Bridging Japan & Nepal for 20+ years |Master’s in International Relations, Yokohama National University| Supporting diaspora, investment & tourism|TV Comentetor
Bhotekoshi Flash Flood
SITUATION UPDATE – 1
For emergencies, search and rescue assistance or other urgent support, the public may contact the toll-free emergency number 1234, Hotline-1144 and Tourist Police- 9851289445
Fill out the form via the Emergency
https://t.co/G6FOQF1xbe
जापानको कयोदो न्युजमा नेपाल पर्यटन प्रवर्द्धनको सिरिज, देशैभरका पत्रिकाहरुले छाप्न शुरु।
जापानबाट नेपाल फर्किएपछि म हिमाल, पहाड र तराईका विभिन्न क्षेत्रहरूमा पुगेर त्यहाँको प्राकृतिक सौन्दर्य, संस्कृति, जनजीवन, चुनौती र सम्भावनाहरूलाई आफ्नै आँखाले हेर्दै, आफ्नै खुट्टाले हिँड्दै अनुभव गरिरहेको छु।
यही अनुभवका आधारमा नेपालको पर्यटन परिचयात्मक मेरो ४ वटा लेखहरु हाल Kyodo Newsमार्फत जापानको प्रमुख दैनिक पत्रिकाहरुमा प्रकाशित हुन थालिसकेको छ। नेपाललाई जापानी पर्यटकमाझ चिनाउने यो प्रयासले नेपाल–जापान सम्बन्धलाई कूटनीतिक तथा सांस्कृतिक रुपमा अझ नजिक ल्याउन मद्दत गर्ने आशा लिएको छु।
पर्यटन भनेको केवल घुमफिर होइन। यसले देश र देश, मानिस र मानिस, संस्कृति र संस्कृतिबीचको सम्बन्धलाई बलियो बनाउँछ। साथै लगानी, व्यापार, शिक्षा र जनस्तरको आदानप्रदानका नयाँ ढोकाहरू खोल्न सक्छ।
सन् २०२७ को नेपाल पर्यटन वर्षलाई सफल बनाउन सरकारी प्रयाससँगै हामी सबैले आ–आफ्नो क्षेत्रबाट योगदान दिन आवश्यक छ। मेरो तर्फबाट जापानी समाजमा नेपालको वास्तविक सौन्दर्य, विविधता र सम्भावनालाई निरन्तर चिनाउने प्रयास जारी रहनेछ।
एभरेष्ट क्षेत्रदेखि लाङटाङ, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमसम्मका कथा, प्रकृति, संस्कृति र सम्भावनाहरू अब क्रमशः जापानका दैनिक पत्रिकाहरुमा पुग्नेछन्।
नेपाल र जापानबीचको ७० वर्ष पुरानो मित्रतालाई आगामी दशकहरूमा अझ बलियो, अझ व्यावहारिक र अझ जनमुखी बनाउने हाम्रो साझा जिम्मेवारी हो।
#NepalTourism2027 #VisitNepal #NepalJapan #TourismDiplomacy #नेपालपर्यटन #JapanToNepal #जिज्ञानकुमारथापा
पुनश्चः कपिराइटका कारण केहि भागहरु ब्लर गरिएका छन्
追伸:著作権保護のため、掲載紙面の一部にはぼかし加工を施しています。
H.E. Mr MAEDA Toru, Ambassador of Japan to Nepal, paid a courtesy call on Minister for Foreign Affairs Hon. Mr Shisir Khanal at the Ministry today.
Various matters relating to Nepal-Japan relations and cooperation, including celebrating the 70th anniversary of diplomatic relations between the two countries this year were discussed on the occasion.
सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः।
सर्वे भद्राणि पश्यन्तु, मा कश्चिद् दुःखभाग् भवेत्॥
हामी सबैको जीवनमा सुख, आरोग्य र कल्याण छाओस्।
सदैव शुभ होस्, निर्विघ्नता रहोस् र दुःखको हरण होस्।
नयाँ वर्ष २०८३ को शुभारम्भको यस पावन अवसरमा सम्पूर्णमा सुख, शान्ति र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।