यसरी बिर्सन मन छ सम्झने मान्छेले खोजे नभेटोस मलाई उसले सम्झियोस भन्दा पनि मैले उसलाई यसरी बिर्सिउ कि उसले मलाई जिन्दगीभर खोज्दा नि न भेटिउ म कति प्रयास गरे तर नसकिदो रहेछ मर्न ।।
कसैले तिमीलाई सोधे भने सधैं प्रफुल्ल देखिने रहस्य,शिर निहुराएर सिउदों को सिन्दुर देखाईदिए, जल्ने छन् आफ्ना पराईले दिने छन् आशिर्बाद वर्तमानको चल्तीचलन यस्तै छ भनिदिए, म कहिले काँही विचलित हुँदा घाममा छाया र झरीमा ओत बनिदिए, तिमी छौ र पो बाँचेको छु यो अकिञ्चन सहरको कान फुकीदिए! 🌙
“जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी”
माता र मातृभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्।
माताको काख न्यानो, चरण तीर्थजस्तै पवित्र। मातातीर्थ औँसीको यस पावन अवसरमा माया र त्यागको अनुपम उदाहरण बनिरहने सृष्टिकी मुहान सम्पूर्ण आमाहरूप्रति हार्दिक सम्मान, कृतज्ञता र नमन व्यक्त गर्दछु। आमाहरूको दीर्घायुको कामना गर्दछु।
जीवनको पहिलो गुरु अनि अनन्त ममताकी स्रोत ‘आमाको मुख हेर्ने दिन’ आज सम्पूर्ण आमाहरू र नेपाल आमाको सदैव उज्यालो मुहारको कामना गर्दछु। आमालाई सधैं हँसाउन सकौँ, हामी सन्तानहरूको कर्ममा आमाले सदैव गर्व गर्न सकून्।
मातातीर्थ औँसी (आमाको मुख हेर्ने दिन) को हार्दिक मंगलमय शुभकामना।
हे जननी! म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।
तिमीले मलाई बिर्सन खोज्नुको अर्थ तिमी मबाट भाग्न खोज्नु होईन बरु यस्तो हो जब मान्छे सम्बन्ध बाट भाग्छ या टाढा हुन खोज्छ भने त्यसको सत्य बिश्वासको बन्धनमा झन् कसिलो गरी बाँधिनु हो।याद र स्मृतिहरू त मनका ती तरेलीहरू हुन्, जसलाई मेटाउन खोज्दा झन् गहिरा खाडलहरू बन्छन् जो बनिरहेछन।
निदाएका आँखाभित्र हजार विपना छन्,नलेखिएका शब्दहरूमा कयौँ सम्झना छन्,आफ्नै छायाँसँग लुकामारी खेल्दाखेल्दै यो जिन्दगी एउटा सपनामा डुबिरहेछ र सपनाकै डोबहरू पछ्याउँदा पछ्याउँदै,रित्तिएको यो मनमा कस्तो अचम्मको तृष्णा रहेछ भन्ने जिन्दगीमा कहिल्यै बुझ्नै सकिएन बुझ्नै पाइएन ।।
म राजा हुँदा , लोकतन्त्र चाहियो भन्छु ,
राजा खराब भो ,
म गणतन्त्र आउँदा राजा चाहियो भन्छु ,
जनतन्त्र हराम भो ,
म जनता हुँदा नेता बन्न खोज्छु ,
नेता बन्दा जनता लडाउछु ,
कम्जोर हुँदा बलियो लाई रोज्छु ,
बलियो हुँदा आफै हराउछु !
म अरुलाई के भनम ,म आफै खराब छु!!
आज हिजोको जस्तो समय छैन । हिजोका लोभलाग्दो फुलहरू आज सुक्दैछन । आज जस्तो पनि भोलि नहोला ..
हेरन, हाम्रो समय । हाम्रो अवस्था । हाम्रो कहानी फरक फरक
प्रेम फुलैको बाटो हैन ।
सधैं आगो र हिउँको बीचबाट हिंडिरहेको हुन्छ ।
समयको निष्ठुर प्रवाहमा आज म एउटा यस्तो अधुरो महाकाव्य भएको छु तिम्रो यादको विषाक्त स्पर्शले मेरो हृदयको कोमल बगैँचालाई आज मरुभूमिमा परिणत गरिदिएको छ। मैले त विश्वासको श्वेत वस्त्र पहिराएको थिएँ हाम्रो सम्बन्धलाई, तर तिम्रो शङ्काको डढेलोले त्यसलाई क्षणभरमै खरानी बनाइदियो।
प्रिय तिमी मैले तिमिलाइ गर्ने प्रेमको कुनै सिमा हुँदो हो त आकाशको पुरै आकृती मेरो सिमाभित्र हुँदो हो सुमुन्द्राको गहिराईमा म डुबिरहेको हुँदो हु नदिको अन्तिम बिन्दुमा म पुगिसकेको हुँदो न त तिमिलाइ मैले गरेको मायाको सिमा छ न त उल्लेखित बस्तुको अब सब तिमिलाइ छोडे मेरो बन्ने कि जाने।
जिन्दगीका अनेकौं चुनौती संग सम्झौताको हस्ताक्षर गरेर हिडेको यात्रीले बिगत सम्झिदै भबिस्यको परिकल्पना गरिरहेछ,हिडे लडिन्छ उठ्न पर्छ,लडे चोट लाग्छ ओखती गर्न पर्छ, केही चोटहरु जिवन्त निको नहुने हुन्छन् तर सहन पर्छ जिन्दगी यहि त हो जीवनमा आएका हरेक कुरा सहेर बाचिरहनु र याद बचाइरहनु।