राससले सबै स्ट्रिङ्गर निकालेर प्रत्येक जिल्लामा एक-एक जना राख्ने गरी नयाँ नियुक्ति खोलेछ।
यो संघीयताको ठाडो उल्लङ्घन र सूचनामाथिको केन्द्रीकृत कब्जा हो। सरकारले आफ्ना मान्छे राखेर विपक्षी समाचारमा नाकाबन्दी लगाउने र स्वतन्त्र पत्रकारिताको हत्या गर्ने खुल्ला योजना हो यो।
सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानमन्त्री बालेन शाहले संसदमा गरेको घोर अशोभनीय र अराजनीतिक व्यवहारको लागि राष्ट्रपति जिम्मेवार हुनुहुन्छ।
संविधानका संरक्षक मौन बस्न मिल्दैन। या त प्रधानमन्त्रीलाई तुरुन्त सचेत गर्नुहोस्, नत्र पद त्याग गर्नुहोस ।
संसदीय दलको नेता चयनमा संसदीय दलले आफ्नो भूमिका पार्टीलाई हस्तान्तरण गर्नु अभ्यासका दृष्टिले सामान्य देखिएपनि सैद्धान्तिक दृष्टिले अलोकतान्त्रिक हो ।
चुनाव हारेकाहरुले चुनाव जितेकाहरुको नेता तोक्दिने परम्पराको सुरुआत कांग्रेस बदलिएको हैन बरालिएको संकेत हो ।
सरकारी परिपत्र निजी क्षेत्रका सञ्चारमाध्यमहरूलाई धाराशायी बनाएर बन्द गर्ने योजना हो। प्रेस स्वतन्त्रतालाई संकुचित र नियन्त्रण गर्ने प्रपञ्चको पहिलो अभ्यास मात्र हो। सरकारले सार्वजनिक सूचना मात्र आफ्नै माध्यममा प्रकाशित गर्न लगाएर निजी मिडियाको आर्थिक ढाड सेक्न खोज्दैछ।
गौरीबहादुर कार्की आयोगले क्षेत्राधिकार बाहिर गएर प्रेस जगत र पत्रकारहरुका सम्वन्धमा समेत अनावश्यक, असान्दर्भिक र आपत्तीजनक टिप्पणी र सुझाव दिएकोमा दुख लागेको छ।
मन्त्रालय संख्या १५ मा झार्ने,
अनावश्यक विभाग/आयोग/समिति खारेज वा मर्ज गर्ने,
जनताको करबाट तलब पाउने संस्था घटाउने,
विश्वविद्यालयबाट प्रधानमन्त्री कुलपति हटाउने कुरामा १००% समर्थन र सहयोग छ
ट्रेड युनियन ( संविधानले दिएको अधिकार ) र स्वतन्त्र विद्यार्थी युनियन खारेज मान्न सकिँदैन!
सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यू,
०७९ को पुरानो जनमतले तपाईंलाई अभिभावक बनायो, तर जेनजी आन्दोलनले त्यो जनमतलाई पूरै उल्टाइसक्यअबको जनादेश फरक छ
निर्वाचन सफल बनाउने सबैलाई धन्यवाद दिदै तपाईंले पनि समय आएको छ— नयाँ जनादेशको सम्मान गर्दै मार्ग प्रशस्त गर्ने ।
७५ लाख फलोअर्स! विश्वविद्यालय क्याम्ब्रिज-अक्सफोर्ड! लाखौंको ताली र चर्चा!!
तर ढाका-९ मा डा. तस्निम जारा पराजित ।
बीएनपीका हाबिबुर रसिदले १११,२१२ मतसहित जिते, जाराले ४४,६८४ मात्र।
सामाजिक सञ्जालको लोकप्रियता = चुनावी जित होइन!
ग्राउन्डमा संगठन र आधार नै जनता हुन्छन्।
नयाँ र नवीन कांग्रेसको सन्देशसहित सुशासन, विकास र जेन–जी आन्दोलनको मागलाई सम्बोधन गर्दै स्पष्ट नेतृत्वमा चुनावमा होमिँदैछौं। मतदातालाई पहिल्यै थाहा होस्—भोट हालेपछि प्रधानमन्त्री को बन्छ!
आजको केन्द्रीय कार्यसमिति बैठकबाट औपचारिक घोषणा हुनुपर्छ । अब पालो गगन थापाको
जुन रहस्यमय शक्तिले बालेन, रवि र कुलमानलाई एकजुट बनाइरहेको छ
त्यही शक्तिले नेपाली कांग्रेसलाई हदैसम्म कमजोर पार्न—यहाँसम्म कि फुटाउन खोज्दैछ ।
किन? किनकि कांग्रेस सकियो भने देश र लोकतन्त्र दुवै सकिन्छ!
यो षड्यन्त्रको मुख्य लक्ष्य यही हो। जागौँ नेपाली!
#कांग्रेसबचाऔं
सिंहदरबार र सर्वोच्च जलाउनेहरू मिलेछन्! वाह, अब काठमाडौंको जाडो त रापले भाग्छ, हिटर-दाउरा चाहिँदैन। खरानी खेतमा हालौँ—अन्न फल्छ गुणा-गुणा, गरिबी भाग्छ, खाद्यान्न आत्मनिर्भर! कवाडी निर्यात गरे व्यापार घाटा कम, उद्योगी सीमापारि गए चन्दा आतंक बन्द
ज्ञान भयो दाजुभाइ! लोभ-लाभ बाँडौँ।
कांग्रेसको गौरवशाली इतिहासमा सभापति र महामन्त्री अनि कार्यवाहक सभापति सधैं हरेक मोडमा काँधमा काँध जोडेर उभिएका थिए । तर यो पटक पदाधिकारीले दोषको भारी कस्लाइ बोकाउने भनेर दौडिरहेका छन । किन साझा जिम्मेवारी लिदैनन ? खबरदार कसैले भाग्न पाइँदैन, कसैले उम्कन पाइँदैन ।
१४६ सांसदको हस्ताक्षरसहित सर्वोच्चमा रिट, जेनजी पनि रिट दायर गर्ने तयारी। सेना पनि कार्की सरकारसँग असन्तुष्ट! पुस अन्त्यसम्म नयाँ सरकार? 🇳🇵
#जेनजीआन्दोलन#संसद्ब्यूँताउने#नेपालीराजनीति