प्रतितोला ८ हजार हुँदा सुन किन्नेहरू अहिले लखपति भए, ५० हजारमा घडेरी जोड्नेहरू अहिले करोडपति भए, आफू पढन्ते बनेर उबेला ५० हजारको कम्प्युटर किनेर ल्याईयो, अहिले कवाडीमा बेच्दा तीनसय आयो! उबेलाको आफ्नो लगानी सम्झेर रनन भएँ, अनि त्यो पैसोमा ५० रुपैया थपेर एक बोत्तल चिसो बियर खाएँ ।
फैसलामा भनिएको छ, ‘लामो समयदेखि प्रेम सम्बन्ध् रहेको र सोही क्रममा शारीरिक सम्पर्क समेत भएको देखिए तापनि तत्काल विवाह गर्न इन्कार गर्नुलाई कानुनको दृष्टिमा ‘मर्नका लागि बाध्य पारेको’ अर्थमा बुझ्न मिल्ने देखिएन।’
https://t.co/qaEgNyOhGj
विकास निर्माणका काम अदालत र न्यायिक निकायमा पुग्ने, वर्षौंसम्म अल्झिने र लागत वृद्धि हुने मात्र नभई आयोजनाको भविष्य नै अन्योलमा पर्ने देखिएपछि सरकारले पूर्वाधार अदालत गठन गर्ने तयारी अघि बढाएको हो।
https://t.co/MU7Lo6ayr8
आज लोकतन्त्र दिवस, हरेक साल सैनिक मञ्चमा नेपाली सेनाको नेतृत्वमा लोकतन्त्र उत्सव मनाईदै आईएको थियो तर यसपटक भएन।
संयोग नै सही आज मात्रै राज्यका ३ निकाय सञ्चार मन्त्रालय र सेनाले `चेतावनीयुक्त प्रेस बक्तब्य` र नेपाल प्रहरीले `राजनीतिक बक्तब्य निकाल्यो।
यो देशमा के भईरा`छ ?
मुस्ताङको युरेनियम अमेरिकी र अस्ट्रेलियन कम्पनीलाई उत्खनन गर्न दिइयो भन्ने चर्चा छ। यस्तो गम्भीर र संवेदनशील विषयमा सरकार किन मौन? सरकारले तत्काल तथ्य स्पष्ट गरोस्। नेपालको युरेनियम विदेशी शक्तिलाई सुम्पने आशयले प्रपञ्च र निर्णय गरिए त्यो देश र जनतामाथिको घात ठहरिने छ।