@SharmABhushanA उनीहरू कांग्रेस देखिएनन्, केवल वैयक्तिक स्वार्थकाे चिन्तामा पासा थाप्ने झुण्ड देखिए । कांग्रेस हुन त सकारात्मक परिवर्तनलाई आत्मसात र सामुहिक नेतृत्वमा विश्वास गर्ने हुनु पर्छ हाेला ।
मान्छेकाे परीक्षा अफ्ठ्याराे र संकटकाे बेलामै हुने हाे । सेलिब्रेटीदखि मै हुँ भन्नेहरू संसद, सिंहदरबार र स्कूल जलाउँदा खुशी भएका भिडियोहरू सार्वजनिक हुनुले असलियत चिन्ने माैका मिलेकाे छ ।
जीवन छाेटाे तर सुन्दर छ
एकदिन रहिन्न भन्ने थाहा छ
फूल आहा कति सुन्दर छ !
मन्दिरमा चढ्न तम्तयार छ
ज्यूँनुपर्छ थाेरै भए'नि हाँसेर
जस्ताे कि फूल ज्यूँछ फक्रेर !!
एउटा अजङ्गकाे घडी
यति ठूलाे हाेस् कि
बरू घण्टाघर सानाे बनाेस्
यति अग्लाे कि
धरहराभन्दा थाेरै हाेचाे हाेस्
टुँडिखेलकाे बीचैमा झुण्ड्याइयाेस्
मानिसलाई समय मात्र नजनाओस्
ऊ बाँचिरहेकाे हैसियत नै चिनाओस् !
भ्रष्टाचार र सदाचारकाे ऐना देखाओस्
शासकलाई जवाफदेही बनाओस् !!
@SharmABhushanA यिनले सजिलै छाेड्दैनन् । आफ्ना अनुचरहरूलाई वैशाखमा नियमित महाधिवेशन हुन्छ, त्यतिबेलै छाेडाैंला भनेर भन्न लगाइसके । विशेष महाधिवेशन पनि तुहाउने, नियमित पनि लङ्गार्ने खेल शुरू भइसकेकाे छनक मिलिसक्याे । शेखर र गगन-विश्वहरूले के गर्लान् ? अब सबैकाे आँखा त्यतैतिर छ ।