नेपालमा केही गलत बुझाइ सत्यजस्तै स्थापित छन् । त्यसमध्ये केही त प्रायोजित पनि छन । प्रायोजितलाई पर सारेर सर्वसाधारणले गहिरो विश्वास गर्ने ५ गलत बुझाइ (मेरो बुझाइमा) तल प्रस्तुत गरेको छ ।
१. सरकारले उद्योगधन्दा, कलकारखाना खोलेर रोजगारी सिर्जना गर्नुपर्छ ।
टिप्पणी: सार्वजनिक वस्तु उत्पादन गर्न वा निजी क्षेत्रले लगानी नै नगर्ने क्षेत्रमा बाहेक अन्य क्षेत्रमा राज्यले कलकारखाना वा उद्योग चलाउनु स्रोतको दुरुपयोग हो । यसले निजी क्षेत्रलाई कमजोर मात्र बनाउँदैन, देशको सम्पत्तिको नोक्सानी पनि हुन्छ । वस्तु र सेवाको उत्पादन गर्ने काम निजी क्षेत्रको हो र सरकारको काम यसको उचित नियमन र सुपरिवेक्षण हो ।
२. विकास गर्न जाने र भ्रष्टाचार रोक्न सके देशकै साधनस्रोत प्रयोग गरेर युरोप-अमेरिका जस्तो बनाउन सकिन्छ ।
टिप्पणी: नेपालसँग युरोप-अमेरिकाको दाँजोमा भौतिक पूर्वाधार स्थापना गर्ने आन्तरिक क्षमता छैन, कहिलै थिएन । सबैकुरा ठिक ठाउँमा रहँदा पनि नेपालले संसारलाई बेच्ने वस्तु र सेवाबाट ठुलो आर्थिक समृद्धि सम्भव हुन निकै समय लाग्नेछ । नेपालले आफ्नो लक्ष र सम्भावनामा गम्भीर हुन आवश्यक छ ।
३. विदेशमा गएका नेपालीको लगानी देशभित्र ल्याउन सके यसबाट आर्थिक समृद्धि हासिल हुनेछ ।
टिप्पणी: क्षमता भएका लगानीकर्ताले नाफाको सम्भावना देखे लगानी गर्छन्, नदेखे गर्दैनन् । विदेशी लगानीका लागि उपयुक्त तथा नाफा कमाउने वातावरण भए नेपालीबाहेक अरूले पनि लगानी गरिहाल्छन् । विदेशमा बस्ने नेपालीले लगानीका नाममा सहुलियत र सम्मान खोजेका हुन्, लगानी गर्ने अवसर होइन । त्यसैले, नेपालका नीतिनिर्माताले एनआरएनका मोलाहिजामा नफसी विदेशी लगानीका लागि नीतिगत सुधारमा ध्यान दिनुपर्छ ।
४. विदेशका धनी देश नेपालको राम्रो चाहँदैनन् ।
टिप्पणी: विदेशी र विशेष गरी अमेरिका-युरोपका धनी देशलाई नेपालसँग ३ कुराको मात्र चासो छ -बजार, सुरक्षा र आप्रवासी । अर्थात्, उनीहरू यो चाहन्छन् कि नेपालमा आफ्नो सामान बेच्न पाइयोस्, यहाँको सुरक्षा अवस्था नबिथोलियोस् र यो देश शरणार्थीको उद्गमस्थल नबनोस् । उनीहरू नेपालको संस्कृति, सामाजिक सद्भाव, इतिहास बिगार्न चाहन्छन् र नेपाललाई अशान्त राख्न चाहन्छन् भन्ने चिन्ता गलत हो । नेपाली समाजलाई अशान्त बनाउने कुरा विदेशको स्वार्थ विपरितको कुरा हो । नेपालको 'महानता'सँग प्रतिश्पर्धा गर्ने रहर उनीहरूमा छैन ।
५. इमानदार नेता भए देश त्यसै धनी हुन्छ ।
टिप्पणी: इमानदारिता राजकाजको महत्त्वपूर्ण जिम्मेवारीमा रहेका हरेक मानिसमा हुनुपर्ने आधारभूत पूर्वशर्त हो । इमानदारिता नभएको नेता वा प्रधानमन्त्रीले देशलाई ठुलो हानी गर्छ । तर, इमानदारिता सत्ता चलाउने योग्यता होइन । इमानदार मात्र भएर एक व्यक्तिले राज्य वा यसका कुनै संस्थालाई सही नेतृत्व दिन्छ भन्ने छैन । नेतृत्व क्षमताअन्तर्गत् सुझबुझ, अरूसँग सहकार्य गर्नचाहने मनोवृत्ति, लचकता, विनम्रता आदि विभिन्न विशेषता पर्छन् । संसारका विभिन्न विपन्न देशहरूको इतिहासलाई हेर्ने हो भने तिनीहरूको विपन्नतालाई जटिल बनाउने काम तिनै नेताले गरेका छन् जसले आफू इमानदार भएको दावी गरेका थिए ।
