Former candidate: House of Representatives, Nepal, 2017 *MBA, Entrepreneurship, King’s College, Nepal *MA Political Science, University of Essex, United Kingdom
मलाई मत दिने सबैप्रति मेरो हार्दिक धन्यवाद। मैले पाएको माया, सद्भाव, आशीर्वादको म बर्णन गर्न सक्दिन। हिजो म यो बाटोमा एक्लै थिएँ, तर आज हामी हजारौँको साथले अझ बलियो भएका छौँ। विचलित नभइ सत्य र इमानको पक्षमा हामी अझै अघि बढ्नु छ। हामी मिलेर देशको मुहार फेर्ने लक्ष पुरा गरिछाडौँ
माइतीघरको बाटो हुँदै ललितपुर आइयो। सोसल डिस्टेन्स मेन्टेन गरेर ४ सय जति मान्छे उभिएका रहेछन्। प्रहरी बरबरमहल, थापाथलीसम्म परिचालित रहेछन्। सरकारले नजान भनेको र प्रशासनले कारवाही गर्ने भन्दा पनि मानिस आउनु चानचुने हैन है।
आन्दोलनरत युवाले एकाएक राष्ट्रीय गान गाउन सुरु गरे।
आन्दोलनलाई नियन्त्रणमा खटिएका एसपी समेत ठक्क रोकिए- सेल्युट गरे, अनि बाँकी प्रहरी सहित लयमा लय मिलाए।
गूँजियो: सयौं थुंगा फुलमा हामी एउटै माला नेपाली ...
आन्दोलनमा यस्ता दृष्य दुर्लभ मात्र देख्न पाइन्छ।
तस्विर: थाह खबर
++ विवेकशिल नेपालीको अध्यक्ष पद सजिलै युवालाई हस्तान्तरण गरिदिए ।
खै के ले प्रोत्साहन गर्छ यो गन्जागोल र दोषी चस्मा लगाएका चटकेहरुको समाजलाई कुनै हतार बिना मन्द तरिकाले परिवर्तन गर्न सक्छु भन्ने सोच ल्याउन पनि ? अचम्म लाग्छ यि मान्छे अर्थात @ujwalthapa देख्दा ।
#युवा_आन्दोलन समयको पदचाप हो। अहिलेसम्म शासनमा जे गरे पनि भएको प्रश्न गर्नेको कमि भएर हो । अब सडकमा आएका यिनै युवा हाम्रा आशा हुन्। यिनले उठाएका प्रश्नको जवाफ समयले अवश्य दिनेछ।
विमत हुनु, आलोचना गर्नु, आन्दोलित हुनु र प्रश्न गर्नु गद्दार हुनु होइन। चेतनशील र विवेकशील हुनु पनि हो। माइतीघरको शान्तिपूर्ण प्रदर्शनमा लिपुलेक समेटेकोमा सरकारले धन्यवाद पनि खाएछ। भन्नु केही छ?
विवेकशील नेपालीले जारी युवाहरुको सरकारविरोधी प्रदर्शनमा आफ्नो समर्थन रहेको जनाएको छ । पार्टीकी उपाध्यक्ष अजीता राईले कोरोना नियन्त्रण तथा रोकथाममा सरकारको गैर-जिम्मेवारपूर्ण रवैया, असक्षमता र भ्रष्टाचारविरुद्ध नागरिकको आक्रोश सडकमा देखिएको बताएकी छन्
https://t.co/QsUduOCENs
८० दिनसम्म लकडाउनमा सरकारको पारा देखेर, सहन नसकेर सडकमा युवा उत्रेका छन्।
जागौँ युवा अत्ति भो!
यी कुन चाहिँ माग गलत छन् ?
विज्ञले भने बमोजिम PCR टेस्ट गराउ। RDT बन्द गराउ। क्वारेन्टाइनलाई व्यवस्थित गर। स्वास्थ्यकर्मीलाई PPE उपलब्ध गराउ। १० अर्बको हिसाब-किताब देखाउ।
र करीव ३ हजार युवाहरुले सभ्य र भव्य प्रदर्शन गरे सल्लाघारी, भक्तपुरमा । प्रदर्शनको अन्तमा प्रदर्शन स्थलमा न कुनै कागजका टुक्रा थिए न फोहोर। धन्यवाद आजका विवेकी युवा। जय युवा।
#EnoughIsEnough#youthmovement#Bhaktapur
Hight of creativity 😂
Young Nepalis are using sarcasm in ongoing protest against the government’s incompentence and mishandling of the Covid crisis.
