ट्विटरका नक्कली सेलिब्रिटी: ट्विटरमा केही नेपाली पहिला सबैलाई फलो गर्दै जाने र केही हजार पुर्याएपछी सबैलाई अनफलो गरेर आफूले फलो गर्ने जिरोमा झार्ने रहेछन । आफूलाई निकै सेलिब्रिटी देखाएका होलान । अमिवाका खुट्टा जस्ता ट्विटरे सेलिब्रिटीहरुको दरिद्र मानसिकता! Hait😇😝😜
करीब १ घण्टा चल्ने चन्द्र स्वरमा बौद्धिक र त्यसपछिको १ घण्टा चल्ने सूर्य स्वरमा बल प्रयोग गरिनुपर्ने काम र ती दुइको संक्रमणको केही मिनेट ध्यानको लागि उपयुक्त समय हो । चन्द्र स्वरको समयलाई सूर्य र सूर्य स्वरको समयलाई चन्द्र स्वरमा रुपान्तरण गरेर धेरै समस्या समाधान गर्न सकिन्छ । 💕
यस्ता हजारौं उदाहरण छन जुन कुरालाई हामी आधुनिक बिज्ञानका उपलब्धी ठान्छौं जस्लाई हजारौं बर्षदेखि हाम्रा पूर्वजहरुले ब्यबहारमा नै उतारिसकेका थिए । Intermittent fasting, ज्योतिष शास्त्र, Pie value आदि यस्कै उदाहरण हुन ।
गौतम बुद्धको २५६८ औँ जन्म जयन्तीको दिनमा नवलपरासीको रामग्राममा भएको बुद्धको अस्तु राखिएको अति नै पवित्र र प्राचिन स्तुपमा आएर किताब बेचिदैछ। बौद्ध धर्मावलम्बीहरुको लागि यो पुण्य स्थल भएकोले यो ठाऊँमा पर्यटनको बिकास गरेर पर्यटकहरु तान्न सकिन्छ। तर पर्यटकलाइ तान्ने कुनै काम भएको रहेनछ। के गर्ने बुद्धी नआए पछि???
भारतको गोरखपुरको गोरखनाथको मन्दिरमा माघे संक्रातीमा गोर्खा दरवारबाट पठाइएको खिचडी (नपकाएको काँचो दाल, चामल) चढाइएपछि महन्त महाराज र मुख्यमन्त्रीले चढाउने भएकोले अग्राधिकार नेपालको छ । अत: गोरखनाथको जन्म नेपालको गोरखामा भएको हो ।🙏💕🙏
भीमसेन थापाले #धरहरा १८३२ मा, देव शमशेरले दरबार स्कूल १८५४ मा र प्रताप मल्लले रानीपोखरी १६७० मा नै बनाए । तिनै धरहरा, दरबार स्कूल र #रानीपोखरी मर्मत गर्दैमा #सम्वृद्धि आउने होइन । सम्वृद्धि ल्याउन के के गरिनुपर्छ भन्ने कुरामा सर्बसाधारण समेत जानकार छन ।
यी युवती गाउँ घरमा दीन दु:खीका बीचमा पनि पुग्छिन र थुप्रै देशका रास्ट्रपति, प्रधानमन्त्रीहरुसंग पनि भेटघाट गरेकी छिन, तर उनी सामाजिक सन्जालमा आफू सार्बसाधारणसंग भएको फोटोहरु राख्ने गर्थिन । उनी अहिले सामाजिक सन्जालबाट पुरै गायब छिन । चिन्नु भयो यी युवतीलाई? #CelebrityDisappeared
🙏🙏🙏नेपाल छाँदा प्लेन उडान रद्ध भएर काठमाण्डौंको मिटिङमा जान नपाएर पोखरा नै बस्न पर्दा एउटी दृष्टिबिहिन बहिनीले तान बुनेको दृस्य देखेर अनुमति लिएर खिचेको सानो भिडियो सम्मान स्वरुप Huge respect to this blind lady from Pokhara for her work
नेपाल–भारतबीचको प्राचीन एवं बहुआयामिक सम्बन्धलाई हामी मूल्यवान् ठान्दछौं। साथै, कालापानी, लिपुलेक र लिम्पियाधुराजस्ता पारस्परिक सीमा विवादहरूको समाधान वार्ता र कूटनीतिक माध्यमबाट हुनेछ भन्ने हाम्रो विश्वास छ। यसले दीर्घकालीन शान्ति र साझा समृद्धिको मार्ग प्रशस्त गर्नेछ। 🇳🇵🇮🇳