Journalist Sama Thapa writes, "यति सा'नो उमेरमा जा'गि'र पनि नखानुस्। अझ क'लि'लो उमेरमा यसलाई नेता बनाउँछु, उसलाई हटाउँछु, संविधान चाहियो, नभए च्"यात्छु भन्दै नहिड्नु होस् । पढ्नुस्, समाज बुझ्नुस्, खेल्नुस्, अध्यन गर्नुस्, घुम्नुस्, गित सुन्नुहोस्, सिनेमा हेर्नुहोस्। भोट हाल्ने उमेर छ भने सहि मानिसलाई चयन गर्नुस्। सबैले राजनीति गर्न हिड्न पर्दैन कोहिकोहि अरुले बनाएको देशमा बसेपनि हुन्छ के। " #statement #society
अहिलेको प्रगति देखेर चित्त बुझाउनु भनेको भौतिक प्रगतिलाई प्रगति ठान्नु हो। यस्तो काम उत्तर कोरिया र चीनको जस्तो शासन व्यवस्थामा ठीकै होला। प्रजातान्त्रिक देशमा देश अथवा समाजमा प्रगति भएको छ कि छैन भनी जान्न अरू कुरा पनि हेर्नुपर्छ। https://t.co/7ExdM6UikM
अनि टोलटोलमा कानुनले बर्जित पटाका पनि भ्रष्ट नेताले पड्काइदिएको हो कि क्य हो ? ढोङ्गि समाज ! आफुले गरे सप्पै सहि ! नैतिकता जति सप्पै अरुमा हुनुपर्ने !! आफुमा बाहेक ! केराजस्ता नेफोली !!😠
@Shekharnc सर ! यो पपुलिजमको मिनि दुकान बन्द गर्न मिल्दैन ? नयाँ पार्टीकाले सुपरमार्केटनै चलाइरहेका बेला ?? यो देशमा कारोबार गर्ने भए यो देशको कानुन मान्नुपर्छ । नो इफ नो बट ! मलाइ लाग्ने कानुन फेसबुकलाइ किन छुट ?
इम्बोस्ड नम्बरप्लेटबारे उठेका विरोधका स्वरलाई केवल भाषाको विवाद वा नम्बरप्लेट राख्ने–नराख्ने सानो बहसमा सीमित गर्नु हुँदैन।
यो केवल नम्बरप्लेटको कुरा होइन, यसलाई नागरिकमाथि वर्षौँदेखि थोपारिँदै आएको योजनाबद्ध ठगी, हैरानी र अपमानको अन्त्य गर्ने संघर्ष रुपमा अघि बढाउनु जरुरी छ।
चर्को शुल्क तिरेर पनि लामो लाइनमा उभ्याएर सास्ती दिने, पैसा लिएर पनि वर्षौँसम्म लाइसेन्स नदिने, अनि उल्टै सेवाग्राहीलाई दोषी ठहर्याउने प्रवृत्ति अब अस्वीकार्य छ। कमिसन र व्यक्तिगत लाभका लागि इम्बोस्ड नम्बरजस्ता ‘फण्डा’ ल्याएर गरिने ठगी तत्काल बन्द हुनुपर्छ।
करोडौँ राजस्व उठाउने विभागमा सर्भर बारम्बार डाउन हुनु केवल प्रविधिगत कमजोरी होइन, नागरिकप्रतिको अपमान र योजनाबद्ध बेइमानीको ठोस प्रमाण हो। यो नागरिकलाई निरन्तर सास्ती दिने, दलालीलाई बढावा दिने र जिम्मेवारीबाट पन्छिने नियोजित खेल हो।
अब स्पष्ट भन्नै पर्छ — यदि सहज र सम्मानजनक वातावरणमा सवारी कर तिर्ने व्यवस्था हुँदैन भने, यो तिर्दैनौ । समस्यै सिर्जना गरेर ब्लुबुक रिन्यु नगर्ने, लाइसेन्स नबन्ने, अनि उल्टै हर्जाना तिराउने प्रवृत्ति अब अन्त्य हुनु अनिवार्य छ।
सवारी दर्ता, रिन्यु र लाइसेन्स नवीकरणजस्ता काम अनलाइनमै सहजै गर्न सकिन्छ। तर कार्यालयमै पनि एउटा टेवलमा सकिने काम एक झ्यालदेखि अर्को झ्याल कुदाइरहनु केवल लापरबाही होइन, नागरिकमाथिको उपहास र अपमान हो।
अब सार्वजनिक सेवामा गुणस्तर, सहजता र जवाफदेहीको माग गरौँ। यातायात व्यवस्था विभाग र अन्य सरकारी निकायको अत्याचार र ठगी तत्काल बन्द हुनुपर्छ।
जनतालाई सास्ती दिने र अपमान गर्ने नियतले थोपारिएको इम्बोस्ड नम्बरप्लेटको उर्दीलाई अस्वीकार गरौँ, र ठगी र जवाफदेहीहिनताविरुद्ध बुलन्द आवाज उठाऔँ।
कुण्ठित र फ्रस्टेड भिजिलान्ते गिरोह खडा गरेर त्यसको बलमा सामाजिक असन्तुष्टिको बिक्रेता बन्नु बेग्लै कुरा हो।
निरासाले गाँजेको समाजलाई विचार, कार्यक्रम र आशावादिताले नेतृत्व गर्दै अघि बढाउनु अर्कै कुरा हो।
@ManishJhaOffice पाइने । किन नपाइने ? सबैलाइ कानुन अनुसारको कारवही हुनै पर्ने । आन्दोलन तिनालाइ कारबाहि हुनुपर्छ भन्ने तर्फ केन्द्रीत हुन पर्नेमा मेरो सभापतिलाइ फसाइयो भनेर रोइ कराइ गर्न नपाइने !