@sainonepal@thapagk प्रमले केपी-मतियारसँगै बस्दिन भनेर अपमान गरेपछी तिनै प्रमको पार्टीले बोलाएको बैठकमा जानपर्ने नै त देखिदैन नै, अन्तमा गगन थापा अस्ताउदा हुन् उदयी रवि-बालेनलाई यस्ता झिनामसिना कुराले फरक पर्दैन, कङ्ग्रेस-एमाले इतिहास हुन् आउँदो चुनावबाट, तत्पश्चात यति पनि बाल नदिए हुन्छ रास्वपा ले
केही अगाडी मन्त्रीपरिषद् बाट ५० वटा कार्यालय हटाउने निर्णय गरेको बागमती प्रदेशले कार्यालय संख्या २०१ बाट १९१ मा झारेछ | गणित मलाई नआउने हो कि प्रदेश माननीयले जे बोले नि जे गरे नि हुने हो
पहिलेका समानुपतिक सांसद राजनितिक थिए, जनतासँग भिजेका थिए | अहिले विशेषगरी रास्वपाका अनेकथरी छन्, समग्रमा भन्दा समावेशीताको हिसाबले ठीक छन्, जनताको प्रतिनिधिको रुपमा धेरै मिहेनत गर्नपर्ने छ | अन्त्यमा, बालेन एकजनाले देश बनाउने होइन, कर्मचारीलाई अझ कडीकसाउ गर |
राष्ट्रपतिको उपस्थितिमा प्रधानमन्त्रीले बालेन्द्र शाहले आज संसदमा जे-जस्तो व्यवहार गरे, त्यसका निम्ति संविधानका संरक्षक राष्ट्रपति पौडेलले या त प्रधानमन्त्रीलाई सचेत गराउनुपर्छ, या आफ्नो पद त्याग गरी राष्ट्रपति पदको लाज जोगाउनुपर्छ।
साथै, सभामुख डीपी अर्याल, यति सब भइसकेपछि तपाईं भोलिका लागि आज केही नभएकोझैँ लाज पचाएर सदन चलाउनुहुन्छ कि रुलिङ दिनुहुन्छ? गगन थापा र एमाले पनि डिच्च हाँसेर बस्ने त होलान्।
रास्वपाका सांसदलाई धेरै भन्नु नै छैन। किनभने राष्ट्रिय स्वतन्त्र पार्टीमा दुई जना मात्र सांसद स्वतन्त्र छन् — रवि लामिछाने र पार्टीभन्दा माथि रहेका बालेन शाह। आजपछि त मलाई लाग्न थाल्यो, रास्वपामा जम्मा एउटा सांसद छ। त्यो पनि पार्टीभन्दा माथि विराजमान, राष्ट्रपतिभन्दा माथि आसिन।
बधाई छ, प्रिय बालेन शाह — घन्टी पार्टी र अरू पार्टीका कायर, लोभी, सिद्धान्तहीन र नामर्दहरूको जत्थालाई एकै पटक ऐना देखाइदिएकोमा बधाई छ । सायद यिनीहरू, यो समाज र यो संसद यही लायक हुन् कि?
एउटा एउटा संसद भवन अस्ति जलेर सकियो। अर्को संसदको चीरहरण आज भयो। बधाई छ, रवि — एउटा मात्रै सांसद भएको पार्टीको सभापति भएकोमा बधाई छ।
@RcPaudelNepal@ShahBalen@hamrorabi@dolprasadaryal@thapagk@hark_sampang
समाजसेवीसँग पैसा जोड्नु त परको कुरो भएको जग्गाजमिन सम्पत्ति पनि सकिन्छ, आफ्नो नजिकको उदाहरण नै छन् कति | सुधन गुरुङ को सम्पत्ति देख्दा चाहिं तीनछक्क परियो | डिजे छाडेको वर्षौ पछि जोडेको देख्दा अझ |
रिल र टिकटक युगमा कामै नभको पुस्तकालय बन्द गर्ने निर्णयमा सहमत नभैरहन सकिएन्! पुस्तकालय धाई-धाई पढेर तयार हुने जनशक्ति कामै छैन। रिल र टिकटक नै काफी छ। यसैबाट सबैलाई करोड कमाउन सक्षम बनाई धनीहरूको देश बनाउने हो।
अरू पुस्तकालय पनि बन्द गरौं 😡
प्रिय छाेरा (भतिज) डाक्टर बिकाश खड्का , सबैतहकाे शिक्षा नेपालमै लिएर अाज तिमी कर्णाली प्रदेशकै पहिलो किड्नी ट्रान्सप्लान्ट सर्जन बन्न सफल भएकाेमा हृदयदेखिनै धेरै धेरै बधाई तथा सफलताकाे शुभकामना🙏
तिम्राे माईलाे ड्याडि डा.डम्बर खड्काकाे बर्षाै देखि अस्पताल टिमकाे निष्ठापूर्ण नेतृत्वबाट तयार भएकाे देशकाे प्रदेश अस्पतालहरु मध्येकाे उत्कृष्ट प्रमाणित कर्णाली प्रदेश अस्पतालमा किड्नीट्रान्स प्लान्ट स्वास्थ्य उपचारबाट बिरामिहरुलाई नियमित र निरन्तर उत्कृष्ट सेवा सुबिधा उपलब्ध गराउनेछाै भन्ने बिश्वास गर्दै पुनःतिमिलाई हार्दिक बधाई🌳💐
" धनमा हाेईन सदा बिरामिकाे मनमा जित्नु "
मेराे अाशिर्बाद तिमिलाई👍️
चुनाव जित्नैपर्ने व्यक्तित्त्व हुनुहुदो रहेछ बाजुराबाट, रास्वपालाई ठुलो क्षति |
अन्तमा: २३ को शाषकदेखि पुलिससम्मको निष्पक्ष अनुसन्धान र २४ को पनि, नभए कलंक बोकेर बनाइने जुनसुकै भविष्यलाई यो जलाइएको इतहासले पटकपटक निर्मम मूल्यांकन गर्ने नै छ | शुभकामना |
कामको सिलसिलामा सवारी पास सहित यात्रा गरेको सरकारी बाइक चालकलाई माननीयज्यूको त्यो टोकाइ पनि कहिले झल्यास्स स्मृतिमा आउँछ | स्टाटसको छैठौं लाइन देखिका सबै धारा सो घटनामा आकर्षित हुन्छन् | तर अहिले नैतिकता र सदाचारको पाठ माननीयज्यू को आहा कति मननीय, मनै छोयो | स्टन्ट गरौं देश बनाऔ