आफ्नो थरबाट गोत्र र प्रवर खोज्नुहोस्
*******
यो हाम्रो परीक्षण संस्करण हो । यसलाई सुधार गर्न सार्वजनिक गरेका हौँ । सुधारका लागि प्रतिक्रिया दिनुहोस् ।
https://t.co/sWSxb0Nk8O
बालबालिकाहरूको समुज्ज्वल भविष्यका लागि संस्कार शिक्षा ।
संस्कार शिक्षा ३ भागमा प्रकाशित भएका छन् । तीनभाग लिँदा छन्दःशिक्षा निःशुल्क प्राप्त गर्न सकिने छ । पशुपति, गौरीघाटबाट पुस्तकहरू लिन सक्नुहुनेछ । नेपालभर पठाउने व्यवस्था छ । आफ्ना बालबालिकाहरूलाई संस्कार शिक्षा पढाउनु होस् ।
होलि भिजन पब्लिक स्कुल चितवनमा संस्कार शिक्षा विषयक उद्बोधन कार्यक्रम सम्पन्न भयो । निमन्त्रणाका लागि श्री नारायण सापकोटा प्रति हार्दिक आभारका साथ कार्यक्रम संयोजनका लागि श्रीराम पौडेलमा हृदयतः धन्यवाद ।
अरोमा स्कुल चितवनमा संस्कार शिक्षा विषयक उद्बोधन कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा निमन्त्रणाका लागि प्राचार्य, व्यवस्थापन समिति एवं विद्यालय परिवारलाई हृदयतः धन्यवाद । कार्यक्रम संयोजनका लागि श्रीराम पौडेल प्रति हृदयतः आभार ।
जन्मदिनको शुभकामनासहित रामायण उपहार
--------
जन्मदिनमा विदेशी संस्कृतिको अन्धानुकरण होइन आफ्नै इतिहासको अनुस्मरण गरौँ । रामायण हाम्रो राष्ट्रिय ग्रन्थ हो । गौरवय इतिहासको साक्ष्य हो । इतिहासको अध्ययन विना वर्तमान बन्दैन । वर्तमान भविष्यको आधार हो । आफ्ना बाबुनानीलाई गौरवमय इतिहास पढाऔँ ।
संस्कार शिक्षा
संस्कार शिक्षा माटाको शिक्षा हो, नेपालीहरूको आफ्नो शिक्षा हो । सनातन परम्पराको शिक्षा हो । यो शिक्षा प्राप्त गर्ने बालबालिकाको नैसर्गिक अधिकार हो । आधुनिक शिक्षाको नाममा बालबालिका लागि संस्कार शिक्षाबाट वञ्चित नगरौँ ।
रू ५०,०००/- (पचास हजार) राशिसहितको रूपकुमारी अध्यात्म सेवा पुरस्कार हामीलाई प्राप्त भएको छ । पुरस्कारका लागि रूपकुमारी अध्यात्म सेवा अनुष्ठानलाई हृदयतः धन्यवाद । कार्यक्रम संयोजनका लागि डा. चिन्तामणि योगी एवं अनुष्ठानका अध्यक्ष रमा शर्माज्यू प्रति हार्दिक आभार ।
संस्कार शिक्षा आफ्ना विद्यार्थीहरूलाई कसरी प्रदान गर्ने ? भन्ने विषयको १ दिने शिक्षक प्रशिक्षण कार्यक्रम अक्षरा स्कुलमा सम्पन्न भयो ।
हार्दिकता पूर्ण निमन्त्रणाका लागि अञ्जु भट्टराईप्रति हृदयतः धन्यवाद ।
नारायणहिटी दरबार स्थित चतुर्व्यूह नारायण मन्दिरमा सप्ताह ज्ञानयज्ञ प्रारम्भ भयो । पूज्य डा. स्वामी राजेश्वरानन्द सरस्वतीजी महाराजको सत्सङ्कल्पमा आयोजित महायज्ञ ७ दिनसम्म सञ्चालन हुनेछ । हार्दिकतापूर्ण निमन्त्रणाका लागि स्वामीजी प्रति हृदयतः धन्यवाद ।
संस्कार शिक्षा भाग ३
------
संस्कृत शिक्षा, नैतिक शिक्षा, सामाजिक मूल्य एवं सनातन संस्कृतिको आधारका रूपमा संस्कार शिक्षा प्रकाशित गरिएको हो । संस्कार शिक्षाको तेस्रो भाग चाँडो आउँदै छ ***
अक्षय तृतीया—२०८३ वैशाख ७
शिक्षक तालिम (प्रशिक्षकहरूका लागि मात्र)
******
बालबालिकाहरूलाई संस्कार शिक्षा (भाग १) प्रशिक्षण गर्न चाहने शिक्षकहरूले यहाँ जोडिएर अनलाइन तालिम प्राप्त गर्न सक्नुहुने छ ।
आफ्नो नाम आजै दर्ता गर्नुहोस्
--------
https://t.co/NHbYu19rag
नववर्ष २०८३को पावन अवसरमा वैदिक अनुसन्धान गुठीद्वारा सञ्चालित वाग् गुरुकुलम्ले १५ दिने स्वामीजीसँग संस्कार शिक्षा कार्यक्रम सञ्चालन गरेकाले आफ्ना बालबालिकाहरूलाई सहभागी गराई सनातन संस्कार प्रदान गर्न सक्नुहुनेछ ।
उपस्थितहरूका लागि विशेष
प्रातःकालीन नित्य कर्म पूरा गरेको हुनुपर्ने
सनातनी/नेपाली पोशाक धारण गरेको हुनुपर्ने
टीका, चन्दन आदि धारण गरेको हुनुपर्ने
माता, पिता वा अभिभावक साथमा हुनुपर्ने
कापी कलम र अध्ययन गर्ने पुस्तक व्यवस्था स्वयं गर्नुपर्ने छ
--------------------
मितिः २०८२ चैत्र २३ गते सोमवारदेखि
समय : प्रातः ७:००— ८:०० बजे सम्म
प्रातः ८:००— ९:०० बजे सम्म
साँझ ५:००— ६:०० बजे सम्म
स्थान : गौरीघाट, काठमाडौँ
https://t.co/cIR2TAh5aJ