Photos: Ujwal Thapa’s facebook page
युवाहरुको माग सिधा छ- " सरकार! की त जाग, नत्र भाग "
आज पोखरा, बालुवाटार, विराटनगर, बारा, चितवन लगायत् देशका विभिन्न चोकहरुमा सरकारको निकम्मापनको विरुद्ध प्रदर्शन भएको छ।
आजै अन्य स्थानमा अनि भोली र पर्सी पनि विशाल प्रदर्शन हुँदै छ।
जाग युवा अत्ति भो! अत्याचार भो!
नेविसंघलाई हेर्दा यो युवा विद्यार्थीको संगठन होइन अंकलहरुको संगठन जस्तो लाग्छ ! युवाजोश नाघेको नेविसंघको भागबन्डाको नेतृत्वलाई बालुवाटारको युवाहरूको आन्दोलनले गिज्याइरहेको छ।
@MilanPandey दाइ तपाईंबाट धेरै कुरा सिक्दै आएको छु र सिक्दै जानेछु र अव्सय पनि हाम्रो बाटो एउटै छ र त्यो बाटोमा हिड्ने पनि छौ ।तपाईंको जोस,जागर र उजाले म एकदम प्रभावित भएको छु । आशा छ तपाईं हाम्रै पुस्तामा यो देशलाई हामी जरुर बदलन सक्छौं ।
भारतले सिमानामा गरेको अतिक्रमण विरुद्ध शान्तिपूर्ण तथा भौतिक दुरि कायम राख्दै प्रदर्शन गरिरहेका अभियान्ताहरु Ranju Darshana, Pramesh Shrestha र Sadhana Thulung Rai भर्खरै माइतीघरबाट गिरफ्तार भएका छन्।
उहाँहरुलाई तत्काल रिहा गर्न माग गर्दछौं।
#BackoffIndia
“राजा बोला रात हे,
रानी बोलि रात हे,
मन्त्रि बोला रात हे,
सन्त्रि बोला रात हे,
ये सुवह सुवह कि बात हे”
-चर्चित भारतिय कवि गोरख पाण्डे
https://t.co/AUTrydQcuB
हामी यसरी 'कोरोना रोकथाम तथा संयोन्वय समिति' बनाएर काम गर्दैछौं।
कोरोना जस्ता महामारीसंग लड्न विवेकशीलले प्रस्ताव गरेको '2C-3R' रणनीति।
सरकारले पनि अनुसरण गर्दा राम्रै हुन्छ। हामीले चरणबद्ध रुपमा यस्ता महामारीसँग लड्न जरुरी छ।
हरेक आउन सक्ने समस्याको पुर्वतयारी गर्न जरुरी छ।
आज विवेकशील संवादमा ७० लाख विद्यार्थीसङ जोडिएको विषयमा छलफल गर्दैछौँ।
अबको शिक्षा कस्तो ? कोरानाले शिक्षामा कस्तो असर पारेको छ ? अनि, अब शिक्षा अनि प्रविधिको फ्युजन कसरी गर्नुपर्ला ?
परिक्षा-फोबिया अनि कोरोना-फोबिया विच रहेका विद्यार्थी, अभिभावक अनि शिक्षकहरुका कुरा।
स्वास्थ्य सामग्री खरिदमा भएको भ्रष्ट्राचार सम्बन्धमा पछिल्ला ४८ घण्टामा सतहमा आएका थप तथ्यहरू पूरक दस्ताबेजका रूपमा आज अख्तियारमा बुझाएको छु l
लुटतन्त्र विरुद्धको जारी लडाइँमा साथ दिने सबैमा हार्दिक नमन गर्दछु l 🙏 #covid2019nepal#covid2019#Corruption
हामी नेपाली राजनीतिको कोर्स बदल्न चाहन्छौँ। अहिले जसरी राजनीति हुँदै छ। त्यसले 'डेलिभर' गर्न सक्दैन।
हामीलाई परिणाममुखी राजनीतिको खाँचो छ। हामी इमानदार प्रयास गर्दै छौं। धन्यवाद यो सुभेच्छाको लागी।