Zen-Z ले हामी होईनौ, आन्दोलन सकियो घर जानुस् भनेपछि पनि सार्वजनिक सम्पतिहरू तोडफोड आगजनी गर्नेहरू चिनौ, क्यामेरामा कैद गरौ । ती आतङ्ककारी/अवसरवादीहरूलाई नयाँ सरकार बनेपछि कारबाहिमा ल्यानु पर्छ । 🙏🙏🙏
यो तन्त्र मन्त्र जन्त्र जतिसुकै कुरा गरेपनि आखिर मूल्य चुकाउनुपर्ने त नेपाली जनता नै रहेछ हैन त।
कसको ज्यान गयो? कसको घर जल्यो? प्रताडित को भए? विश्वसनीयता खस्किँदै गरेको समाजमा कसले ���नेको कसले पत्याउने, कसले के गर्ने?
राजावादीहरूलाई मेरो प्रश्न संवैधानिक राजतन्त्र नि देखेको हामीले, अहिलेका पूर्वराजाको महत्वकांक्षाले प्रत्यक्ष शासन नि भोगेको हो । ६३साल पछि उनले कस्को तपस्या गरेर कुन राम बाण, कुन जादुको छडी प्राप्त गरे जस्ले देशको सबै समस्या छुमन्तर गरेर गायब पार्ने छन्? ४७मा प्रजातन्त्रमा आए पछि, ६३मा लोकतन्त्र आए पछि सबै समस्या सकिन्छ, देश उभो लाग्छ भनेको भन्दा ��े फरक छ ��पाईँहरूको वाचामा? टाउको मात्र फेरेर व्यवहार र संस्कार उही राख्ने हो भने केही हुनेवाला छैन साथीहरू! शक्तिकेन्द्रको वरिपरि अर्को थरि पुग्ने अनि रजाई गर्ने पालो तिनको, हुने त्यति मात्रै हो । अनि कस्तो मान्छेलाई अगाडि सारेको, भिडियो गेममा जस्तो मान्छेलाई किल्चिने हिसाबले बाटोमा गाडी चलाउनेले के उँभो लगाउँछ?
लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र भन्ने हामीहरु, के हाम्रा आफ्नै दलभित्र लोकतन्त्र छ? डेलिभरी दिन नसक्ने व्यक्तिलाई पटकपटक प्रधानमन्त्री मान्दिनुपर्ने, के यो लोकतन्त्र हो र? के हाम्रा पार्टीभित्र फरक विचारको सम्मान गरिन्छ? जनताको आक्रोशलाई कम आँक्ने, खिसीट्युरीमा उडाउने, होच्याउने त्यै हो लोकतन्त्र? चुनावामा मासुभात खुवाउने, पैसा बाढ्ने नै हो उन्नत लोकतन्त्र? जनताको निराशा कसरी सम्बोधन गर्ने हो– अब एक दुई तीन चार यो गर्छु भनेर भन्नुपऱ्यो, भन्ने मात्र हैन र गरेरै देखाउन पऱ्यो!
मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ११६ (केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० को दफा ६४) मार्फत तपाईंहरूले एउटा संशोधन गर्न खोज्नु भएको थियो – जति हिंसा मच्चाए पनि राजनीतिक दल हुँ, मूलधारमा आउछु भन्यो भने माफी पाउनुपर्छ भन्ने। यसो भन्नेहरूले हिजो राजावादीहरूको आन्दोलन हिंसात्मक भयो भ��ेर कराउन सुहाएन। अनि हिजो कार्यक्रम शुरु नहुँदै स्टेजमै अश्रु ग्यास प्रहार भएको भिडियो सञ्जालमा आइरहेछ। त्यसो भए हिंसाको पूरै जिम्मा एउटा पक्षको टाउकोमा मात्रै राखेर पन्छिन मिल्छ?
हिजोको हिंसाको जिम्मेवार जो ठहरिए पनि हिजो दिवंगत भएका दुई फर्केर आउनेछैनन्। अबका केही दिन अति संवेदनशील छन्, भड्काउने, उक्साउने काम नगरौँ। विभिन्न मुद्दामा (शिक्षक, सहकारी) सरोकारवालाहरूले फेरी चरणबद्ध आन्दोलन घोषणा गरेका छन्। वहाँहरूलाई पनि १०-१५,००० त यत्तिकै आइहाल्छन् नि भनेर सम्बोधन गर्नुहुन्छ कि निकास दिनुहुन्छ?
