यो अमूल्य पुरस्कार र सम्मानका लागि नेपाल पत्रकार महासंघ नवलपुर शाखा र पुरस्कार संरक्षक Sagar Pokhrel प्रति कृतज्ञ छु। यो सम्मानले जिल्लामा रहेर थप क्रियाशिल, जिम्मेवार र निष्पक्ष भएर पत्रकारिताको माध्यमबाट कलम चलाउन अझै उर्जा भर्ने महसुस गरेको छु ❤️🙏
दोस्रो रोजाईको टीम नेपाल ए ले दुईपटक हराएको टीमसँग राष्ट्रिय टिम सुरुमै हार्छ । त्यसैले राष्ट्रिय टीमलाई टीम एले विस्थापित गरे कसो होला ? किनकी हामीलाई नेपाल विश्व कपमा पुगेको हेर्न मन छ ।
टी–२० विश्वकप अगाडिको अन्तिम अभ्यास खेल पनि नेपालले जितेको छ । नेपालले क्यानडामाथि ६ विकेटको सानदार जित निकालेको हो । १६२ रनको लक्ष्य नेपालले १८ ओभरमा ४ विकेटको क्षतिमा जित्यो । नेपालको जितमा आसिफ शेखले अर्धशतकीय इनिङ्स खेले । २९ बल खेलेका उनी ५८ रनमा रिटायर्ड आउट भए ।
T20 विश्व कपको प्राक्टिस म्याचमा नेपालले युएईलाई ७ विकेटले पराजित गरेको छ । चेन्नेईमा भएको खेलमा आरिफ र दीपेन्द्र दुबैले सानदार अर्धसतक बनाए । १४५ रनको लक्ष्य पच्छाएको नेपालले मात्र ३ विकेट गुमाएर लक्ष्य भेटायो । यो जितपछि क्रिकेटका ठुला टिमको मुटुले ढ्याङ्ग्रो ठोकेको छ ।