#गणतन्त्र शङ्का !
हे शङ्का परजा यतातिर नआ के काम तेरो अब
अर्काको घर भाँड्न उद्धत रहिस् मानी बडो गौरव ।
तेरो हाल हुनेछ च्यादर सरी हालेर टालो सिला
लङ्का जल्छ अझै अटेर नगरेस् सुल्झाउँदै मामिला ।।
#गणतन्त्र !!!
°°°°°°°°°°
तिमीहरू
सच्चा गणका नायक
भैदिएको भए
यो मुलुक हाँक्न लायक
भैदिएको भए
नागरिकका लागि सेवाप्रदायक
भैदिएको भए
आज गणतन्त्रको
यो हाल हुने थिएन
जनतालाई भात खाऊँ न
थाल हुने थिएन ।
तिमी नायक भयौ त
आफ्नै परिवारको मात्र
तिमी लायक भयौ त
आफ्नै परिवारको मात्र ।
…