परीक्षा (SEE)को नतिजा छिट्टै नै प्रकाशन हुँदैछ।
“पास भयौ?”
“कुन ग्रेड आयो?”
“ए फलानाको छोरीले त A ल्याएछ, तैँले के गरिस्?”
“ओहो, ल 3.6 आयो, 3.6 आयो अब त साइन्स नै पढ्नुपर्छ है।”
“पढ्ने बेला पढेन, अब केही गरिखाँदैन यसले।”
हाम्रो समाजमा परीक्षा र परीक्षाको प्रतिफललाई विद्यार्थीको सम्पूर्ण भविष्य, उनीहरुको दक्षता, क्षमतासँग जोडेर हेर्ने चलन छ। तर यसले विद्यार्थी र अभिभावकको समेत मानसिक स्वास्थ्यमा पर्ने असर बारे हामीले कुरा गर्दैनौँ।
कसैलाई पेट पोल्छ, हात काँप्छ, कसैलाई रुन मन लाग्ला, कसैलाई डरले पिरोल्छ होला।
यसैले हामीले यस्तो क्षणमा कसरी एक-अर्काको ढाडस बन्न सक्छौँ भनेर कुरा गर्दैछौँ। विद्यार्थीले यस्तो समयमा कसरी आफूलाई सम्हाल्ने? अभिभावकले कसरी विद्यार्थीसँग आफ्ना कुरा व्यक्त गर्ने? समाजको दायित्व के कस्तो हुन्छ? - आउनुहोस् सुनौ मानसिक स्वास्थ्य विशेषज्ञ कृपा सिग्देलबाट।
मैले कक्षा ६ देखि भक्तपुरको आदर्श बहुउद्देश्य स्कुलमा पढेँ।
त्यो स्कुलमा व्यावसायिकतर्फ चारवटा विषय थिए । सबै विद्यार्थीले आफ्नो रुचिअनुसार एउटा विषय छान्नुपर्थ्यो। 'इन्डस्ट्रियल साइन्स' मा काठ काटेर विभिन्न सामान बनाउने सीप सिकाइन्थ्यो। अर्को थियो, 'होम साइन्स । खानेकुरा पकाउन, लुगा सिलाउन, बगैचा स्याहार्न सिकाउने यो विषय धेरैजसो केटीहरूले लिन्थे। 'कृषि' मा खेतीपातीसम्बन्धी पढाइ हुन्थ्यो। चौथो विषय थियो, 'सेक्रेटेरियल साइन्स' । यसमा टाइपराइटर चलाउन र व्यापारका सानातिना प्रयोगात्मक अभ्यास गर्न लगाइन्थ्यो। मैले यही विषय लिए।
हामीलाई 'सेक्रेटेरियल साइन्स' पढाउने मिस हुनुहुन्थ्यो, जाल्पा प्रधान। एकदिन उहाँले कक्षामा आएर भन्नुभयो, 'म एउटा समूह बनाइदिन्छु । अलिकति पैसा जम्मा गर, स्कुलमा सानो पसल थाप ।'
हामी वाल्ल पर्यौं ।
'दुईचार कुरा सिक्न पाउँछौ, एकदुई पैसा बचत हुन्छ,' उहांले सोध्नुभयो 'समूहको नेतृत्व कल्ले गर्छ ?'
कक्षा अचानक जांच दिनुपरेजस्तो सामसुम भयो। मैले फ्याट्ट हात उठाएँ।
हामीले पसल थाप्न भनेर घरबाट पैसा माग्न पाउँदैनथ्यौ । टिफिन बाट दिएको पैसा जम्मा गरौं भने त्यो पनि थिएन। स्कुलमै खुवाउँथ्यो। समस्या पर्यो। मैले उपाय सोचें, अबदेखि चना चट्पट, बम्बईया लड्डु सबै बन्द। घरबाट पैसा लिने, खर्च भने नगर्ने। केही नभए पनि दिनको एक मोहर, एक रुपैयाँ बच्थ्यो ।
साथीहरूले मेरो प्रस्ताव माने।
पैसा बचाऊ' अभियान सुरु भयो। म दिनहुँ साथीहरुसंग पैसा उठाउने, धर लगेर खुत्रुकेमा खसाल्ने । पहेंलो रङको माटोको खुत्रुकेमा मैले रातो साइनपेनले किरिडमिरिङ अक्षरमा लेखेको थिएं 'स्कूल प्रोजेक्ट' ।कस्ले कति पैसा दियो भन्ने हिसाब राख्न सबै मिलेर एउटा कापी किनेका थियौ। हिसाब लेख्ने काम सबैका आँखा सामुन्ने हुन्थ्यो।
महिना दिनपछि हामीले खुत्रुके फोड्यौ । डेढ सय रुपैयां चानचुन जम्मा भएछ ।
मिसले भन्नुभएको थियो, 'स्कूलमा के चिज बढी विक्छ, त्यही राख्नु ।' हामीले पिपलमेड पाउँ, रंगीविरंगी इरेजर, थरीथरीका सार्पनर र यस्तै केही खित्रीमित्रीहरू ल्यायौ ।
हामी हाफटाइममा छिछिटो खाजा खाएर कक्षाका डेस्क-बेन्च घिसार्दै चौरमा ल्याउँथ्यौ । झोलामा बोकेर ल्याएको दोकान डेस्कमाथि सजाउथियौ । सुरुमा त स्कुलका अरू विद्यार्थी हेरेका हेरै भए। कोही सोध्न पनि आए, 'के रमिता हो' भनेर। हामीले प्रोजेक्ट वर्क' भन्यौं। सुनेर उनीहरू खासखुस गर्ने। अनि गोजी छाम्थे। हामीले सामान नै त्यस्तै छानेका थियौ मन भुलाउने, आँखा लोभ्याउने। हाफटाइमको आधाघन्टे छुट्टीमा जति हुन्छ बेचेर हामी आफ्नो दोकानलाई फेरि त्यही झोलामा पोका पार्थ्यम।
