युगौं-युगान्तरसम्म सिम्रीक रङ्गले नेपाली पहिचानको बयान गरोस् ,अमर ख्यातिप्राप्त गर्न सकोस्।मन अनि वन दुबै तर्फ डाँफे उडोस्,नेपाली टोपि र सगरमाथा उच्च रहुन,देशले राजनीतिक,सामाजिक,आर्थिक स्थिरता प्राप्त गर्न सकोस् ।हिमाल,पहाड,तराई सबैतिर राष्ट्रिय एकताका लहर एकैस्वर भइ फैलिउन्🤞
एउटा सचेत र विवेकशील नागरिकको पहिचान भनेको कुनै वाद,व्यक्ति वा दलको अन्धभक्त नबन्नु हो|चेतनशील नागरिकले सर्वथा आँखा चिम्लेर पत्याउनुको सट्टा किन कसरी भनेर प्रश्न गर्नु पर्छ|यसमानेमा तारीफ वा समर्थन गर्नु राम्रो कुरो हो तर व्यक्तिपूजा भन्दा माथि उठेर सही र गलत छुट्याएर गर्नु पर्छ|
संवादको वास्तविक कला सही समयमा सही कुरा बोल्नुमा मात्र होइन, प्रतिकूल परिस्थितिमा पनि गलत कुरा नबोल्नुमा निहित हुन्छ। मौनको शक्तिलाई आत्मसात् गरौं र सहनशीलता तथा धैर्यलाई जीवनको आभूषण बनाऔं, किनकि यिनैले व्यक्तित्वलाई परिपक्व र सम्मानित बनाउँछन्। 🍀🤞
बिहानको शीतल हावा
जब चुपचाप
झ्यालको कुनाबाट भित्र पस्छ,
मनभित्र कतै
उराठलाग्दो बगैँचा पनि
अकस्मात् मुस्कुराउन थाल्छ ।
न्यानो घाम
आँगनभरि सुनौला किरण छर्छ,
र ओसका थोपाहरू
त्यसको स्पर्शले
मोती बनेर टल्किन थाल्छन् ।
उता
चराको मधुर कलरवले
प्रकृतिलाई ब्युँझाइरहेको बेला,
म भने यता
तिम्रो सम्झनाको तरङ्गमा
तरङ्गित बनेकी हुन्छु।
साहेब,
यो बिहान
कति कोमल...
जस्तै
तिम्रो मस्त-मगन स्पर्श,
जस्तै
तिम्रो प्रेमको मिठो आलिङ्गन ।🤞
सुन्दर लागेर
उक्लिएथ्यौ हिमालको भिरालो।
ठिहिर्याएन?
सुन्दर लागेर
उत्रिएथ्यौ खोलाको बहावमा।
डुबाएन?
सुन्दर त आगो पनि छ।
घाम छ-तारा छ..
प्राप्तिको चाहना
कति निर्मम छ है!
सुन्दर लागेर चुँडेथ्यौ
फक्रिएको फूल।
हातमा पर्नासाथ ओइलायो
मुर्झायो।
फूल हो-फक्रिँदैछ
बोटमै सुन्दर छैन र?
☺️
भारतको दिल्लीमा बसेर राजसंस्था खतम गर्ने देखि लिएर शाही नेपाली सेना लाई विघटन गर्ने माष्टर प्लान बनाउने यो आतंककारी तिमी बुद्धिजीवीहरुको राष्ट्रवादी नेता होला होइन?? साला १७००० मान्छे मार्ने यो आतंककारी यसैलाई राजनीतिक परिवर्तनको लागि आवश्यक थियो भन्ने तोरि बिष्लेषकहरु पनि छ्न।
एउटा आस,
एउटा अनुभूति,
मेरो सोच अनि सिर्फ तिमी …
एउटा सवाल,
एउटा मजाल,
तिम्रो ख्याल अनि सिर्फ तिमी ।
एउटा प्रतीक्षा,
एउटा मिठो विश्वास,
निस्स्वार्थ माया अनि सिर्फ तिमी ।
एउटा जून,
एउटा शान्त रात,
मिठो आभास अनि सिर्फ तिमी ।
एउटा धड्कन,
एउटै लय,
निशब्द भावना अनि सिर्फ तिमी ।
एउटा चाहना,
एउटा अधुरो सपना,
मनको महल अनि सिर्फ तिमी ।
एउटा यात्रा,
एउटा अन्तिम गन्तव्य,
मेरो जीवन अनि सिर्फ तिमी ।🤞♥️