बेलाबेलामा एयरपोर्ट नै बन्द गरेर गरिने कथित उद्धार अभ्यासको नाटक अब बन्द गर स्वाँठहरू । त्रिभुवन विमानस्थलभित्रैको दुर्घटनामा उद्धारमा समय लागेको देखियो ।
जहाज दुर्घटनाका मृतकहरुप्रति नेपाल सरकारले राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ, तर त्रिशुलीमा ५ दर्जन भन्दा बढी मानिस बेपत्ता हुँदा किन राष्ट्रिय झण्डा झुकेन!
मृत्युमा किन यति भेदभाव, मृत्युमा किन यस्तो फरक-फरक व्यवहार?
केपी शर्मा ओली दुई तिहाइ सांसदहरूको समर्थन सहित प्रधानमन्त्रीमा निर्वाचित हुनुभयो। अब तुरुन्तै सहकारी ठगी फाइल, एनसेल करछली फाइल, सुन तस्करी फाइल, दोहोरो नागरिकता र राहदानी फाइल, खोल्नुस्। बिकृति र बेथिति विरुद्ध जिरो टोलोरेन्स बन्नुस्।
नयाँ सरकार बनेको दिन पेट्रोलियम पदार्थको मूल्य बढ्यो, फेरि बिजुलीको भाउ बढाउने तयारी हुँदैछ। यसैगरी कृतिम महंगी बढाइरहने हो भने तेस्रो जनआन्दोलन हुन्छ, त्यसपछि संविधान संसोधन होइन व्यवस्था परिवर्तन हुन्छ।
माेरङकाे बेलबारी ७ का जामुनलाल झागड नाम बताउने एकजना बृद लाई निजका छाेरा बुहारी ले बाईकमा हाली बेलबारी चिसाङ साझेदारी बनकाे ईलाका बिच जंगलमा ४ दिन देखि फ्यालेकाे अबस्थामा चिसाङ साझेदारीकाे गस्ति टाेेलिले भेटेर उद्दार गरेको छ ।
आज देशले नयाँ प्रधानमन्त्री पाउने दिन फेरि त्यहि चुला चुलामा ग्याँस धारामा पानी यस्तै यस्तै सुनेर बस्ने दिन आयो ,अब यहि बुढा नेताको हात चाटेर बस्यौ जन्ता र झोले सबै खाल्डोमा गाडिन्छन यस्तै छ नेपालको राजनीति
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बारम्बार झुट बोल्दा पनि नेपाल सरकार र नेपालका नेता किन मौन छन्, अष्ट्रिया पुगेर भारतले विश्वलाई बुद्ध दियो भनेर भ्रम फैलाउँदै छन्। नेपाल सरकारको पहिलो नीति देश होकी विदेश हो? देशविरुद्ध अफवाह फैलिँदा चुप लाग्न मिल्छ? नालायकीपन।