अन्तिम घन्टीपछि दिनभरिको हिसाब जाल्पा मिसलाई देखाउनु पर्ने थियो। कुन चिज कतिमा किनेको, कतिमा बेचेको, कति नाफा भयो सब त्यही म्याथ कापीका चारपाटे कोठाहरूमा लेखेर बुझाउनुपर्थ्यो ।
व्यापारमा त्यो मेरो चञ्चुप्रवेश थियो । आज ४५ वर्षपछि मैले गर्ने कारोवार सैद्धान्तिक रूपमा त्यो भन्दा फरक छैन। सानो-ठूलोको कुरा मात्र हो ।
बहुद्देश्यीय हाई स्कुलको त्यो सिकाइले मभित्र अर्द्धचेतन अवस्थामा रहेको व्यापारिक सोच र व्यवहारलाई जगाइदिने काम गर्यो भन्ने लाग्छ । बचत परिचालन, पुँजी निर्माण, बजारको माग बने, खरिद विकीबीच मार्जिन राख्ने यस्ता आधारभूत व्यापारिक सीप मैले त्यहाँ स्कुलको आधाघन्टे पसलबाट सिकें।
विद्यार्थीलाई परीक्षाको दौडमा सामेल गराउनेभन्दा ज्ञान दिनेगरी पढाउने त्यो स्कुलले मेरो जीवनमा एक सय असी डिग्रीको परिवर्तन ल्याइदियो। म त्यहाँको शैक्षिक वातावरणमा रमाएँ।
मैले एसएलसीसम्म त्यहां पढ़ें। र, त्यहींबाट २०२८ सालको एसएलसीमा बोर्ड पाँचौ भएँ।
हाम्रो स्कुलबाट अरू दुईजना साथी पनि बोर्ड आएका थिए । छैठौ स्वानमा विश्वम्भर चित्रकार र सातौंमा कृष्णबहादुर नापित ।
मेरो जिन्दगीको पहिलो र सबै भन्दा महत्त्वपूर्ण 'टर्निङ प्वाइन्ट' त्यही स्कुलको वातावरण हो। त्यहाँ पाएजत्तिको शिक्षा त्यसपछिको कुनै पढाइले दिएन ।
आज तपाइँहरुको रिजल्ट जस्तो आएपनि जिन्दगी एकदम लामो छ । स्कुलमा सिकेको कुरा रिजल्ट भन्दा धेरै काम लाग्नेछन । अगाडी बढनुहोला । हार्दिक सुभकामना ।
धरानको BPKIHS मा GOPD मा पिसाब चेक गराउदा त्यसको रिपोर्ट लिन २४ घन्टा भन्दा बढी कुर्नु पर्ने? अनि भिडियो एक्सरे को लागि appointment date लिदा १ महिना पछि पालो आउने? तर पेईङ OPD मा ( ४ बजे बेलुका देखि) त्यही काम फटाफट गरि दिने एक दिन मै । कस्तो बेथिति ? @mohpnep
धरानको BPKIHS मा GOPD मा पिसाब चेक गराउदा त्यसको रिपोर्ट लिन २४ घन्टा भन्दा बढी कुर्नु पर्ने? अनि भिडियो एक्सरे को लागि appointment date लिदा १ महिना पछि पालो आउने? तर पेईङ OPD मा ( ४ बजे बेलुका देखि) त्यही काम फटाफट गरि दिने एक दिन मै । कस्तो बेथिति ? @mohpnep
प्रसिद्ध प्रकाशनको पॉपुलर ईङ्गलिश रिडर (कक्षा ७) को पेज नं. १५६ मा अन्तिम वाक्य छ, " ... thorn from Neem trees to imprint a tattoo." जुन विल्कुल असत्य हो । यो भ्रम र गलत शिक्षाले हाम्रा देशका विद्यार्थीको के हालत होला? शिक्षा मन्त्री @SumanaShrestha ज्युको ध्यानाकर्षण गराउन चाहे
“सय दिनमा मैले गरेका हरेक निर्णय वा नयाँ अवधारणाका पछाडि कम्तीमा बीस जनाको देन होला र त्यसको कार्यान्वयनमा कम्तीमा हजार जनाको संलग्नता । यसकारण यहाँ नायक होइन थिति चाहिएको छ ।”
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा मन्त्रीको जिम्मेवारीका १०० दिनको समीक्षा, भोगाई र सिकाई यो लेखमा प्रस्तुत गरेकीछु। तपाईँहरूको प्रतिक्रया र सुझावको अपेक्षा छ। यही लेख मार्फत मेरा आगामी दिन: थिति बसाल्ने, सहभागितामुलक नीति निर्माण र पारदर्शी कार्यान्वयनमा केन्द्रित हुने प्रतिबद्धता व्यक्त गर्दछु।
https://t.co/IV1m2T9N6p