छुटिनु भन्दा भोली आज नभेटौं भो हामी
जीवन यसै आनन्द आज नभेटौं भो हामी
थाहै नपाइ दिल दिमागले यसरी पो लाग्छ
विष पिरतिको मन्द आज नभेटौं भो हामी
अंगालोमा तिमी मेरो उनी हुँदा सम्झनामा
आउला उनकै गन्ध आज नभेटौं भो हामी
एकैराते बटुवालाई भन्छ बास दिन्न मनले
दिलको ढोका बन्द आज नभेटौं भो हामी
-बिजु
०८२/०८/१९
#स्कुलडायरी
सधैं अरुले के भन्लान् भनेर मनलाई थुन्यौ भने,
कलमलाई रोक्यौं भने
आवाजलाई दबायौं भने
बिचारलाई कुल्चियौं भने
सोच्नुस्, तपाईंभित्रको मानिसमा खिया लागिसक्यो || झोलेहरु अब बुझेउ
यदि तपाईंलाई केही थाहा छ भन्ने अनुभूति हुन्छ भने, त्यसलाई प्रमाणित गर्नतिर होइन, आत्ममूल्यांकनतर्फ ध्यान दिनुहोस् — किनभने साँचो बौद्धिकता अझ धेरै सिक्न बाँकी छ भन्ने बोधबाट सुरु हुन्छ 🙏
उनीसँग मेरो तिब्र बैचारिक विमति छ।
तर २०४६ सालपछिको नेपालमा
सबैभन्दा सफल नेता प्रचण्ड हुन्। किन?
किनभने, अपवाद बाहेक सम्पूर्ण पार्टी, नागरिक समाज, समाज र देशलाई जबर्जस्ती घिसारेर आफ्नो 'पुच्छर' बनाइदिए। सबलाई 'प्रचण्डीकरण' गरिदिए।
कुकुरको पुच्छर १२ वर्ष ढुङ्ग्रोमा राखे पनि बाङ्गा-बाङ्गै! थोरै अपवादलाई छोडेर, कोही-कोही सुध्रिनेवाला छैन।
मैले २० वर्ष पत्रकारिता र परोपकारका संलग्न हुँदा, यो देशको समाज र राजनीतिलाई जति चिनेँ, त्यो भन्दा दर्जनौँ गुणा बढी राजनीति शुरू गरेपछिका वर्षहरूमा चिनेँ।
विश्वास गर्नोस्, यो देश र भावी पुस्ताको माया (माथि भनिए झैँ थोरै अपवादलाई छोडेर) कुनै राजनीतिकर्मीलाई छैन।
भावी पुस्ता सम्झेर मन काटिन्छ तर गरिहाल्न सक्ने केही छैन!