गुफामा कि कुनै अँध्यारोमा
प्रत्येक बिजुलीको गगनमा उठभव
र चकमन्न उज्यालोको तीव्र आभास
तिनको क्रुर प्रहारमा
त्यसपछि प्रवेश गर्ने – उज्यालो
सानो – सानो उज्यालो
उज्यालो गुफा ।
उज्यालोको गुफा
• ईश्वर बल्लभ
प्रश्न पुरानो
प्रश्न हिंड्ने बाटोको नै हो
अनि पुग्ने बाटोको नै हो ।
यद्यपि यात्रा प्रारम्भ भयो !
तर अमीष्ट पुगिन्छ कि पुगिदैन
पुगिंदैन कि भन्न आशङ्का पनि
भन्ने त्रासको नै हो ।
आदिम अर्थ
भयभीत हुनुको अर्थ । सधैं ।
अनि रुख र सर्पको कथा
शैतान र छलको कथा
भ्रान्ति खाने कि नखाने भन्ने
वर्जित फलको कथा ।
अज्ञात र अपरिचित कुनै
कुनै अनिर्वचनीय गन्तव्य हो त्यो
निर्लक्ष्य हुँदा पनि पुग्नै पर्ने
सतत वाध्यता !
अस्तित्व सोच
•गोविन्द वर्तमान
मेरा क्रोधहरू सकिएपछि
अन्यायमाथिका
मेरा प्रतिक्रिया सकिनेछन्
अपराधमाथि
मेरो आक्रोश पुग्ने छैन
त्यसबेला म स्वयं सकिनेछु
म सकिएपछि घामका किरणले बनाउने अर्बौं छायामध्ये
घट्नेछ एउटा छाया
उज्यालो संसारको एउटा चेत सकिनेछ
यसबेला जब म आफ्नो अस्तित्व सोच्दै छु
म सकिएको छैन
तर सकिएका छन् भावनाका आदिम रूपहरू
अस्थिपञ्जर झैं हाँस्ने
मञ्जनको विज्ञापनका दाँतहरू छन् वरिपरि
गणितका सूत्रहरूले बाँधिएका
हृदयहरू छन् वरिपरि
यही उपस्थितिको बीचमा
जोगाएर आफ्ना ऊर्जाहरू
सकेसम्म जोगिने प्रयत्नमा छु
तँ कति सोझो नरम पाठो जस्तो जङ्गलमा उफ्रेको
ए प्यारो प्यारो मेरो लोभ, मेरो कलाकार
आइज, म तँलाई छातीमा टाँसेर हेर्न चाहान्छु,
मुखमा खरो सूर्ती चुसेर एक पल्ट अब सुसेलेको।
भत्केकालाई लय र ननिस्केका स्वरलाई ओठले फुक्यो,
ए प्रशस्त छातीले सुसेल्ने ए ताजा हावाको ताजा डाक्टर
त्यो पहिला दिनको पहिला आविष्कारलाई म लोभ गर्दछु,
प्यार गर्दछु।
सम्झन्छु तिमीले पहिला दिन सिस्नु उसिन्दा मलाई डाकेनौ
म कति रिसाएको छु।
जसले आफ्नो कहानी एक विराट गुफाबाट शुरु गरेथ्यो।
नाङ्गो भएर कोही नहिँडोस् भन्छु;
आवाज कानले सुन्न पाओस् भन्छु;
बिचारलाई बोलीमा उतार्न पाओस् भन्छु;
यत्तिकैमा पनि तिनीहरू
मलाई बहुला भन्छन्,
आमा, म बहुला होइन ।
म बहुला होइन
•सिद्धिचरण श्रेष्ठ
(१९६९ /०२/०९ – २०४९/०२/२२)
आमा तिनीहरूले जेसुकै भनून्,
म बहुला होइन ।
मैले गर्न नहुने केही गरेर हिँडेकै छैन,
बोल्न नहुने केही बोलेर हिँडेकै छैन ।
मेरो आँखा छ, त्यसैले हेर्न पाऊँ भन्छु;
पेट छ खान पाऊँ भन्छु,