अन्तमा ६३मा जनताको नासो जनतालाई नै सुम्पिए भन्नुभएको पूर्वराजा ज्ञानेन्द्र शाह, आज पनि यो जनताकै नासो हो। हो, आज भ्रष्टाचारीहरूको चुङ्गुलमा परेको छ तर ती भ्रष्टाचारीको चु���्गुलबाट हामी निकालेरै छाड्छौँ। नेपाली जनतालाई धेरै कमजोर नठान्नुहोला, हामी ज्याद्रो छौँ। नेपाली जनता नै काफी छ।
पोखराबाट फर्कदा पुर्वराजाको (वा शेखर कोइरालाको शब्दभावमा राजा) स्वागतमा एयरपोर्ट आएका जनताको तुलनामा , हिजो फगत एक चौथाई मान्छे तिनकुनेमा जम्मा भएका थिए । त्यस पछी जे भयो जगजाहेर छ ।
अरुले होइन , आदरणीय पुर्वराजाले स्यम बुझ्नु पर्छ , नेपालमा कदाचित राजसंस्था फर्काउने नै हो भने पनि , यस्तो ‘कमाण्डर’ ले किमार्थ सक्दैन जो आफ्नो गाडी प्रहरीमाथी हुइकाएर निषेधित धेरा तोडछ र तथा��ाम फोहर गालीगलौच गर्दै मैदानबाट भाग्छ ।
आदरणीय पुर्वराजाको व्यक्तित्वको शिष्टता , बिनम्रता र धैर्यको रत्तिभर अंश नभएको मानिस कसरी राजसंस्था फर्काउने आन्दोलनको ‘कमाण्डर’ हुन सक्छ? होला , प्रसाईजीले उठाएका केही बिषय जायज पनि होलान तर उनको हदको जिम्मेवारी बोकेको भनिएको मान्छेको तरिका उचित देखिएन ।
कमाण्डर पनि कस्तो ? चार जना पुलिसले खोज्ने बित्तिकै फरार हुने मान्छे पनि कमाण्डर हुन्छ ? खोई त रवीन्द्र मिश्र त लुक्नु भएन , धवल शम्शेर त लुक्नु भएन ।
साथै , हिजो तिनकुनेमा निजी घरको छाना माथी चढेर , प्रहरीले अकारण अश्रुग्यास प्रहार गरेर , प्रदर्शनकारीलाई उत्तेजित बनाएको कुरा समाचारमा आएको छ । यो अत्यन्त गम्भीर बिषय हो । यो कुराको निष्पक्ष न्यायिक जांच हुन जरुरी छ ।
साथै निजी सम्पत्ती लुटपाट गर्ने , आगजनी गर्ने र मिडिया संस्थानहरुमा हिंसक आक्रमण गर्ने , गराउनेहरुमाथी राज्यले , समाजले एक स्पष्ट र स्थिर द्रश्टिकोण बनाउनै पर्छ ।
आन्दोलनका क्रममा तीनकुनेमा गोली लाग्दा कीर्तिपुरका ३१ वर्षीय सविन महर्जनको मृत्यु भएको छ। तीनकुनेमा आगजनीमा परेको घरमा एभिन्युज टिभीका क्यामेरापर्सन सुरेश रजकले ज्यान गुमाए ।
पक्षबिपक्षका टिप्पणीकारहरुका लागी , उनीहरु दुबै जना केही समय उत्तेजना र चर्चाका बिषय हुनेछन। मेरो मन र प्रार्थना चाही यस बखत उनका परिवारजनका ��ाथ छ ।
केही समय पछी , अरुका लागी उनीहरु फगत मृतक संख्या हुनेछन तर परिवारका लागी आजन्म मनको घाउ बनेर बांच्ने छन ।
रुपचन्द्र बिष्टलाई सम्झदै छु , जस्ले दसकौ अघि मलाई भनेका थिए - ‘ आफ्नो जिउमा हल्का घाउ , हल्का खत पनि नलागोस , अरुका छोराछोरी शहिद भएको समाचार दिनहु सुन्न पाउ , भन्ने रहर गर्ने मान्छेहरुको ठाउ हो यो । बुझिस ! ‘
