प्रेम न त मितिले लेखियो,
न त कुनै कारणले जन्मियो…
यो त चुपचाप आयो,
र मेरो मनको सबै खाली ठाउँहरूमा
तिमी भएर बस्यो।
अहिले म आफूलाई खोज्दा पनि
तिमी नै भेटिन्छौ,
मेरो हाँसोमा, मेरो पीडामा,
सबै तिर तिमी मात्र छौ।
सायद यही प्रेम हो…
जहाँ ‘म’ हराउँछ,
र बाँकी रहन्छ केवल ‘तिमी’। 💫
प्रेम तिमी सँग होइन,
तिम्रो आत्मा सँग छ…
यो माया शरीरको सीमामा बाँधिएको छैन,
न त समयको पर्खालले यसलाई थुन्न सक्छ।
यो त त्यो निस्वार्थ अनुभूति हो,
जुन सास रोकिन्छ तर सम्बन्ध रोकिन्न,
मृत्यु पश्चात पनि आत्माको उज्यालो बनेर
सधैं मेरो वरिपरि रहनेछ। 🤍
#दुई_टुक्रा ✍️
गन्न सकिने
उमेर भरिमा
यो मनले
तिमीलाई
मनभरि
गरेको प्रेम
कवितामा
भावनामा
स्पष्टै
पोखिएको हुन्छ।
याद छ ?
नाम कतै
उल्लेख छैन
नलेखिएको
नाम संग मेरो
नभनिएको
नाम संग
अथाह प्रेम छ
जसरी साँझसंग
मेरो बेहद प्रेम छ ।🌠❤️
जुनेली रात
सितका थोपा
चुहिन्छन निदारमा
गलेको शरीर
घिसार्दै छु म
सुनसान सडकमा
भुक्दैछ टाडा
त्यो भोटे कुकुर
मै हु कि भनेर
पसिना गन्ध
थाहा पायो होला
हावा ले बोकेर्
चिसो छ मौसम
गोजिमा हात
मन भने टाडा छ
टाडा नै भएपनि
यो मन मा माया
अत्तिनै गाडा छ।।❤️
क्षितिजमा कतैं हराउन बाकी छ
हृदयको धड्कन छाम्नै बाकी छ
सपना लेख्ने कलम बिलाइ गयो
कयौ रहस्यहरू खोल्न बाकी छ
मेटेरै जान्छन् कति सपनाहरू
खुशीका दानाहरू टिप्न बाकी छ
अनौठो खेलमा सबैकुरा बुझिएन
समुन्द्रामा ब्रिज बनाउन बाकी छ
तिमीले लेखेको हर एक लिपीमा
भिजेको परेली देखाउन बाकी छ