hate how these evil reincarnated people are using words that carry so much weight on their products.
it’ll be completely redefined if it takes off. hopefully it’ll flop tho
When writing, I use the 40/40/40 rule:
40 minutes of writing, followed by 40 hours of procrastination, followed by 40 weeks of self loathing because now I have no time to write
बाढीपीडितको पीडा अथाह छ।
आफू खोलाबाट भागेको ट्रमा, आफ्नै छोराछोरी, बुवा–आमा, दाजुभाइ, नातागोता बगाएको दृश्य झल्झली सम्झिरहनुपर्ने पीडा, उहाँहरू कहाँ छन् भन्ने थाहा नहुनुको पीडा, अनि अब भविष्य के हुन्छ भन्ने अन्योलको पीडा- यी सबै शब्दमा व्यक्त गर्न सम्भव छैन।
यस्तो अवस्थामा हामीले शुद्ध आसय राखेर सहयोग गर्न खोज्दा पनि कतै अर्को पीडा थपिरहेका त छैनौँ?
फोटो र भिडियोको पीडा।
पीडितहरूसँग प्रत्यक्ष सुनेका केही कुरा मनमा गडेर बसेका छन्:
“धेरै ठूला मान्छेहरू आउँछन्। सबैले त्यही प्रश्न सोध्छन्। कति चोटि त्यही कुरा भन्ने? कुरा भनेर के हुन्छ, थाहा भएन। हाम्रो पीडाको फोटो/भिडियो हामी आफैँ भाइरल भएको देख्छौँ। त्यसका कमेन्टहरूमा हामीले नै गाली खाएको हुन्छौँ। किन हाम्रो पीडाको मजाक बनाउँदै हो?”
राहतमा के–कस्तो भयो, त्यसको समीक्षा गर्ने समय छ। समीक्षा गर्नैपर्छ। तर आज बाँच्नुभएका हाम्रा भाइबहिनीहरूका प्रश्नहरू भने अर्कै छन्।
१. “यो ठाउँमा कति दिन बस्छौँ? त्यसपछि कहाँ बस्ने?”
२. “हाम्रो बुवा–आमा र घर सबै बग्यो। अब म स्कुल छोड्छु। भाइ/बहिनीको स्कुलको फीस तिर्नुपर्छ।”
३. “हाम्रो नागरिकता, पासपोर्ट कसले बनाइदिन्छ? गाउँ नै गयो, बुवा–आमा नै हुनुहुन्न।”
काठमाडौँमा पढिरहेका रसुवाका भाइबहिनीहरूले पनि एउटा गम्भीर प्रश्न उठाएका छन्-
बुवा–आमालाई local shares को लोभ देखाइयो। कति वटा हाइड्रो बनाइए, कहिले यता सारियो, कहिले उता सारियो, कति ब्लास्ट गरिए। उहाँहरू शिक्षित नभए पनि अब हामी त शिक्षित छौँ नि- हामीले गाउँको बारेमा सोच्नु सकछौ - “Include us in policy discussion!”
यी प्रश्नहरूलाई अब हामीले गम्भीरतापूर्वक लिनैपर्छ।
अब rescue बाट relief हुँदै recovery को बारेमा सोच्ने बेला भयो। राज्यका सम्बन्धित संयन्त्रहरूले स्पष्ट recovery strategy बनाएर अघि बढ्ने बेला भयो।
१. सुरक्षित आवास
कहाँ, कस्तो र कसरी सुरक्षित आवासको व्यवस्था गर्ने? कहिलेसम्म गर्ने?
२. अभिभावकविहीन बालबालिकाको संरक्षण
टुहुरा भएका बालबालिकाको अभिभावक कसरी बन्ने? Foster care र guardianship को विषयमा गम्भीरतापूर्वक सोच्ने बेला भएन र? शिक्षा र स्वास्थ्यको व्यवस्था भएर मात्रै पुग्दैन- उनीहरूलाई अभिभावक चाहिन्छ, परिवारको अनुभूति चाहिन्छ।
३. रोजगारीको सुनिश्चितता
बाँच्नका लागि दीर्घकालीन रोजगारी कसरी सुनिश्चित गर्ने? कहिलेसम्म गर्ने? कस्तो रोजगारी सिर्जना गर्ने?
४. Counselling र मानसिक स्वास्थ्य
यो अत्यन्तै आवश्यक छ। एक–दुई पटकको counselling ले पुग्दैन। दीर्घकालीन मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोग कसरी उपलब्ध गराउने भन्ने योजना अहिलेबाटै बनाउनुपर्छ।
र अर्को ठूलो प्रश्न -
जलवायु परिवर्तनले नेपाललाई कहाँ–कहाँ, कसरी र कति असर गर्छ? कसरी बचने?
अब पनि हामीले यस विषयमा गम्भीरतापूर्वक काम नगर्ने हो त?
यी प्रश्नहरू उठाइरहँदा, संकटको बीचमा आफ्नो जिम्मेवारीबाट पछि नहट्ने सबैप्रति धन्यवाद भन्नैपर्छ।
नागार्जुन नगरपालिकामा कार्यरत एक नर्सका दाइ बाढीमा बेपत्ता हुनुहुन्छ। तर उहाँ स्वयं अझै सेवामा खटिरहनुभएको छ। दिनरात नभनी उद्धार तथा राहतमा खटिनुभएका नेपाली सेना, नेपाल प्रहरीलगायत सबै सुरक्षाकर्मी तथा उद्धारकर्मीहरूलाई धेरै–धेरै धन्यवाद।
अझै पनि आशा छ-हाम्रा साथीहरू जीवितै फेला पर्नुहुनेछ भनेर।
Logic ले जे भने पनि, मनले आशा छोडेको छैन।
र मनकारी साथीहरूलाई पनि धेरै–धेरै धन्यवाद।
तर यात्रा लामो छ।
यो केवल उद्धार र राहतको यात्रा होइन है पुनर्स्थापना, पुनर्निर्माण र पुनर्जीवनको यात्रा हो।
सबै मिलेर यो लामो यात्रा तय गरौँ।
URGENT:
My parents, Ramesh and Neelam Sharma are currently missing following the flood at the Nepal-Tibet/China border. They are both U.S. Citizens.
If you have any direct contacts in Nepal, Gyirong/Tibet, local hospitals, rescue operation, government/ media - PLEASE DM me.