लोकतन्त्रको सुन्दरता भनेकै विचारहरुको विविधता हो । तर विविध विचारहरुको द्वन्द कसरी हल गर्ने ? कुन माध्यमबाट गर्ने ? यो कुराको निर्णय गर्न हामीले , बिशेषत दुबै पक्षको नेत्रित्वमा रहेका बिवेकीहरुले शान्त भावले , उदार र वस्तुगत बिश्लेषण र कठोर निर्णय गर्नुपर्छ । र , यसरी आएको निर्णयलाई लागु गराउन हिचकिचाउनु हुन्न ।
मेरा नियमित दर्शकलाई सम्झना हुन सक्छ , एक बर्ष अघि नै हामीले ' के राजा फर्कन्छन ? ‘ भन्ने पोडकास्ट गरेका थियौ । त्यस बखत , त्यसलाई दुबैतिरका केही ‘बोदिक जानिफिकार’ ले हांसेर उडाएका पनि थिए । केही छैन । जीवन यस्तै हो । जीवनले कहिले उचाल्छ , कहिले थचार्छ । दुबै अवस्थामा समभाव राख्न सक्नुमा जीवनको सार्थकता छ ।
म त्यो पोडकास्टको भाग-२ केही दिनमा ल्याउने छु ।
व्यक्तिगत रुपले भन्ने हो भने , मलाई हिजो राती देखी ज्वरो आएको छ । बिहान सिटामोल खाएर यति लेखे । ��लाई केही कुराहरु लेखेरभन्दा भिडियो पोडकास्टबाट अभिव्यक्त हुन सजिलो लाग्छ । सन्चो भए पछी पोडकास्ट गरौला ।
अहिलेलाई संजालमा यति लेखे । संजाले वातावारण तातेको छ , तर अनुभवले मलाई जटिल परिस्थितिमा धेरै नतात्न सिकाएको छ । फगत तातेर दुनियामा केही हुन्न भन्ने मेरो अनुभव छ । कमेन्ट गर्दा सभ्यता र शिष्टताका सिमा रेखा नाघ्नु हुने छैन ।
शेष ज्वरो ओर्ले पछी पोडकास्टमा । सबैकाप्रति शुभेच्छा ��
व्यापक जन असन्तुष्टी खेपी रहेको सरकारले , फगत केही महिना कार्यकाल बाकी रहेका कुलमान घिसिङलाई हटाएर देशमा सल्किन थालेको आगोमा आफैले मट्टीतेल खन्याएको छ । हामी प्रधानमंत्री @kpsharmaoli र कांग्रेस सभापति @SherBDeuba लाई यो निर्णय तत्काल सच्चाउन माग गर्छौ ।
साथै तत्काल यो निर्णय नसच्चिए , सरकार चलाउने दुइ दलिय संयन्त्रबाट राजिनामा गर्न उपसभापति @NCPurnaKhadka , महामंत्री @thapagk लगायतका अन्य सदस्यलाई सदस्यलाई अनुरोध गर्दछौ ।
हामी कुलमान घिसिङलाई आफ्नो असामायिक बर्खास्तगीको मुद्दा , मुलुकको सर्वोच्च न्यायालमा राख्दा उचित हुन्छ भन्ने सल्लाह दिन चाहन्छौ ।
सं��िधानको अन्तिम संरक्षक र व्याख्याताका रुपमा जिम्मेवारी बोक्नु पर्ने सर्वोच्च अदालतले यस बिषयको बहुआयामिक गम्भिर��ालाई मध्येनजर राखी तत्काल कानुन सम्मत फैसलाको अपेक्षा त समाजले गर्ने नै छ ।🙏
वर्तमान राजनीतिक अवस्था,प्रणाली र अभ्यासका त्रुटी केन्द्रित संवाद।संसदीय अभ्यासको औचित्य र सुधारात्मक बाटोबारे साझा बुझाई।
समस्या केन्द्रित विचार-विमर्शले कहिँ त पुर्याउँछ तर व्यक्ति केन्द्रित प्रतिशोधकोले कहाँ पुर्याउला?
देश बचे प��्ष-विपक्ष,
नत्र के सत्ता पक्ष,के प्रतिपक्ष!
