उहिले जोगिहरु
गेरु बस्त्र धारण गरी
हातमा त्रीशुल र कमान्डलु बोक्थे
र भिक्षा माग्दथे
आधुनिक जोगिहरु
सुट प्यान्टमा सजिई
साईरनवाला गाडी कुदाउॅंछन्
र हप्ता उठाउॅंछन्।
मेस्सीले ह्याट्रिक गरेपछि मेस्सीको पंखाहरुको कुरो सुनेको🤣🤣🤣
१) मलाई ह्याट्रिक गर्छ भन्ने पहिल्यै थाहा थियो।
२) मेस्सीलाई substitute नगरेको भए डबल ह्यट्रिक गर्थ्यो।
३) मैले भनेको थिए नि यो मुला फुटबलको जादूगर हो।
४) आज ह्याट्रिकको celebration गर्न पार्टी हान्नुपर्छ।
५) मैले सोचेजसरी हानेको भए त्यो फ्रिकिक पनि गोल हुन्थ्यो।
६) अर्को वर्ल्डकपमा पनि मेस्सीलाई खेलाउनुपर्छ।
उनीहरूका महलका झ्यालहरू खुल्छन् महलको माथिल्लो तलामा
जहाँबाट तलको बस्तीका मान्छेहरू साना देखिन्छन्—
कमिलाजस्तै किरा फट्यांग्राजस्तै,
कोतरीएका काला फुस्रा धुलाम्य सडक
फुस्रा ठेला र धुलोका च्यादर ओडेका बसहरु
माईक्रोबसको बट्टाभित्र सलाईको काटीजस्तै कोचिएका
बिद्यार्थीहरु, मजदुरहरु, बिरामीहरु, कुरुवाहरु
र सदाबहार यायावरहरु
यिनै थिए
हिजोसम्म जिन्दाबाद र मुर्दाबादको राग अलप्नेहरु
यिनै थिए
बारुद बोक्नेहरु, एम्बुस थाप्नेहरु, गोली पचाउनेहरु
र यिनै थिए
उनिहरुले बिछ्याएको शब्दजाल र अल्गोरिदमको
बिष्फोटले भिज्नेहरु,
प्रस्ट छ अझै पनि
यिनीहरुको कन्तबिजोग नै
झ्यालबाट हेर्नेहरुको समृद्दीको आधार हो
यिनीहरुको चल्ला अस्तित्व नै
उनीहरुको बाज अस्तित्वको जग हो।
हेर न प्रिय
आन्दोलन भयो
र फेरियो देशको सत्ता
सकिए
जिन्दाबाद र मुर्दाबादका नाराहरु
पुराना हुदै गए
सिहदरबार जलेका कथाहरु
मगमगाउन थाले
ठ्वास्स घृणा गनाएको हाम्रो सभ्यता,
तर अचम्म
यि सबका बाबजुत
फेरिएनन् तिम्रा यादहरु
रोकिएनन् तिम्रा सम्झनाहरु।
एउटी राम्री केटी
चुरोट तान्दै छे
दुई मुलायम ओठको बाटोबाट
चोर र माझी औंलाको कापमा च्यापेर,
पार्किंग लटको कारभित्रबाट
म हेरिरहन्छु एकटकले
गुजुल्टिएको बाक्लो धुवा
दिन्छ कलात्मक आकार
बत्तिन्छ आकासतिर
पातलिन्छ
र हराउॅंछ
मलाई अचम्म लाग्छ
किनकि उसले चुरोट तानिरहिछे
र नशा चैं मलाई चढीरहेछ।
तिमी
बेकार मन्दिर जाने कर गर्छ्यौ
त्यो पत्थरको मुर्ती
न केही बोल्छ
न केही सुन्छ,
भो म त यसै पल्टिन्छु तिम्रो काखमा
बरु यहीं गर्छु लडिबुडी
हेरिरहन्छु एकटक तिमीलाई
र भनिदिन्छु
यही आशिर्वाद नै काफी छ
यहीं नै भगवान छ।
डर लाग्छ मलाई
तिम्रो मौनतासॅंग
किनकी सुनेको छु
आवाजभन्दा भयानक हुन्छ मौनता
बिष्फोट हुन सक्छ मौनता
एटम बम जस्तै
डुबाउन सक्छ मौनताले
शान्त महासागरले जस्तै
र निम्त्याउन सक्छ
एपोक्यालिप्स
त्यसैले प्रिय
बरु गर मेरो भरपुर निन्दा
तर तोडिदेउ त्यो रहस्यमयी मौनता
बिदा गरिदेउ त्यो भयंकर मौनता।
कहिलेकहिं
मन लाग्��� करार गर्न आफैलाई
मुर्ख वा पागल भनि
किनकी
न कुनै डोरि
न कुनै धागो
हरदम
हरपल
अदृश्य
बांधिईरहेछु तिमीसॅंग
कहिले जोडले हांसीरहेछु
कहिले जोडजोडले रोईरहेछु
तर बिडम्बना
दुनिया भिडाईरहेछ मलाई
एकलकाटेको भयानक बिल्ला
��िर्दयीको खोटो पहिचान।
पानी बाड्ने केटो गृहमन्त्री बन्छ भने भाडा माज्ने बले क्यासिनो किंग बन्न किन सक्दैन? 😃😃😃😃😃😃 पुरै एकै बसाईमा हेरियो। रमाईलो लाग्यो।
https://t.co/isazCH2WEz