रास्वपा समर्थक रोनाल्डोका फ्यानहरू,रवि दाइको धरौटी र बिगो तिर्न आर्थिक सहयोग गर्ने व्यक्ति नै मेस्सी हुन्। त्यसैले मेस्सीको विरोध गर्न छोडिदिनुहोस्।बालेन समर्थक रोनाल्डोका फ्यानहरू,“बालेन प्रधानमन्त्री हुनुपर्छ” भन्ने एजेन्डा सबैभन्दा पहिले बोकेर हिँड्ने व्यक्ति नै मेस्सी हुन्।+
कांग्रेस समर्थक रोनाल्डोका फ्यानहरू, तपाईंहरूलाई त के भनौँ! अस्ति भर्खरै मेस्सीले ‘गगन दाइ, म पार्टी प्रवेश गर्छु’ भनेर फोन नै गरिसकेका छन्। त्यसैले मेस्सीको विरोध गर्न छोडिदिनुहोस् ।
#funpost
त्यसैले मेस्सीको विरोध गर्न छोडिदिनुहोस्।
एमाले समर्थक रोनाल्डोका फ्यानहरू, मेस्सीलाई फुटबल खेल्न प्रेरित गर्ने व्यक्ति नै केपी बा हुन्। त्यसैले मेस्सीको विरोध गर्न छोडिदिनुहोस्।
हाम्रो अर्थशास्त्रमा बसको इन्धन, चालक, मर्मत सम्भार र अन्य सबै खर्च व्यवस्थापन गर्न सकिन्छ, तर स्वास्थ्य बिमामा नागरिकले आफैं पनि ३,५०० योगदान गर्ने सह लगानीको मोडेलसमेत धान्न सकिँदैन रे! त्यसैले समस्या पैसाको भन्दा पनि मनसायको देखिन्छ ।
@AnandaRamPoudel रंगमा नअल्झिनुस्” भन्नेहरूले नै पहिले रंग फेरे।हरियोलाई निलो बनाएपछि प्रश्न नगर भन्नु भनेको आगो बालेर धुवाँ नहेर्नुस् भनेजस्तै हो। ‘हर्रियो रंग र साझा’ नाममै त्यो उद्देश्य पूरा हुन सक्दैनथ्यो? यदि सकिन्थ्यो भने रंग र नाम फेर्नुपर्ने वास्तविक कारण के थियो?
@AnandaRamPoudel यदि निलो नै भएर चलेको भए रंगको विषयमा प्रश्न उठ्ने थिएन। तर पहिले हरियो भनेर चिनिएको कुरालाई पछि निलो बनाइयो भने प्रश्न उठ्नु स्वाभाविक हो। सारतत्त्व सेवा नै प्राथमिकता भएको भए, रंग परिवर्तन गरेर नयाँ प्रतीक बनाउन किन आवश्यक पर्यो? त्यसैले यहाँ प्रश्न रंगको होइन, नियतको हो।
लोकतन्त्र रङले होइन, सेवाले बलियो हुन्छ। तपाईं हरियो रङमै पनि उत्कृष्ट सेवा दिन सक्नुहुन्छ। रङ फेरेर होइन, सोच र सेवाको स्तर फेरेर जनताको मन जित्न सकिन्छ। जनताको करलाई दलको प्रचारमा प्रयोग गर्नु राजनीतिक बेइमानी हो ।