एउटा कुरा नि नेपालमा प्राय ठाउँका नाउँ पछाडी किन एकलखे लगाका होलान ? जस्तै: आइतवारे देखि शनिवारेसम्म, लसुने, बिबल्याँटे, ढिकुरे, सुँगुरे, मुडे, शनिस्चरे फलाँटे राम्चे, ठाडे, धुन्चे, भुसुने आदि ।
निजामती कर्मचारी अस्पतालमा ओपिडि टिकट र क्यास काउन्टरमा अरु अस्पताल जस्तै टोकन सिस्टम राखे त अस्पतालको कार्ड छाता र झोलाले लाइन बस्नु पर्ने थिएन होला नि ।
तोकिएको म्याद भित्र जम्मा एकचालीस प्रतिशतले मात्र सदस्यता नविकरण गरे भन्ने सुनिन्छ । 'बा'ले नेकपा एमालेलाई एकपा नेमाले(एकताकाको कम्युनिष्ट पार्टि मार्क्सवादी लेनिनवादी) बनाउछन जस्तो छ।
सौरभले चुनाव अघि एउटा कार्यक्रममा भनेको वाक्य याद आयो।
"जसलाई प्रधानमन्त्री बनाउन खोजिदैछ। त्यो प्रधानमन्त्री बन्यो भने ६ महिना पछि नेपालीहरूले आफ्नो जुत्ता खोलेर आफ्नै टाउकोमा हान्नु पर्ने दिन आउँछ।"😆😆
नोट:- ६ महिना पुगेकै छैन। अझै २ महिना बाकि छ!!😉🤣
पहिला स्कुलमा राजा–महाराजाहरूको जन्मदिन घोक्न लगाइन्थ्यो, अहिले मन्त्रीहरूको नाम घोक्न लगाइन्छ। पक्कै पनि हेडमास्टरले रास्वपाको सदस्यता लिएको हुनुपर्छ।
पटकपटक फुटेको हाँडी फेरि जोड्ने लालसायुक्त राग चलेछ।भयङकर खतरा देखाउदै नेतृत्ववाट चलाईएको यो कथ्य रुपमा सुन्दर र सारमा आफ्नो असफलता छोप्न र शक्तिमा टिक्न देखाईएको भुत्ते हतियार हो।सुधार र शक्ति आर्जन चाहेकै हो भने पहिला फुटाएर गल्ती भो-भन।आफु छोडेर सहकर्मीलाई अघि बढ भन्न सक्छौ ?
संसदमा सिंगो प्रतिपक्ष उठेर जबाफ मागिरहेको छ,..... प्रधानमन्त्रीले जिम्मेवार हुनु पर्दैन ? साँच्चै भन्नुपर्ने जिम्मेवार प्रधानमन्त्री त प्रत्येक संसदमा उपस्थित हुनपर्ने हो, प्रत्येक सांसदहरुले उठाएका जनताका मुद्धा सुन्न पर्ने हो!
प्रधानमन्त्रीले संसदमा आएर जबाफ दिनु पर्छ पर्दैन?