लेखन, मुद्रण र इन्टरनेटपछिको अर्को ठूलो ज्ञान क्रान्ति AI हो—तर शिक्षाको भविष्य मेसिनमा होइन, मानवीय विवेक, आलोचनात्मक सोच, र सिर्जनशीलतालाई जोगाउन सक्ने समाजमा निर्भर छ। https://t.co/SrHWlZWZmT
@Neupane1Binod कानुन उस्तै हुन सक्छ, तर परिणाम फरक हुन्छ— किनभने नीतिको सफलता समीकरणले होइन, राज्यको प्रारम्भिक अवस्था (इतिहास, संस्था, सामाजिक विश्वास) ले निर्धारण गर्छ। https://t.co/uGWeBBNzW9
@SuryaRAcharya अधिकांश शैक्षिक सुधार कार्यक्रमले शिक्षाको स्वरूप बदल्ने प्रयास गरे पनि तिनको मुख्य ध्यान प्रायः 'के पढाउने ?' केन्द्रित रह्यो । अनि 'कसरी सिक्ने ?' प्रश्न, छलफल कसरी गर्ने, प्रमाण कसरी जाँच्ने र ज्ञान आफैँ कसरी निर्माण गर्ने भन्ने सिकाइ–प्रक्रिया भने तुलनात्मक रूपमा ओझेलमै रहे
च्याटजीपीटीले उत्तर दिन सक्छ; तर राम्रो प्रश्न सोध्ने र त्यसको उत्तरमाथि शंका गर्ने काम हाम्रो हो । हराएको प्रश्न सोध्ने कला फर्काउन सक्यौँ भने मात्र एआई नेपालको शिक्षामा वास्तविक परिवर्तनको माध्यम बन्न सक्छ ।
@chandra_1961 सुशासन एउटा कानुन, एउटा संस्था वा एउटा नेताले एकैपटक हासिल गर्ने उपलब्धि हो– यो त बदलिँदो समाजसँगै राज्यले आफ्ना संस्थालाई निरन्तर मापन, सुधार र सन्तुलित गर्दै लैजाने प्रक्रिया हो । https://t.co/uGWeBBNzW9
@RabindraMishra सुशासन न त एउटा कानुन, एउटा संस्था वा एउटा नेताले एकैपटक हासिल गर्ने उपलब्धि हो – यो बदलिँदो समाजसँगै राज्यले आफ्ना संस्थालाई निरन्तर मापन, सुधार र सन्तुलित गर्दै लैजाने प्रक्रिया हो । तसर्थ राजसंस्था आउदै केहि हुन्छ होला जस्तो लाग्दैन। ...
https://t.co/uGWeBBNzW9
@MumaRamKhanal एउटा पेन्डुलमको लम्बाइ फेर्दा त्यसको दोलन-अवधि (‘पिरियड’)परिवर्तन हुन्छ, तर पेन्डुलम अझै पनि पेन्डुलमकै नियमले चल्छ । त्यसैगरी कहिलेकाहीँ शासन बदल्दा शक्तिको वितरण त फेरिन्छ, तर त्यसमुनि रहेका संस्थागत जडता, सूचना प्रवाहका बाधा र भ्रष्टाचारका पुराना फिडब्याक लुप उस्तै रहन सक्छन्