अहिले त विश्वकप हेर्न भनेर थप १००० रुपैयाँ उठाएका छन् । अर्को विश्वकपसम्म पुग्दा त कमेन्ट्री सुन्न छुट्टै प्याकेज, रिप्ले हेर्न प्रिमियम प्याकेज, अनि गोल भएको हेर्न ‘Pay Per Goal’ सेवा ल्याउने होलान् नेपालका आन्टरप्रेनरहरुले ।
सर्लाहीका मित्र रामबाबु यादव भन्छन्, “अझै एक हप्ता काठमाडौं आँप पुग्दैन”। सिराहाका मित्र शिवजी साहले त झन् १० दिन लाग्ने बताए।
तर काठमाडौंका ठूला मार्टहरूमा भने “सर्लाही–सिराहाको आँप” भन्दै धमाधम बिक्री भइरहेको छ।
यी आँपहरू ट्रकमा आए कि टाइम मेसिनमा?
साना विद्युत् आयोजनाको इजाजत रोकेर ५०–१०० मेगावाटभन्दा ठूला आयोजनातर्फ केन्द्रित हुनेबारे गम्भीर छलफल गर्ने बेला भएन?
गाउँका अधिकांश साना खोला बाँधका कारण सुक्दै गएका छन्। हेर्दा नै दुःख लाग्ने अवस्था छ, र यसको असर स्थानीय पर्यावरण तथा जैविक विविधतामा पनि जताततै देखिन थालेको छ।
यो करको व्यवस्था त्यतिखेर मात्र जायज देखिन्थ्यो, जब सरकारी अस्पतालमा उपचार सहज, सरल र गुणस्तरीय हुन्थ्यो।
नागरिकलाई करको बोझले निजी विकल्पबाट टाढा धकेल्ने होइन, सार्वजनिक विकल्पतर्फ स्वेच्छाले आकर्षित हुने वातावरण बनाउनु महत्त्वपूर्ण हुन्छ ।
हामी श्रीमान्–श्रीमतीले दसौँ वर्ष काम गरेर कमाएको तलब खाताको स्टेटमेन्ट, कर तिरेको प्रमाण, र बैंकले दिएको ऋण देखाउँदा पनि मालपोतमा “पैसाको स्रोत पुगेन/मिलेन” भनेर हैरान बनाएका थिए । यिनले चाहिँ के स्रोत देखाए होलान्?
OMG: काठमाडौमा भएको एउटा सुन चोरीको Detailed Investigation गर्दै जाँदा एकजना चोरले पहिलेदेखि चोरी गरेर मात्र करोडौँको घर र गाडी समेत जोडेको खुलेको छ। 😲 #News
News Source: Kathmandu Police's Information Officer