एक महिना पनि पुगेको छैन सुमना श्रेष्ठले शिक्षा मन्त्रालय सम्हालेको, तपाईहरु तीन दशक देखि सरकारमा हुनुहुन्छ। तपाईँको पार्टीले कैयौं पटक शिक्षा मन्त्रालय चलायो,हजुरबुवाले घिउ खानुभएको थियो त्यही भएर मेरो गाला चिल्लो हुनुपर्छ भन्ने पार्टी तपाईँहरू। एउटै बुवाको तीनवटा छोरा प्रधानमन्त्री भएको पार्टी तपाईँहरू। एउटै नेता पाँच पटक प्रधानमन्त्री भएको पार्टी, प्रतिपक्षमा आएको एक महिना भएको छैन कुन नैतिकताले यो प्रश्न सोध्दै हुनुहुन्छ? आज त्रिभुवन विश्वविद्यालयको जे हविगत छ त्यसमा तपाईंको पार्टी प्रमुख जिम्मेवार हो। तपाईँ जस्तो युवा नेताबाट यस्तो अभिव्यक्तिको अपेक्षा थिएन। विरोधको लागि विरोध गर्ने राजनीतिक कुसंस्कारको अन्त्य गरौं र हाम्रो पुस्ताले राजनीति गर्ने होइन सुधार्ने तर्फ लाग्नुपर्छ।
हाम्रो संविधान र अन्य संवैधानिक अभ्यासहरूले अपेक्षा गरेको अपर हाउस यस्तो हुदै होइन।नेताहरूले यसलाई हरूवा,चरूवा र आफ्नालाई व्यवस्थापन गर्ने थलोमा परिणत गरिदिए।हामी जनताको व्यवस्था हो यो।नेता, मन्त्री जनताका वारेस मात्र हुन।यो सदनको नियति सधै यस्तै ह��� भने यसको औचित्य मै अब वहस गरौ।
Roaring to Super Six🔥
Nepali Rhinos charge into the World Cup Super Six, defeating Afghanistan with an epic blend of grit, class, and an indomitable fighting spirit! 🌟🏏
#FutureStars | #NepalU19 | #NepalCricket |#NEPvAFG | #U19WorldCup
शान्तिपूर्वक भेला हुने र बिरोध गर्ने स्वतन्त्रता संविधानले नै ग्यारेण्टी गरेको हक हो।कसैले निषेधित काम गर्छ भने जवाफदेही बनाउन सकिन्छ। तर, प्रहरी घेरा���ा कसैलाई घरभित्रै बन्धक बनाउनु लोकतन्त्र कै उपहास हो। फेरि तपाईहरू को यो लुटतन्त्र चुनाव सम्म त सुरक्षित नै छ, किन यति अतालिएको ?
यो देशमा सबैलाई ,
राजा बन्न मनलाग्यो,
राष्ट्रपती बन्न मनलाग्यो,
प्रधानमन्त्री बन्न मनलाग्यो,
नेता बन्न मनलाग्यो ,
देशलाई मान्छे चाहिएको छ,
मान्छे बन्न कसैलाई मन लगेन, जस्��े धर्तीलाई माया गरोस ,
मान्छे बनौँ पहिला ,
अरु त, जनताले बनाई हल्छननी ।
टिकटक बन्द गर्ने निर्णय प्रम प्रचण्डको मंत्रीमंडलले गरेको हो । सायद , नेकपा अध्यक्ष पुष्पकमल दाहालले टिकटक ख��ल्ने निर्णय गर्ने छन । पाखण्डपुरमा यस्ता कुरा सामान्य हुन । नेता चाहे माओवादीको होस वा कांग्रेसको होस - यहा एउटै पादाधिकारी , एकै समयमा , सत्ताधारी गठबन्धनको पदाधिकारी र बिपक्षीको नेता भएको अभिनय गर्न पाउछ ।
सत्ताधारी गठबन्धनको स्वाद पनि लिने अनि बिपक्षी भएको अभिनय बापत मिडिया कभरेज पनि राम्रो लिन पाइन्छ , पाखण्डपुरमा । Leftist in preaching , capitalist in living सिधान्तमा चल्ने वैश्ययुगीन समाजहरु , मिडियाहरु , बोदिकहरु यसरी नै चल्छन ।
टिकटक बन्द गर्ने निर्णय बारे तत्काल धारणा राख्ने मलाई कुनै हतारो छैन ।अरे यार, हामी पहिला यो त हेरौ - निर्णय कस्को लागु हुन्छ ? प्रम प्रचण्डजीको ? वा पुष्पकमलजीको ?
अनि, नेपालका IPS ( Internet service providers ) हरुले टिकटक सर्भरहरु डाउन गर्न अघि नै ' श्रीमान गुहार गुहार ' भन्दै अदालत पुग्नेहरु पनि होलान नि ! धुजा धुजामा बिभाजित संस्थाहरु भएको राज्यमा हुने यस्ता कयौ निर्णयहरुका बारेमा टिप्पणीको हतारो के गर्नु ! 😌
मेरा लागी टिकटक प्रकरण भन्दा अहिले बढी महत्वपूर्ण बिषय हो-बजार गएर पालुङोको साग किन्नु। र, त्यसमा आलु मिसाएको तरकारी बनाउनु । बाकी कुरा पछी है ... 😊