समयसग सम्झौता होईन संघर्ष गरिरहेको एक आम युवा। सपना ठुलो छैन, हिजो हासिराथे, आज नि हासिराछु, भोलि बाच्न सक्नुपर्छ।
आफू हासेर अरुलाई रुवाउन सक्दिन।
@yuwaraj32
हेर्दिन भनेर बसेको "आदिपुरूष" निकै कन्ट्रोभर्सिमा परेपछि हिजो हेरे । फिल्मको Dialogue लेखेका Manoj Muntashir को अन्तरवार्ता हेरेपछि अझ उत्साहित थिए हेर्न । Movie हेरेपछि मनमा लागेका केहि कुराहरू...
१. सर्वप्रथम नेपालमा निकै चर्चा पाएको "सितालाई भारतको छोरी भनियो" भन्ने मैले अमेरिकामा हेर्दा भेटिन । सायद हटाईएको छ । मात्र रामले यद्धको लागी बानर सेनालाई सम्बोधन गर्दा "यसरी युद्ध गर्नुकी भारतको छोरीलाई कसैले आज उपरान्त नराम्रो दृष्टीले हेर्ने आट नगरोस् ।" भनेको Dialogue मात्र छ। जुन सान्दर्भिक छ ।
२. Movie मा रामायणलाई modernize गर्ने निहुँमा बाल्मिकि रामायणमा हुदै नभएको कुरालाई सम्बादको रूपमा प्रस्तु गरिएको छ । जसले नयाँ पिढिले यो बाट केहि सिक्नु त परको कुरा गलत शिक्षा पाउछन् ।
३. चलचित्रको सुरूमै रावणको तपस्याबाट प्रशन्न भएर ब्रह्माले रावणलाई "आशिर्वाद" दिएको देखाईएको छ । तर ब्रह्माले "हिरण्यकस्यव" दिएको आशिर्वादलाई रावणलाई दिएको भनेर देखाईएको छ । अझ अचम्म त के भने रावणको मृत्यु सँग आशिर्वादको कहि कतै छेकछन्दै मिल्दैन ।
४. राम कसको अवतार हुन् । कहि कतै उल्लेख छैन । ईन्द्रजित मेघनाथ जस्तो सक्तिशाली योद्धालाई कमजोर देखाईएको छ । साथै उनिहरूले तल्लो स्तरको सम्बाद गरेको देखाईएको छ ।
५. हनुमानलाई मेघनाथले नियन्त्रणमा लिएपछि हुने सम्बादमा हनुमानले भन्छन् "कपड़ा तेरे बाप का...तेल तेरे बाप का...जलेगी भी तेरे बाप की" । यस्ता सस्ता Dialogue ले Movie लाई निकै कमजोर बनाएको ।
६. रावणले सितालाई हरेर लैजादा पुष्पक बिमानमा लैजान्छन् (जुन कुबेर बाट रावणले लिएका थिए) भनेर पढेको थिए । तर Movie मा चरा जस्तो देखिने चरा प्रजातिको कुनै राक्षशी अवतारमा लगेको देखाईन्छ जुन अपाच्य लाग्छ ।
७. रामायणमा Glamour छ भन्दा अचम्म लाग्ला तर आदिपुरूषमा विभिषणको पत्निलाई Glamour को रूपमा देखाईएको छ जुन निकै अशोभनिए छ ।
८. लक्षमणलाई ईन्द्रजितको सर्पले विष प्रहार गरेपछि अचेत हुन्छन् र हनुमान उनलाई बचाउन सञ्जिवनी बुटी लिन जान्छन् र वुटी नचिनेपछी पहाडनै उचालेर ल्याउछन् भनेर पढेको थिए । तर यो Movie मा हनुमानले युद्धमा अरू पनि अचेत भए काम लाग्छ भनेर पहाडनै उचालेर ल्याउछन् देखाईएको छ ।
९. समुन्द्र पार गर्न नसकेपछि रामले समुन्द्र सुकाउन व्रह्माअस्त्र उठाउछन् । र समुद्र प्रकट भएर त्यसो नगर्न र बानर सेनामा रहेका नल र निलमा ब्रह्माले उनिहरूले जुनसुकै कुरा पानिमा फालेपनि उत्रने शक्ति दिएकाले त्यसको सदुपयोग गर्न सुझाउछन् । र उनिहरूले हरेक ढुङ्गामा "जय श्रीराम" लेखेर रामसेतु (पुलको) निर्माण गरेका हुन् । तर आदिपुरूष movie मा ढुङ्गामा राम लेखेर समुद्रमा जोकोहिले फाले पनि त्यो तैरने भन्दै समुद्रले रामलाई सुझाएको त्यसै गरि रामसेतु बनाएको देखाईन्छ । साथै नल र निलको बारेमा केहि देखाईदैन ।
१०. सुनै सुनको लंकालाई कालो देखाईएको छ । Morden बनाउने नाउँमा रावण, राम, जटायु, मेघनाथ लगाएतको गेटअप अशोभनिए छ ।
११. राम चरित्रमानषमा रावण शैव र वैष्णव दुवै हुन् । उनी शैव र वैष्णव दुवै र बाह्रमण पनि भएकाले उनले रामले युद्धमा जानु पुर्व गरेको पुजामा रामको ईच्छा अनुसार रावणले पण्डित बनेर पुजा गराएको उल्लेख छ । तर यो movie मा शैव र वैष्णव रावणले राक्षसी चराहरूलाई मासु खुवाउदै गरेको देखाईन्छ जुन शैव र वैष्णव मान्नेहरू माथिको अपमान हो ।
आदिपुरूषमा माथि उल्लेख गरे जस्ता अनेकौ कमजोरी तथा रामायणलाई फरक तरिकाले पस्कने निहुँमा गर्नै नहुने गल्तिहरू गरेका छन् । भाषा, भेषभुषा देखि प्रस्तुतीमा पनि हिन्दु धर्म प्रति अलिकती पनी सम्मान गरेको भेटिदैन । तसर्थ यसले नयाँ पिढिलाई रामायण बारे गलत शिक्षा दिने भएकाले नदेखाउन अनुरोध गर्दछु ।
।।जय श्री राम ।।🙏