जीवनमा साहास पनि त्यतिबेला आउँछ जति बेला तपाई ले आफुलाइ बुझ्नु हुन्छ र अरु कसै ले पनि तपाईं लाई तपाईं भन्दा बढि बुझ्न सक्तैन , जीवन मा पाइला चाल्न आफू ले आफै लाई बिश्वास गरेपछी मात्र सम्भव हुन्छ भने ती तर्क हरु को तौल ले तपाईं का प्रत्यक पाइला गह्रौ बनाइदिन सक्छन् 😊😊
बाबाको हात सिमेन्टले जलेपछि मात्र
जल्ने गर्थ्यो चुलोमा आगो पनि।
बाबा ले हरेक दिन कोदालो समाउनुहुन्थ्यो
र मैले हरेक दिन कलम समाउन पाए!
त्यसैले आज म शिक्षित भाकी छु,
मेरा बाबाका ओठ ले बोल्ने ध्वनि ,
आँखाले देख्ने सपना
हत्केलामा ठेलाहरुको अक्षर
सब बुझ्ने छोरी भाकी छु,
महोदय!
हजुको जीवन मा म आए भने यदि
हजुरको जीवनमा मुस्कान छर्न सकुँला……
हरदिन आँखा चिम्लेर प्रेम गरुँला जिन्दगिभरी
ताकी अरु कोहि नदेखियोस हजुर बाहेक !
कान थुनेर प्रेम गरुँला ताकी कोहि नसुनियोस
हजुर बाहेक।
हजुर पाइला चाल्नु म बाटो पछ्याउँला
एउटा छुट्टै संसार बनाउँला,
😊😉
आमा है, म बच्चामा खुब रुन्थे। रुनत आज पनि रुन्छु। सानोमा आफ्नै जिद्दीले रुन्थे त कहिले गल्ती गर्दा, हजुरले सिकाउन खोज्दा रुन्थे। अन्तत हजुरकै काखमा आएर आँसु पुछ्दै रुन सिबाय केही गर्नी ताकत छैन आमा,कति चाडैं कम्जोरि भयौ,आफू हस्पिटल को बेड मा यस्तरी सिकिस्त हुँदा पनि ........😭😭
तिमी लाई सुइ लगाइदिदाँ मलाइ चसक्क हुन्छ मामु.. मलाइ केही बनेको तिम्रो अघि उभिएर हासेको दिन देख्न पाइयोस् यहि छ आज मातातिर्थ ओँशी को शुभकामना .. छिटो निको हुनु होस मेरो प्राथना छ मामु😭😢😢😭😭❤️❤️❤️❤️
दुख,आँसु अनि क्षणिक हाँसो
पिडा, असफलता अनि थोरै खुसी
धोका, बिश्वासघात अनि धेरै पश्चताप
मृत्युको अगाडि उभिएर जिन्दगीलाई नियाल्न खोज्दा कुनै बिहानी या साँझ।।।