कलेज बंकर , लास्ट बेन्च स्टुडेन्ट!!!
अलि छिट्टै भाबुक हुन्छु।। थोरै बोल्छु
तर जति बोल्छु विपक्षीको बोली
बन्द गर्न पर्याप्त हुन्छ!!
physics student
@ezioaditoure
न मां कर्माणि लिम्पन्ति न मे कर्मफले स्पृहा।
इति मां योऽभिजानाति कर्मभिर्न स बध्यते॥
कर्मका फलमा मेरो कुनै स्पृहा छैन, यसर्थ मलाई कर्महरूले लिप्त गर्दैन्न भनेर जस्ले मलाई तत्त्वसाथ जान्दछ, ऊ पनि कर्महरूले बाँधिदैन। #Gita 4.14
बरु ढिलै पुगियोस्
तर !
पुगेपछि कहाँ आइपुगें ?
कस्तो ठाउँमा आएँ भन्ने चैं नहोस्
साथीहरु नछुटुन्
नछुट्टिउन्,
प्यास बरु ढिलो मेटियोस्
तर प्यास मेटिंदा थकान पनि मेटियोस्
तृष्णा पनि मेटियोस्
फेरि नयाँ यात्रा सुरु होस्
बरु ढिलै पुगियोस् तृष्णा पनि मेटियोस्...
#शुभरात्रि❤️
घर आउने क्रम मा
Dame side park मा अर्ध बैंसे महिला र पुरुष घुमिरहेका रहेछन 😍
आहा कति प्रेमिल जोडि भनेर सोचेँ
पछि थाहा भो श्रीमान श्रीमती त रहेछन तर अर्कै अर्कै का ।।
🤨😣
छातिमा गोली जिवनमा शोक परेको छ
आमा ! छोरो नउठ्ने गरि चोट परेको छ
भाग्यमानी म भागमा मृत्यु लेखेर आएँ
बहिनी अभागी रैछे छाउगोठ परेको छ
हाँसो खोस्यो ओठबाट, खुसी मनबाट
बा'को शरिरमा कस्तो पो रोग परेको छ
बारम्बारका प्रयास मेरा, सफल नहुँदा
मैले जीवन जिउनै पर्ने अठोट परेको छ
_बिजु
कसैलाई
भेट्ने रहरमा
बाँचेको पनि हैन,
गुमाउछुकि भन्ने
डरले
मरेको पनि छैन,
प्रिय लाग्थ्यौ
हृदयको
करिबी
मानेको थे,
मैले चाहेर
मानेर
मेरा लागि
मात्र
सत्य हुने हो,
तिमीलाई पनि
मेरैझैं
मानिदिनु पर्छ भन्ने
भावना
थोपरेको छैन,
तिम्रो
स्वतन्त्रतामा
मैले
आफ्ना रहर
अनि चाहना
थोपरेको पनि हैन.