म जीवनको एउटा अचम्भित मोडमा उभिएर मेरो अतित नियाल्दैछु , मेरो अतितको गोरेटोमा तिम्रा सम्झनाका डोबहरु स्पष्ट देखिन्छन , स्मृति झस्कन्छ , म बुझाउन खोज्छु / तर यथार्थ त यथार्थ नै हो , जतिसुकै आदर्श का कुरा गरेपनि तथ्यले जित्दो रहेछ/ बल्ल बुझ्दैछु ।
दशगजामा हुने दुई तर्फि खेतीलाई अतिक्रमण भन्ने प्रधानमन्त्री र त्यसको बचावमा उत्रेका पत्रकार दुवैले देशको भूगोल, सिमाना र परराष्ट्र सम्बन्ध बुझेका छैनन।।
के "नेपालले भारतको भूमी पनि अतिक्रमण गरेको छ"?
- Cross border occupation (सीमा वारपारको जग्गा भोगाधीकार) भूमी अतिक्रमण होइन। त्यो स्थानीय सीमा विवाद मात्र हो, जसलाई भारतले कहिले पनि 'भूमी अतिक्रमण' भनेको छैन।
- नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरा सहितको 'चुच्चे नक्शा'लाई सन् २०२० मा औपचारिकता दिएपछि भारतले नेपालको सो कदमलाई Unjustified Cartographic Assertion (अनुचित नक्शागत दावी) भनेको थियो, किनभने, सन् २०२० अगाडि नेपालले "औपचारिकरूप"मैँ ती क्षेत्र-रहित 'बुच्चे नक्शा' प्रयोग गर्दै आएको थियो।
अर्थात, त्यसबाट नेपालले औपचारिकरूपमैँ 'बुच्चे नक्शा'को भुमी मात्र नेपालको भएको स्वीकार गरेको अर्थ लाग्छ। त्यसैले भारतलाई नेपालले थपेको चुच्चे नक्सा "Unjustified Cartographic Assertion हो" भन्ने ठाउँ थियो।
- के प्रधानमन्त्री शाहले भारतको सोही अडानलाई नेपालले गरेको भूमी अतिक्रमण भनेका हुन्?
- होइन भने, Cross border occupation (सीमा वारपारको जग्गा भोगाधीकार) "भूमी अतिक्रमण" होइन। परराष्ट्र मन्त्रालयले दिएको स्पष्टिकरण चित्त बुझ्दो छैन।
- नेपालले भारतको भूमी अतिक्रमण गरेको भए कुन-कुन ठाउँमा अतिक्रमण गरेको हो, प्रधानमन्त्रीले स्पष्ट पार्नु पर्छ। गल्ती बोल्न पुगेको हो भने संसदमैँ उभिएर क्षमायाचना सहित गल्ती सच्याउनु पर्छ।
अन्यथा, नेपाल-भारत सीमा विवादमा यसको दीर्घकालीन असर पर्नेछ।
भन्ने वहाँको अनावश्यक र uncalled for भनाइ पनि पछि गएर परराष्ट्र मन्त्रालयले दसगजाको दुबैतिरका स्थानीयले खेती गरेकोलाई भनेको भन्ने स्पष्टीकरण पनि मानिदिउं रे
४.तर के प्रधानमन्त्री र सभामुखले House को प्रक्रिया अनुसार चल्नु पर्दैन?प्रधानमन्त्रीले अब आफ्ना कार्यशैली बदल्नु पर्दैन?