तिमी आगो हुदा म पानी भैदिउला
सधै साथ हुने जिन्दगानी भैदिउला
सुख दुख सारा, बाडिचुडि सहौला
मेरो राजा तिमी, म रानी भैदिउला
अब हाम्रो प्रेमको ईतिहास लेखेर
अमर~प्रेमको, कहानी भैदिउला
सहि गलत तिमिले छुट्टाउन नसके
तिम्रो आँखाको म नानी भैदिउला
#शुभविहानि 🙏☕️❣️
#शुभदिनकाे_कामना
भनिन्छ जब अाकाश दुखि हुन्छ पानी बनेर धर्तिमा बर्सिन्छ रे
भनिन्छ जब अाकाश खुसि हुन्छ हर्षकाेअाशु पानी बनेर धर्तिमा बर्सिन्छ रे
हेइ केहि सिक अब पानीसग ढुङ्गाजस्तो हाेइन अरुकाे बाटाे राेकिदिने
बन्नु छ भने पानी जस्तो बन अरुले भनुन अाफ्नाेबाटाे अाफैखाेजि बर्सिन्छ रे
#शुभसन्ध्या
सारा बन्धन ताेड्न तिम्रो इजाजत मा मञ्जुर
फेरि एउटा प्रेमकथा विरासतमा मञ्जुर
भैगाे अब समाउ मलाई कति हिड्नु फरार बनी
मुसाफिर याे ज्यान तिम्रो हिरासतमा मञ्जुर
#शुभबिहानी 🙏☕️
#शुभदिनकाे_कामना
उसका मिठा यादहरुको सिरानी बनाएँ !
तिता शब्दहरु सबै पोलेर खरानी बनाएँ !
सधैं रहोस् राम्रो सम्बन्ध भन्ने चाहानाले,
सबै उसकै अनुरुप आफ्नो बानी बनाएँ !
आफू संग भएको अरुलाई दिन सिकाई,
थुप्रै खुसीहरु बाँड्न लगाएर दानी बनाएँ
#शुभसन्ध्या 🙏😍
सबले घृणा गरेपछि याे मन त्यसै जल्दाे रैछ
अाफन्तले घात गर्दा मनमा अाधि चल्दाे रैछ
कस्तो बन्याे परिस्थिति बिग्रिएकाे चाल भयाे
सम्झनाकाे तड्पाइले सपना सब ढल्दाे रैछ
साेचेकिथे अभागिले काेहिकाे साथ पाउला भनि
यदि साथ पाकाे भए पीयूष दाना फल्दाे रैछ
#शुभविहानि🙏☕️
#StayHomeStaySafe
कति माया गर्छाैं भनी कसाेगरि जान्ने
तिम्रो माया मेरै भनी कसाेगरि ठान्ने
चाेखाे माया गर्छु भन्ने काडा राेप्न थाले
छाया हाे कि चाेखाे माया कसाेगरि छान्ने
मेराे अात्म तिम्रै मायाकाे भागि बन्न थाल्याे
तिमलाई खाेज्दै हिड्ने मन कसाेगरि धान्ने
#शुभसन्ध्या 🙏😍
बाडिएकाे प्रेम मञ्जुर छैन बुझ है तिमी अाफै मलाई
सबैलाई प्रिय सम्झन्छाै कसरी बुझाै हँ? म तिमिलाई
अरे कसरी स्विकाराै म तिमि मेराे प्रिय हाे भनेर
माफ गरिदेउ तिम्राे दिलकाे भिडभाड मञ्जुर छैन मलाई
#शुभसन्ध्या 🙏😍
बिसाउन मन छ भारि, रटान जिन्दगीको
मेटाउन मन छ मलाई , थकान जिन्दगीको ।
असल भइ सफल जीवन ज्युने अाशा अधुरै छ,
खै के? सुनाउँ अरूलाई यो, बखान जिन्दगीको।।#शुभप्रभात, #शुभविहानि 🙏🙏🥛☕️
पानिका केही थाेपा, हल्का पातमा थियो
मीठो सुभाष त, जुनेली रातमा थियो !
सुनसान रातलाई, मदहोश पार्न सक्ने,
अनौठो नशा, उत्ताउलो मातमा थियो !
मिठो लाग्थ्यो, उसका तिता कुरा पनि,
गज्जबको जादु, चन्चले हातमा थियो !
जस्तै कठोर हृदय पनि, पगाल्न सक्ने,
खै कुन चै आगो, उसको बातमा थियो🙈😜
दुई अात्माकाे मिलन हाे प्रेम जात हुदैन
समर्पित भइ दुई मुटु एक हुदा घात हुदैन!
मिलनदेखि इश्या गरि जाे कसैले कुरा काट्दा मायाकाे मुटु ताेडि धात गर्ने अाट हुदैन!!
फरकफरक हुन्छ प्रेमकाे अर्थ र परिभाषा
अन्तरहृदयकाे प्रेममा कहि कतै मात हुदैन!!
#शुभसन्ध्या 🙏😍
खाली पाना नै त छु हजुर,सजाउन जान्नुपर्छ
मर्न अनि मार्न होइन माया, बचाउन जान्नुपर्छ
यही त फरक छ, चिन्तामा जल्नु र चितामा जल्नुमा ।
चिन्तामा जल्दा आँफूलाई पीडा हुन्छ ।
चितामा जल्दा आफ्नालाई पीडा हुन्छ ।😭😭😭😭😭😪😪😪😪🤔 अब अाफ्नाे विचार गर ✌️✌️✌️✌️